साझा अक्षर

नुहाउने क्रममा नहरमा डुवेर जुम्ल्याहा दिदीबहिनी सहित ३ जनाको मृत्यु

भजनी, ७ कार्तिक/कैलालीको जानकी गाउँपालिका वडा नं.-५ गुजरुवास्थित सातविघा नजिकै कुलरिया नहरमा नुहाउने क्रममा शुक्रवार विहान डुवेर जुम्ल्याहा दिदीवहिनी सहित ३ बालिकाको ज्यान गएको छ ।

मृतकका आफन्तले दिएको जानकारी अनुसार डुवेर ज्यान गुमाउनेहरुमा टीकापुर नगरपालिका वडा नं.-१ ब्लक नं.-१५ का जुम्ल्यहा दिदीबहिनी निशा वजगाई, मानुषी बजगाईं र जानकी गाउँपालिका वडा नं.-५ गुजरुवाकी सुलोचना तिमिल्सैना रहेका छन् ।

मृतक निशा र मानुषी जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा-५ मा सुलोचना तिमिल्सैना सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा-४ मा अध्ययनरत थिए ।

निशा र मानुषीको आफन्त कहाँ गएका बेला नुहाउने क्रममा डुवेर ज्यान गएको हो । मृतकहरुको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *