साझा अक्षर

महिलालाई कुटपिट गर्ने डिएसपीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याउ 

 २०८२ आश्विन २ बिहीबार प्रकाशित/गत भदौ २२ गते आइतबार खक्रौला स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेलले मिना चाैधरिलाइ कुटपिट गरे । पिडित भनिएकि महिलाले तुरुन्तै उनी माथि विना कसुर गरिएको ज्यादतीको बारेमा मिडिया गुहारिन ।

भर्खरै तीन हप्ता अघि मात्रै खक्राैला सशस्त्रको कमान्ड सम्हाल्न आएका डिएसपी प्रविण पाैडेलले आएकै दिन देखि स्थानीय केही नागरिक संगकाे टसल परेको थियोे । यहाँ बाट विदाई भएर जाँदै गरेका डिएसपी राजन शाहलाई विदाई गर्न सशस्त्र क्याम्प पुगेका स्थानीय नागरिक अगुवा र व्यापारी सित पहिलोपटक मै उनी बाझिए,अर्को दिनमा भन्सारको गेटमै स्थानीय युवाहरु सित बाझाबाझ भयो ।

लगत्तै सशस्त्र क्याम्प अगाडिकाे बाटोमा ग्राभेल हाल्ने क्रममा ग्राभेल नहाल बाटो राम्रो भए पछि तस्करी हुन्छ भनेर सम्बन्धित पक्षलाई राेक लगाए ।

यस्तै भारत बाट दैनिक जसाे साइकलमा सामान क्यारिङ् गर्ने महिला टोलिलाई भन्सार अगाडि नै चेकजाँचकाे बहानामा क्याम्प भित्र लिएर सामान जफत गरे । त्यही महिलाको टोलीलाई अर्को दिन पुनः चेकजाँच गर्ने बहानामा क्याम्प भित्र लिएर तथानाम भन्न थाले अनि त्यस मध्येको एक जना महिलाले हिजो पनि हाम्रो सामान भन्सार कार्यालय अगाडि नै चेक गर्ने बहानामा राखिदिनु भयो र त्यो सामान भन्सारमा पुगेन आज फेरि भन्सार अगाडि नै किन हामीलाई दैनिक रुपमा सास्ती दिनुहुन्छ भनेर भन्दा मलाई चेकजाँच गर्न सिकाउने काे होस् भन्दै दुई लठ्ठी हाने ।जब पिडित महिलाले अन्याय भएको भन्दै सार्वजनिक रुपमा बाेलिन् अनि डिएसपी पाैडेलले निज महिलाकाे साथमा सुर्ती,गुटखा रहेको र आफुले कसैलाई कुटपिट नगरेको भन्दै पन्छिए ।तथापि उनको कुरामा सत्यता छैन । उनको उपस्थिति पछि खक्राैला भन्सार भएर भारत जाने र आउने व्यापारी या घरायसी सामान लिएर आउने नागरिकले विगतको भन्दा सास्ती भाेगेका छन् ।

हो सय रुपैयाँको भन्दा बढि रुपैयाँको सामानको भन्सार तिरेर ल्याउनुपर्ने कानुनी प्रावधान छ । तथापि यो कार्यान्वयन भएको अवस्था छैन । व्यवहार संगत पनि छैन । फेरि कार्यान्वयन गर्ने निकाय माेहना पुल पारि बसेकाे सशस्त्रको क्याम्प होइन सत्ति भन्सार कार्यालय हो । सशस्त्र प्रहरीको काम चाेरि निकासीमा न्युनिकरणका लागि गस्ती ,पेट्रोल ,बाेर्डरका सिमा स्तम्भ सुरक्षा हुन ।

सशस्त्र प्रहरी भन्सारको सहयोगी मात्र हो । माथिका यी केही घटना भए लगत्तै देशमा जेन जि आन्दोलन भएकोले खक्राैलामा नागरिक माथि र डिएसपी पाैडेल बाट निलडाम हुने गरि पिटिएकि महिलाको मुद्दा ओझेलमा पर्याे । पिडित महिलाले इलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिन लाग्दा जाहेर लिन नमानेको कुरा बाहिरिए पछि यहाँ स्थित नागरिक अगुवा पिडक डिएसपी प्रविण पाैडेललाई कार्वाही हुनुपर्ने बताएका छन् ।सिमा तथा भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको कुटपिट तथा दुर्ब्यवहारले अहिले स्थानीय त्रसित अवस्थामा छन् । भन्सार ऐन २०६४ मा आयात निर्यात निर्बाध रुपमा भन्सारको बाटो भएर निकासी पैठारि

गर्न पाइने व्यवस्था छ । डिएसपी स्तरमै भएकाे यो घटना गम्भीर अपराध भएको खक्राैला स्थित एक स्थानीय महिलाले बताइन् ।

सशस्त्रका डिएसपीले महिला माथि गरेको कुटपिट पीडितलाई न्याय दिलाउन र सशस्त्र प्रहरीको जनविश्वास जोगाउन कडा कारबाही हुनुपर्ने माग यहाँ स्थित सर्वसाधारण, महिला अधिकारकर्मी र नागरिक समाजका अगुवाकाे भनाइ छ।

“महिला माथि कुटपिट गर्ने डिएसपीलाई तत्काल निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्छ खक्राैलामा व्यवसाय गर्ने एक महिलाले बताइन् । दोषी सावित भए कडा कानूनी कारबाही हुनुपर्छ उनले भनिन् ।”“प्रहरीलाई नागरिकमैत्री बनाउन दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई संरक्षण होइन, कानूनी दायरामा ल्याई सजाय दिनुपर्छ।”“महिला माथि भएको यस्तो हिंसा रोक्न राज्य जिम्मेवार रहनुपर्छ। सशस्त्र प्रहरी जस्तो संवैधानिक निकायकाे जिम्मेवार व्यक्ति बाट महिला माथि भएको हिंसा गर्ने डिएसपीलाई कारबाही हुनुपर्छ।”साभार: सुदुर सन्दर्भ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *