Skip to main content

Bhajani Today

बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

टीकापुर/ कैलालीको टिकापुर नगरपालिका वडा नं ७सत्तीमा जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको कैलाली जिल्ला को आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित जिविकोपार्जन र जैविक विविधता संरक्षण का लागि समुदायको सशक्तीकरण ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हाे ।उक्त तालिममा जलवायु मैत्री जिविकोपार्जन कसरी गर्न सकिन्छ? पुर्व सुचना प्रणालि,थोपा सिंचाइ , बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका,टनेल निमार्ण ,बेमौसमी तरकारी खेतीबाट राम्रो र छिटो कसरि आयआर्जन गर्ने तरिका मा जीविकोपार्जन गर्ने उपायहरूका बारेमा तालिम दिइएको छ । उक्त तालिममा मा २ पुरुष १० महिला गरि १२ जना को सहभागिता रहेको थियो। तीन दिने तालिममा टिकापुर नगरपालिका नगरपालिका कृषि शाखाका प्राविधिक अनिता चौधरी र रबिना चौधरी ले लाभग्राहीहरूलाई व्यवहारिक तथा सैद्धान्तिक पक्षलाई समेटेर प्रभावकारी रूपमा प्रशिक्षण गर्नु भएको थियो। तालिमको सहजिकरण परियोजना सामाजिक परिचालक अनिता धामि र च्याम्पियन रिता चौधरी ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *