भजनी: कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा प्रहरीले गोली चलाएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो। भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ। ‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा…
धनगढी : कैलालीमा यो वर्ष सरदर भन्दा बढी पानी पर्ने सम्भावना रहेको छ। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको हो। यो वर्ष कैलालीमा पानी बढी पर्ने सम्भावना देखिएपछि पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ। धनगढीमा आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका हुन्। सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको दाबी छ। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको…
कैलालीको भजनीमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिको आर्थिक वर्षको नीति कार्यक्रम बजेट सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेशनल नेपाल द्वारा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाबाट यस नगरपालिकामा रहेका समुदाय स्तरीय विपत् व्यवस्थापन,वडा स्तरीयलाई विपत् पूर्व कार्यकालागि विपत् खोज तथा उद्धार सामाग्रीहरु वितरण दिगो विकास समाज भजनीले वडा नं २ र ३ समुदायलाई ३३ हजार १३ सय बराबरको विपतमा प्रयोग हुने सामग्री वितरण गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद शाह जानकारी दिए। साथै भजनी नपाको विपत् व्यवस्थापन शाखासंगको सहकार्यमा वन वातावरण तथा विपत् व्यवस्थापन समितिसंग आर्थिक वर्षको निति कार्यक्रम…
कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात टीकापुर २४ जेष्ठ/कैलालीको खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले महिलामाथि हातपात गरेका छन्। जिल्लाको टीकापुर नगरपालिका–७ हुलाकी राजमार्गको खैरीपुर चेक पोष्टमा उनले एक महिलामाथि हातपात गरेका भन्दै प्रहरीमा निवेदन परेको हो। टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहले चेक पोष्टमा शुक्रवार साँझ डिउटीमा रहेका पन्तले हातपात गरेको भन्दै निवेदन दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रवारको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो। उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ।
बैदी २२ जेष्ठ/कैलालीको टीकापुरमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालकाे आयाेजनामा विश्व वातावरण दिवसको अवसरमा डल्फिन ,जलचर जैविक विविधता संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। डि ए वि सि नेपालका अध्यक्ष भाेज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टी न पा ७ का वडा सदस्य राज कुमार चाैधरी रहेका थिए। कार्यक्रममा टीकापुर न पा वडा ७ का वडा सदस्य आईती देवि सुनार , सशस्त्र प्रहरी बल वि ओ पि कालाकुण्डाका ईन्चार्च नर बहादुर महतरा र CDMC बैदीका काेषाध्क्षय बासुदेव काेईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा स्वागत् मन्तव्य DABC नेपालका कोषाध्यक्ष कृष्णा चौधरी गर्नु भएको कार्यक्रमको…
भजनी २२ जेष्ठ/कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनःस्थापनाको कार्य थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले ताल पुनःस्थापनाको काम थालेको छ । विगतदेखिको लामो प्रयासपछि पुरैना ताल पुनःस्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले बताए । “तालको सुरक्षणका लागि ठुलो बाँध निर्माणको काम भइरहेको छ”, उनले भने,“यस कार्यमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।” जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० सालदेखि अतिक्रमणको चपेटा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् । यस तालको पुनःस्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने…
कैलालीको जोशीपुरमा शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय जोशीपुरले शनिबारबाट जोशीपुर गाउँपालिका भल्मन्सा तथा बडघरमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।मुलुकमा हत्या, लागू औषध,बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय जोशीपुरले सो कार्यक्रम सञ्चालन वरिष्ठ सई चंख बहादुर कठायतले बताउनु भयो ।अपराध रोकथाम, समुदायमा सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने कार्यक्रमको उद्देश्य रहेको ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख युवन कुमार चौधरीले बताए
कैलालीको टीकापुरमा मगरगोहीले बाख्रालाई खाएको छ । कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको हो । गोहीले शनिबार दिउँसो नदीको तटबन्धमा चरी रहेको अवस्थामा टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका धीरेन्द्र प्रसाद ढुङ्गानाको बाख्रा खाएको उनले बताए। उनले भने, पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको हो । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको बताए। यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् । मगर गोही आक्रामक हुनुका साथै जनावर सहित मान्छेलाई पनि खाने…
कैलालीको टीकापुरमा समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी, शान्तिपूर्ण सुरक्षित समाजका लागि” भन्ने मूल नाराका साथ आज शुक्रबार जनता राष्ट्रिय मा.वि. बैदीमा सामाजिक सञ्जालको प्रयोग र ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको आयोजना किवानिज क्लब अफ टीकापुरले गरेको हो भने सहजीकरण प्रहरी चौकी सत्ती र अस्थायी ट्राफिक प्रहरी पोस्ट, सत्तीले गरेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरु सहभागिता रहेको थियो। सहभागीहरूलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, तथा ट्राफिक नियमहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।कार्यक्रमको सहजीकरण जनता मा.विद्यालयका शिक्षक भीम विक र अस्थाई ट्राफिक प्रहरी पोष्ट सत्ती…
जोशीपुर / जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले आफूमाथि कालोमोसो छर्किनेहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले प्रतिसोध साधेर चरित्रहत्या गर्ने नियतले आफूमाथि दुर्व्यवहार गरिएको बताएका छन्। जेठ ११ गते कार्यालयको काम सकेर बेलुका करिब ५:५० बजे घर जाने क्रममा मैनपोखरी पुलनिर तपाईंसँग काम छ, भन्दै ८/१० जना कम्युनिष्ट युवा संगठन नेपाल बताउने अराजक युवाहरुबाट मेरो चरित्रहत्या गर्ने नियतले गरिएको दुर्व्यवहार र अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छु। यस्ता गतिविधिहरु न केवल मेरो व्यक्तिगत मर्यादा र प्रतिष्ठामाथिको हमला हो यो सम्पूर्ण जोशीपुर गाउँपालिका र यहाँको जनताको अस्मिता माथि पनि आघात हो,’ अध्यक्ष चौधरीले…
जोशीपुर। कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कम्युनिस्ट युवा संगठन नेपाल (बहुमत)ले जनकारबाहीको भन्दै कालोमोसो दलेको छ । संगठनले चौधरीलाई विभिन्न भ्रष्टाचारको दोषी ठहर गर्दै यस्तो कदम चालेको हो। संगठनका अनुसार, अध्यक्ष चौधरीले सार्वजनिक पदको दुरुपयोग गर्दै गाउँपालिकाको स्रोत, साधन र बजेटमा स्वार्थप्रेरित कार्य गर्दै आएको। स्वास्थ्य सामग्री खरिददेखि निर्माण कार्यको ठेक्कासम्ममा कमिसनको चलखेल, विपद् व्यवस्थापनको सामान पार्टी कार्यकर्तालाई मात्र वितरण, सेवाग्राहीसँग दुर्व्यवहार र ठेकेदारहरूमाथि धम्कीपूर्ण व्यवहार गरिएको संगठनले आरोप लगाएको छ। त्यस्तै सार्वजनिक स्थानमा मदिरा सेवन, शिक्षक दरबन्दीमा आर्थिक लेनदेनजस्ता गम्भीर गतिविधिहरूमा संलग्न रहेको आरोप पनि लगाइएको छ। यस्ता कार्यहरूले जनताप्रतिको जिम्मेवारी भन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक…
भजनी ११जेठ/भजनीमा अखिल नेपाल खेलकुद महासंघ नगर समिति गठन गरिएको छ । आईतबार भएको एक भेलाको आयोजना गरि रञ्जित लामाको अध्यक्षतामा १५ सदस्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा राजन विक , सचिव मुकेश चन्द, कोषाध्यक्ष राहुल विक सह सचिव प्रेम जैशी, चयन भएका छन्। साथै १५ सदस्यीय पहिलाे नगर भेला सम्पन्न भएको छ ।अखिल नेपाल खेलकुद महासंघ भजनी नगर समिति गठन गरेको नेकपा माओवादी केन्द्रका भजनी नगर कमिटी अध्यक्ष जगत विकले जानकारी दिए। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री विनिता चाैधरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रदेश संयाेजक तथा केन्द्रीय सचिव ललित खत्रि, प्रदेश समिति…
भजनी, जेठ ७/कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् । सम्मान कार्यक्रममा बोल्दै एसपी राणाले आफू हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु’ एसपी राणाले भने ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’ राणाले…
भजनी, जेठ ७/कैलालीमा सशस्त्र प्रहरीले थप एक बर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित नल्काघाट बेसलाई स्तरोन्नती गर्दै बिओपी स्थापना गरिएको हो । आज एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनिका प्रमुख प्रदिप कुमार पालले बिओपीको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले सिमा सुरक्षा सगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागी यस बिओपीले थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी बल सबिंधानले दिएका अधिकार पूर्ण रुपमा कार्यान्वयन गरिरहेको उनले बताए । जनताले बिश्वास गरेझैँ सशस्त्र प्रहरीले आफ्ना गतिबिधिहरुलाई थप परिस्कृत गर्दै गएको पालले बताए । सिमामा हुने…
भजनी,जेठ ६। सुत्केरी व्यथाले छट्पटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ। कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो। प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् । प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन्।एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् ।प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्यथाले छट्पटाएकी रहिछिन्। कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’ उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन्।…