Skip to main content

Bhajani Today

समुदायको सहयोग बिना प्रहरीको प्रयास मात्र सफल हुँदैन : डिएसपी डाँगी

भजनी/इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीले समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।हालै सरुवा भएर टिकापुर आएका डिएसपी डाँगीले घटस्थापनाको दिन कमाण्ड सम्हालेका हुन ।

उनले बिहीबार टीकापुरका सक्रिय सञ्चारकर्मीसँग काे परिचयात्मक कार्यक्रममा साे कुरा बताएका हुन । वर्तमान अवस्थामा प्रहरीलाई नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताएका हुन् । ‘यहाँका सबै क्षेत्रका नागरिक अगुवाको सहयोगको अपेक्षा गरेको छु’ उनलेभने।’साेकार्यक्रम सहभागी संचारकर्मिले बढ्दो लागुपदार्थ नियन्त्रणमा ध्यान दिनुपर्नेमा जाेड दिएका थिए भने चोरी तस्करी लगायतका घटना नियन्त्रणमा समेत प्रहरी सकृय ढंगले अघि बढ्नुपर्ने सुझाव दिए।गाडीमा प्रेस लेखेर गैर पत्रकारले पत्रकार कै बदनाम गरेको बताएका थिए । क्रियाशील पत्रकारले आफू कार्यरत सञ्चारगृहकाे नाम लेख्नुपर्ने प्रावधान रहेको छ ।

डिएसपी डाँगी यसअघि २०७२/०७३ सालमा इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी निरिक्षकका रुपमा कार्यरत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *