साझा अक्षर

समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन भजनीको तेस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन भजनीको तेस्रो अधिवेशन सम्पन्न

कैलालीको भजनीमा नेपाल राष्ट्रिय शिक्षक संगठन भजनी नगर समितिको अधिवेशन बुधबार भजनीमा सम्पन्न भएको छ । कार्यक्रमको नगर अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष प्रभुनाथ जैसी रहेका थिए भने विशिष्ट अथितिमा जिल्ला सचिव दान बहादुर खाती, प्याब्सनका जिल्ला उपाध्यक्ष राज बुढा रहनु भएको थियो।उक्त अधिवेशनमा संगठनका भजनी नगर इन्चार्ज पदम शाही र संगठनमा आवद्ध शिक्षक शिक्षिका लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले देशमा उत्कृष्ट शिक्षा प्रदान गर्नु नै शिक्षकहरूको मुख्य दायित्व रहेकाले संगठन मा आवद्ध सम्पूर्ण शिक्षकले आ आफ्नो क्षेत्रबाट दत्त चित्त भएर लाग्नु पर्ने र हाल शिक्षकहरुको अवस्था अन्य कर्मचारीको…
Read More
शान्तिका लागि ७५३ स्थानिय तहमा यात्रा गर्ने कौडिन्यलाई बोगटान फुडसिल गाउँपालिकामा स्वागत

शान्तिका लागि ७५३ स्थानिय तहमा यात्रा गर्ने कौडिन्यलाई बोगटान फुडसिल गाउँपालिकामा स्वागत

दिपक बहादुर विश्वकर्मा बोगटान/शान्तिका लागि समर्पित यात्रामा निस्किएका श्री रामभक्त कौडिन्यलाई बोगटान फुडसिल गाउँपालिका–१ नं वडा सिमचौरमा विशेष स्वागत गरिएको छ। श्री रामभक्त कौडिन्यले शान्ति, सद्भाव र मानवता फैलाउने उद्देश्यले ७५३ स्थानिय तहमा पैदल र साइकलमार्फत यात्रा गर्दै शान्तिको सन्देश फैलाउँदै आएका छन्।आजको कार्यक्रमको प्रमुख आकर्षण बोगटान फुडसिल गाउँपालिका–१ नं वडा अध्यक्ष खेम घर्तिमगरको स्वागत थियो। उनले स्वागत गर्दै भने, "शान्तिका लागि यस प्रकारको पहल अत्यन्तै सराहनीय छ। श्री रामभक्त कौडिन्यज्यूको यात्रा हाम्रो समाजमा शान्ति र सद्भावको सन्देश पुर्याउने विश्वास छ। हामी सबैलाई एकजुट भएर शान्तिको पक्षमा काम गर्न आवश्यक छ।"कौडिन्य ज्युले आफ्नो यात्रा बारेमा कुरा गर्दै भने, "शान्तिको सन्देश…
Read More
बाल विद्या मन्दिरमा पढाई मेला 

बाल विद्या मन्दिरमा पढाई मेला 

के.आर.पाण्डेय कैलालीको भजनी नगरपालिकामा समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ । भजनी नगरपालिका वडा नं.१ मा रहेको बाल विद्या मन्दिरको आयोजना तथा यार्ड धनगढी र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक/ प्रबिधिक सहयोगमा मेला सम्पन्न भएको हो।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजु थारुको सभापतित्वमा सञ्चालित मेलामा भजनी नगरपालिकाका नगर उप- प्रमुख राजु तिरुवाको प्रमुख अतिथि रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि भजनी शिक्षा शाखा अधिकृत पंख बहादुर शाह र यार्ड धनगढीका फिल्ड अफिसर पिताम्बर पौडेल भजनी वडा १ का कार्य बहाक अध्यक्ष सिताराम चौधरी रहनु भएको थियो। वडा सदस्यहरु, पुर्व ब्यवस्थापन समितिका अध्यक्ष, बिभिन्न संघ संस्थाका प्रमुख…
Read More
केपि ओली कप फुटबल च्याम्पियनशिपको ब्यानर प्रदर्शन

केपि ओली कप फुटबल च्याम्पियनशिपको ब्यानर प्रदर्शन

कैलालीको भजनी नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फाल्गुन ११ देखि १९ गते सम्म संचलन हुने केपि ओली कप फुटबल च्याम्पियनशिपको ब्यानर प्रदर्शन गरिएको छ। ब्यानर प्रदर्शन कार्यक्रममा नेकपा एमाले भजनी नगरपालिका इन्चार्ज हर्क बुढा,नगर अध्यक्ष उर्मिला चौधरी, नगर सचिव राज बुढा,युवा संघ नगर अध्यक्ष दिनेश कुमाल, एमाले नेता तथा कार्यकर्ता, युवा संघ कार्यकर्ता र खेलाडी लगाएत उपस्थित रहेको थियो ।
Read More
डोटीको बोगटान–७ खत्याडी गाउँ बसाइँसराइको चपेटामा

डोटीको बोगटान–७ खत्याडी गाउँ बसाइँसराइको चपेटामा

दिपक बहादुर विश्वकर्मा ५फागुन/ डोटी जिल्लाको बोगटान गाउँपालिका–७ चवाराचौतारा खत्याडी गाउँमा बसाइँसराइको असर गहिरो रूपमा देखिएको छ। उक्त गाउँका करिब ९५% मानिस नेपालका तराई क्षेत्र तथा राजधानीतर्फ सरेपछि गाउँ प्रायः सुनसान बनेको छ। स्थानीयका अनुसार पहिला गाउँमा विद्युत्, सडक, स्वास्थ्य सेवा, र शिक्षाको सुविधा अभाव भएकाले धेरैजसो परिवार बसाइँ सर्न बाध्य भएका थिए। तर अहिले यी पूर्वाधारहरू विकसित भइसके पनि गाउँ रित्तो रहनुको कारण पहिले नै स्थानान्तरण भइसकेका स्थानीयहरू उतै व्यवस्थित भइसकेका कारण गाउँ फर्किन हिचकिचाउने प्रवृत्ति रहेको छ। यस विषयमा वडा अध्यक्ष शंकरमान सुनार भन्छन्, "अब गाउँमा सबै सुविधा छन्, तर पहिला गएकाहरू फर्किन चाहँदैनन्, जसका कारण गाउँ खालि…
Read More
मोती मा.वि. मोतीनगरमा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

मोती मा.वि. मोतीनगरमा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

दिपक बहादुर विश्वकर्मा मोतीनगर,  फागुन ५ – मोती माध्यमिक विद्यालय, मोतीनगर मा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक उत्सवलाई विशेष बनाउँदै जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरू तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि कमल महतोले विद्यार्थीहरूको प्रयास, अनुशासन र सफलताप्रति प्रसंसा गर्दै शिक्षा र खेलकुदले व्यक्तित्व विकासमा पुर्‍याउने योगदानबारे प्रकाश पारे। उनले विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गर्दै आगामी दिनमा विद्यालयको स्तर वृद्धिका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक दिपक दासले…
Read More
बोगटानका हुलाकी हर्क धामीको निधन: एक समर्पित सेवकको यात्रा अन्त्य

बोगटानका हुलाकी हर्क धामीको निधन: एक समर्पित सेवकको यात्रा अन्त्य

डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ७, ओजेलि टोल निवासी हर्क धामी हुलाकीको निधन हिजो, आइतवार साँझ भएको छ। उहाँलाई उपचारका लागि कैलाली जिल्लाको घोडाघोडी अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नभएको कारण धनगढी लैजाँदा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्। हर्क धामी लामो समयदेखि डोटी जिल्लाको दुर्गम क्षेत्रमा हुलाकी सेवामा कार्यरत थिए र हालै रिटायर भएका थिए। पहाडी इलाकामा कुनै समाचार आउँदा त्यसलाई लैजाने काम हर्क धामी नै गर्थे। आजको आधुनिक सञ्चारका साधन जस्तो मोबाइल र अनलाइन पत्रिका नभएको बेला, सबै खबरहरू हुलाक मार्फतै आउने गर्दथे र हर्क धामी त्यसको प्रमुख कडी थिए। उनी चनुकाँडा बाट साविक…
Read More
डोटीको कानाचौर माध्यमिक विद्यालयको भवन बजेट अभावमा अलपत्र

डोटीको कानाचौर माध्यमिक विद्यालयको भवन बजेट अभावमा अलपत्र

डोटी — बोगटान फुडसिल गाउँपालिका–३ स्थित कानाचौर माध्यमिक विद्यालयको चार कोठे भवन बजेट अभावका कारण अलपत्र परेको छ। प्रदेश सरकारले उक्त भवन निर्माणका लागि बजेट स्वीकृत गरे पनि पर्याप्त रकम नआउँदा काम अधुरै रहेको छ। विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशीका अनुसार भवन निर्माण कार्य ठेक्का प्रणालीमार्फत सुरु गरिएको भए पनि बजेट अभावका कारण निर्माण रोकिएको हो। "स्थानीय तहले पनि विशेष चासो नदेखाउँदा समस्या झन् जटिल बन्दै गएको छ," उनले भने।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरू भने भवन अधुरो हुँदा पठनपाठनमा समस्या भोग्न बाध्य छन्। विद्यार्थी प्रेम भुल भन्छन्, "हामीलाई नयाँ भवनको आवश्यकता छ, तर समयमै निर्माण नहुँदा सिकाइ प्रभावित भइरहेको छ।"…
Read More
भजनीबाट अबैध काठ बरामद

भजनीबाट अबैध काठ बरामद

भजनी :कैलालीमा अबैध काठ बरामद गरिएको छ।भजनी नगरपालिका–५ चमरौदा स्थित गहु बारीमा चिराएर राखेको सालको काठ कडी थान १७ र फ्रेम थान ७ गरी जम्मा २४ थान गरि १२ दशमलव ३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। उक्त काठ आवश्यक कारवाहीको लागि सब–डिभिजन वन कार्यालय भजनीमा बुझाएको छ।
Read More
विद्यार्थीलाई स्वदेशमै श्रम र सिप खर्च गर्न प्रदेश प्रमुखको आग्रह

विद्यार्थीलाई स्वदेशमै श्रम र सिप खर्च गर्न प्रदेश प्रमुखको आग्रह

दिपक बहादुर विश्वकर्मा, धनगढी – प्रदेश प्रमुख ज्यूले उच्च शिक्षा अध्ययन गरेपछि विदेश पलायन हुने प्रवृत्तिभन्दा आफ्नै मुलुकमा श्रम र सिप खर्च गर्न विद्यार्थीहरूलाई सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिम्हयाले आग्रह गर्नुभएको छ। धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले दक्ष जनशक्ति देशमै अवसर खोज्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष तथा धनगढीका निवर्तमान मेयर नृप वड, एमाले प्रदेश सचिव रणबहादुर चन्द, एमाले कैलाली अध्यक्ष एवं कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति यज्ञराज ढुङ्गाना, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, सह-प्राचार्य सञ्जन पन्त, अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोजराज राई, नेपाल विद्यार्थी संघ कैलाली…
Read More
प्रचण्ड टीकापुर आउँदै

प्रचण्ड टीकापुर आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यहीँ फागुन २० गते टीकापुर आउने भएका छन् । फागुन २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल टीकापुर आउने भएका हुन । “प्रचण्ड टीकापुर आउने योजना बनिसकेको छ । उहाँ २० गते सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्न टीकापु्र आउन लाग्नु भएको हो ।” थारु राष्ट्रिय मुक्तिमोर्चाका कैलाली जिल्ला सचीव रामबहादुर चौधरीले भने, “सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको छ । हामी सम्मेलनलाई सफल बनाउनका लागि तयारी गरिरहेका छौँ । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने मोर्चाका कैलाली…
Read More
गुणस्तरीय शिक्षाका लागि पढाइ मेला 

गुणस्तरीय शिक्षाका लागि पढाइ मेला 

के.आर.पाण्डेय कैलालीको भजनी नगरपालिकामा समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ । भजनी नगरपालिका वडा नं.७ मा रहेको हलैना बाबा आधारभुत बिद्यालयको आयोजना तथा यार्ड धनगढी र वर्ड भिजन ईन्टरनेश्नल नेपाल को आर्थिक/ प्राविधिक सहयोगमा मेला सम्पन्न भएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोरख प्रसाद लोनियालको सभापतित्वमा सञ्चालित मेलामा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको प्रमुख अतिथि रहनु भएको थियो । भने यार्ड धनगढीका फिल्ड अधिकृत पिताम्बर पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।कार्यक्रममा अतिथि भजनी वडा ७ का कार्य बहाक अध्यक्ष रुपन प्रसाद लोनिया, खेलकुद तथा शिक्षा शाखा भजनीका देबराज अवस्थि,वडा सदस्य राजकुमार…
Read More
टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्था पुरस्कृत

टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्था पुरस्कृत

टिकापुर, फागुन २ – नगर विकास कोषको ३५औं वार्षिकोत्सवको अवसरमा टीकापुर साना शहर खानेपानी तथा सरसफाइ संस्था, कैलाली लाई उत्कृष्ट संस्थाको रूपमा सम्मान गरिएको छ। नगर विकास कोषको लगानीमा सञ्चालन भएका साना शहर खानेपानी तथा सरसफाइ आयोजनामध्ये टीकापुरलाई उत्कृष्ट ठहर गरिएको हो। आयोजना सञ्चालन, व्यवस्थापन र उत्कृष्ट कार्यसम्पादनका लागि संस्थालाई "कदर–पत्र" प्रदान गरिएको छ। उक्त कदर उक्त संस्थाका कार्यवाहक अध्यक्ष सृजना शर्मा पण्डित र सचिव मनिष बलायरलाई हस्तान्तरण गरिएको हो। नगर विकास मन्त्रालयका सचिव बिपिनोद प्रसाद भण्डारी, नगर विकास कोषका अध्यक्ष गोपाल प्रसाद सिग्देल र कार्यकारी निर्देशक अनिल कुमार सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। नगर विकास कोषका अनुसार, टीकापुर साना…
Read More
जानकी र जोशीपुरमा दीप प्रज्वलन गर्दै ३०औं महान जनयुद्ध दिवस मनाइयो

जानकी र जोशीपुरमा दीप प्रज्वलन गर्दै ३०औं महान जनयुद्ध दिवस मनाइयो

कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जानकी  र जोशीपुर गाउँ समितिको आयोजनामा ३०औं महान जनयुद्ध दिवस जानकी वडा नं. ७, मिलनचोकस्थित शहीद गेट मिलन चौराह र जोशीपुर बजारमा दीप प्रज्वलन गर्दै भव्य रूपमा मनाइएको छ। यस अवसरमा जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदान र योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, शहीद परिवारका सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि बिहान ८ बजे जोशीपुरमा फुटबल प्रतियोगिता र दुर्गौलीमा पार्टी कार्यालय उद्घाटन गरिएको थियो। पार्टीले संगठनात्मक सुदृढीकरण, स्थानीय कार्यसमितिको प्रभावकारिता बढाउने तथा जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरेको जनाएको छ। उद्घाटन कार्यक्रममा…
Read More
बृहत शैक्षिक प्रदर्शनी को तयारी पूरा

बृहत शैक्षिक प्रदर्शनी को तयारी पूरा

कैलालीको जानकी गाउँपालिकामा फागुन २ र ३ गते आयोजना हुने "बृहत शैक्षिक प्रदर्शनी–२०८१" कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। उक्त प्रदर्शनी जनकल्याण आवासीय विद्यालयको प्राङ्गणमा बिहान ११ बजे देखि सञ्चालन हुनेछ। कार्यक्रममा विद्यालयस्तरीय नवीनतम शैक्षिक प्रदर्शनी, विज्ञान तथा प्रविधि सम्बन्धी मोडलहरू, नवाचार, सिर्जनात्मक परियोजनाहरू तथा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिनेछ। साथै, शैक्षिक विकासका विभिन्न पक्षहरूबारे अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइने छ। आयोजक समितिले प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरेको छ।
Read More