साझा अक्षर

स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

असोज २२ /भजनी नगरपालिकाले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा बेथितिका विरुद्धमा युवाहरू एकजुट भएर स्थानीय सरकारको विरोध सुरु गरेका छन् ।भजनीका युवाहरूले स्थानीय सरकारको बजेट जनमुखी नभएको भन्दै स्थानीय सरकारको कार्यक्रमको विरोध गर्दै सरकारका हरेक बेथितिका विरुद्ध एकजुट भएर सामना गर्न तयार भएका हुन । सचेत युवाहरूले मंगलबार आवश्यक छलफल नै गरेर नगरपालिकामा हुने भ्रष्टाचार र अनियमितताका विरुद्ध एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।नगरपालिकामा बढ्दै गएको भ्रष्टाचार र बेथितिका विरुद्ध सबै वडाबाट समेटिने गरी कमिटी नै समेत गठन भएको छ । युवाहरुको भेलाबाट अमृत कुमालको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त कमिटीले वडा कार्यालय देखि नगरपालिकासम्म हुने आर्थिक अनियमितता अनि भ्रष्टाचारका विरुद्धमा खरो रुपमा काम गर्ने बताइएको छ ।

देशमा भ्रष्टाचार र बेथितिका विरुद्धमा जेन जि आन्दोलनको रापताप बढेका बेला स्थानीय स्तरमा स्थानीय सरकारका कामहरुको निगरानी गर्न युवाले भुमिका खेल्नुपर्ने बताउँदै गलत कार्यलाई निरुत्साहित गर्दै सकारात्मक कामहरूलाई अगाडि बढाइनुपर्ने बताएका छन् । “हामी सचेत भएरै स्थानीय सरकारका गलत कार्यहरूको विरुद्धमा एकताबद्ध भएका छौँ ।” उनले भने, “हामी स्थानीय सरकारले गर्ने कामको वडा देखि पालिकासम्म्को निगरानी गर्छौं । गलत भएको भेटिए त्यसको विरुद्धमा सम्बन्धित निकायमा हाम्रो कमिटी पुग्ने छ ।”

उनले स्थानीय सरकारसँग युवाहरूका साझा माग मुद्दा लिएर जाने बताउँदै सबै सचेत युवाहरूलाई समेटेर आगामी योजना तयार पारिने उनले बताएका छन् । “हामी सबै सचेत युवाहरूलाई आव्हान पनि गर्न चाहान्छौं, हाम्रो क्षेत्रको विषयमा चिन्तित हुनुपर्छ ।” उनले भने, “यसमा म एक्लैले केही काम गर्न सक्ने होइन सबै सचेत युवाहरूको साथ सहयोग र समर्थन चाहिन्छ ।”

छलफलका क्रममा सुरेन्द्र जैशीले नगरपालिकाले विनियोजन गर्ने बजेट आवश्यकता भन्दा बाहिर बढी खर्च गर्ने गरेको बताउँदै चालू आर्थिक वर्षको बजेट हेर्दा कर्मचारी र जनप्रतिनिधि लक्षित गरेर विनियोजन भएको बताएका छन् । उनले स्थानीय सरकारलाई समयमा खबरदारी गर्दै अनावश्यक शिर्षकमा विनियोजन भएको बजेटलाई आवश्यकताको आधारमा विनियोजन गर्न लगाउन पनि आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *