Skip to main content

Bhajani Today

धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई अनुरोध

भजनी/जिल्ला प्रशासन कार्यालय कैलालीले धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई विशेष अनुरोध गरेको छ।

प्रशासनले शुक्रवार एक सूचना जारी गर्दै नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न अनुरोध गरेको हो। ‘जिल्लामा स्थानीय रैथाने बाली प्रवद्र्धन तथा संरक्षण गर्न र स्थानीय कृषकहरूलाई सहयोग समेत पुर्याउने  उद्देश्य सरकार मन्त्रिपरिषद्को मिति २०८२ साउन २६ गतेको निर्णय अनुसार धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हुँदा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी, तथा सम्बन्धित सरोकारवाला एवं धान चामलका उद्योगी व्यापारीहरूमा आवश्यक सहयोग र जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल सरकारको उक्त निर्णयलाई आ–आफ्नो क्षेत्रभित्र कार्यान्वयन गर्न र गराउनु हुन कैलाली जिल्लाका सबै स्थानीय तहको कार्यपालिकाको कार्यालयलाई विशेष अनुरोध गरिन्छ।’ सरकारले साउन २६ गते मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *