भजनी ०६ चैत /भजनी नगरपालिका वडा नं. १ स्थित महुन्याल माद्यामिक बिधालय भजनीले कार्तिक महिना भित्र सम्पन्न गरिसक्नुपर्ने सामाजिक परिक्षण कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको बिधालयको सामाजिक परिक्षण कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बिधालयसँग प्रयाप्त स्रोतसाधन हुँदाहुँदै पनि शैक्षिक गुणस्तरमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । “एक कठ्ठामा सिमित संस्थागत बिधालय र ६०/६५ बिघामा फैलिएको सामुदायिक बिधालयलाई शैक्षिक गुणस्तरलाई लिएर तुलना गर्दा त्यो एक कठ्ठामा फैलिएको संस्थागत बिधालय बलियो छ ।” उनले भने, “अब सामुदायिक बिधालय पनि शैक्षिक गुणस्तरमा बलियो हुनुपर्छ । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका…
खक्राैला / खक्राैला स्थित सशस्त्र प्रहरीले सामान भन्सार कार्यालय नपुग्दै आफ्नो नियन्त्रणमा लिने र जिएसटि विल र भारतीय भन्सार बनाएको कागजात हुँदाहुँदै पनि व्यापारी र नागरिकलाई अनावश्यक हैरानी दिने शैली पुरानै हो । यो शैली मंगलबार साँझ पनि दाेहाेरिएकाे छ । सत्ती भन्सार कार्यालय बाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको सशस्त्रको गुल्मले जिएसटि विल र भारतीय कस्टम भएको सामान पनि सामान नियन्त्रण लिएर दुःख दिएकाे छ । साे सामानको व्यापारी रसिद अलीले बिल देखाउँदा पनि सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप पौडेलले सामान नियन्त्रण लिएको आराेप छ । डिएसपी पाैडेलकाे भन्सार नपुग्दै सामान नियन्त्रणमा लिने काम सरासर गैरकानुनी भएको सत्ति भन्सार…
भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता यार्ड धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना अन्तर्गत उक्त प्रतिबद्धता गरिएको हो । परियोजनाले बालमैत्री स्थानीय शासन तथा पोषणमैत्री वडा निर्माणलाई प्राथमिकतामा राखेको छ । प्रतिबद्धता पत्रमा हस्ताक्षर गदैर्, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नेपाल सरकारको कार्ययोजना अनुसार स्थानीय तहहरूले बालमैत्री तथा पोषणमैत्री पालिका निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले यस अभियानलाई भजनी नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै पहिलो चरणमा…
भजनी ३० फागुन / कैलालीको कृष्णनगरमा जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष तुला राम जैशीको अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष पंकज चौधरी को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा सन्तोष परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आर्थिक वर्षको २०८१ /२०८२को आय–व्यय ४५ लाख ६५ हजार ३ सय ४३ बराबरको विवरण सुरेश काफ्लेले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी महुन्याल मा. विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी यज्ञराज जैसीले गर्नुभएको थियो। उक्त साधारण सभा तथा सार्वजनिक सुनुवाइ…
भजनी: क्योकुशिन–कान अन्तर्राष्ट्रिय प्रतियोगिता “नेशन्स कप” मा सहभागी हुन भजनी नगरपालिका, कैलालीका खेलाडी मुकेश कुमार चन्द २४ फेब्रुअरीमा दिल्ली प्रस्थान गर्न लागेका छन्। उनी भजनी नगरपालिकाबाट यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने एक मात्र खेलाडी हुन्। उक्त प्रतियोगिता २८ फेब्रुअरीदेखि १ मार्च २०२६ सम्म रूसको राजधानी मस्कोमा आयोजना गरिनेछ। नेपालबाट कुल पाँच जना खेलाडी र एक जना प्रशिक्षक सहभागी रहनेछन्। अन्य खेलाडी तथा प्रशिक्षक काठमाडौँबाट सिधै दिल्ली पुग्ने कार्यक्रम रहेको छ भने मुकेश कुमार चन्द २६ फेब्रुअरी बिहान ४ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्कोतर्फ प्रस्थान गर्नेछन्। विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै…
भजनी १२ फागुन /विदेशमा रहेर पनि जन्मभूमि र समाजप्रतिको दायित्वलाई आत्मसात् गर्दै लक्स बुढा ले आफ्ना बुवा खेमराज बुढाको जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउनुभएको छ। भजनी नगरपालिका वडा नं.–२ का स्थायी बासिन्दा तथा हाल जापानमा रोजगारीको सिलसिलामा रहँदै आउनुभएका उहाँले जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई केवल पारिवारिक खुसीमा सीमित नराखी मानव सेवामा रूपान्तरण गर्नुभएको हो। उहाँले बर्दगोरिया गाउँपालिका वडा नं.–२ बौनियाँमा अवस्थित “असहाय, अशक्तको सहारा (साहारा घर)” मा आश्रित असहाय तथा अशक्त व्यक्तिहरूका लागि पौष्टिक भोजनको व्यवस्था गर्नुका साथै आर्थिक सहयोगसमेत प्रदान गर्नुभएको छ। साहारा घरमा आश्रित व्यक्तिहरूका लागि यस्तो सहयोगले दैनिक जीवनयापनमा सहजता थप्नुका साथै भावनात्मक सहारा प्रदान गरेको छ। जन्मदिनको…
भजनी ९ फागुन/भजनी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा दिवा खाजा सूची निर्माण गरिएको छ। वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा यार्ड धनगढीको आयोजनामा बाल समृद्धिका लागि एकीकृत विकास परियोजना ‘हातेमालो’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयका प्रतिनिधिको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालयका पोषण फोकल शिक्षकलाई शिक्षा शाखा प्रमुख पंकबहादुर शाह र स्वास्थ्य शाखा प्रमुख कैलाश डर्गौराले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले नेपाल सरकारको मापदण्डअनुसार पोषणयुक्त मिश्रित खाजा प्रत्येक विद्यार्थीले पाउने सुनिश्चितताका लागि खाजा सूची निर्माण गरिएको बताउनुभयो। कम्तीमा प्रतिविद्यार्थी २० रुपैयाँ बराबरको पोषणयुक्त खाजा उपलब्ध गराउने उद्देश्यका साथ साप्ताहिक मेनु तयार गरिएको बताउनुभयो। उहाँले धेरै…
भजनी ५ फागुन/भजनीमा वन देवी सामुदायिक वन उपभोक्ता समूह भजनी नगरपालिका वडा नं. २, ६ र ८ कटानपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष बाबु राम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व माननीय गंगा राम चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी सब डिभिजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा विशिष्ट अतिथि, सामुदायिक वन समन्वय समितिका अध्यक्ष खोज राम चौधरी लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा गंगा राम चौधरी, लाल बहादुर विश्वकर्मा,खोज राम चौधरी,राहुल बुढा, बल बहादुर बुढा र कृष्ण प्रसाद चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो। भने संस्थाका उपाध्यक्ष केशव राजवंशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको…
झलनाथ खनाल, भजनी ०१ फागुन/भजनी नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकले बिहान् र साझको हाजिर एकपटक लगाउने गरेको पाइएको छ । नगरपालिकाले बिधालय अनुगमनका क्रममा शिक्षकले बिहान् र साझको हाजिर एकैपटक लगाएको पाइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टका अनुसार आफुहरु दिउँसो १ बजे बिद्यालयमा पुग्दा त्यहाँ शिक्षक अपरान्ह ३:३० बजेको हाजिर लगाएर गएको भेटिएको छ । “अहिले बिधालयको अनुगमन गरिरहेका छौँ । शिक्षक उपस्थित छैन तर बिधालय समयमा छुट्टी हुने समयको हाजिर गरेर जानुभएको पाइयो ।” उनले भने, “कतिपय बिधालयहरु हाप छुट्टी भन्दा पछि सञ्चालन नै नहुने गरेको प्रमाणहरु पनि भेटिएका छन् । लगातार दुई वर्ष एसईईमा…
भजनी २९ माघ /नेपाली कम्युनिष्ट पार्टीले फागुन १ गते टीकापुरमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने बताएको छ । तत्कालीन नेकपा माओवादीको स्थापना भएको फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको माओवादीले यसपटक अनेक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नं. १ मा जनयुद्ध दिवस मनाउने बताएको हो । पार्टीको कैलाली क्षेत्र नं. १ ले बुधबार पत्रकार सम्मेलनमा गरी उक्त कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जानकारी दिँदै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हरी श्रीपाइलीले अस्पतालमा फलफूल बितरणदेखि रक्तदान, दिप प्रज्वलन लगाएतका कार्यक्रम गरी दिवस मनाउने योजना रहेको बताएका छन् । दिवसका अवसरमा गरिने विभिन्न कार्यक्रमहरुमा…
भजनी २८ माघ /बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि कैलालीको दक्षिण पुर्वी क्षेत्र र भारतको उत्तर प्रदेशको खिरी जिल्ला तिकुनिया क्षेत्रका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । मलवारा डल्फिन मिडिया मञ्च भजनी जोशीपुरको आयोजनामा भएको भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रमका क्रममा बुधबार भारत नेपाल खुला सिमानाका कारण बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन । लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि दुबै देशका सरोकारवालाहरुलाई जिम्मेवार बनाउनका लागि साझा मुद्दाको रुपमा उक्त विषयलाई उठाउनुपर्ने भजनीका पत्रकार जयबहादुर बुढाले बताएका छन् । उनले सिमा क्षेत्रमा हुने आवतजावतको कठिनाइ लगायत विकास निर्माणका साझा मुद्दालाई सामुहिक रुपामा उठाउनुपर्नेमा जोड दिए ।…
भजनी २८ माघ/भजनी नगरपालिका तथा विभिन्न साझेदार संस्थाहरूको संयुक्त सहकार्यमा भजनी नगरपालिकामा हालसम्मकै सबैभन्दा लामो जैविक तटबन्ध निर्माण कार्य अघि बढेको छ। भजनी नगरपालिका वडा नं. ४ झल्झलिया क्षेत्रमा ७५० मिटर लम्बाइको जैविक तटबन्ध कान्द्रा नदीमा निर्माण भइरहेको हो। उक्त तटबन्ध निर्माणका लागि भजनी नगरपालिका तर्फबाट रु. ६,८६,५८२.६६, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर (SAAN) परियोजनाबाट रु. ११,००,०००, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली (NBS) परियोजनाबाट रु. ५,४९,००० तथा स्थानीय उपभोक्ताको सहभागिताबाट रु. २,५८,७१९.२९ गरी कुल रु. २५,९४,३०१.६९ लागतमा जैविक तटबन्ध निर्माण कार्य भइरहेको भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्टले बताउनु भयो। प्रत्येक वर्ष बाढी र नदी कटानको…
भजनी २६ माघ /भजनी नगरपालिकाले नीतिगत सुधारमा ध्यान नदिएका कारण बर्सेनि बेरुजुको ग्राफ बढ्दै गएको पाइएको छ । नगरपालिकाले नीतिगत सुधारमा ध्यान दिन नसकेका कारण बेरुजुको ग्राफ बढ्दै गएको पाइएको हो । नगरपालिकाको बेरुजु हालसम्म ३६ करोडको हाराहारी पुगेको छ । चालू आर्थिक वर्षको नगरपालिकाको विनियोजित बजेट ६८ करोड भए पनि बेरुजु मात्रै ३६ करोड पुगेपछि स्थानीय सरकार माथी प्रश्न उठ्न थालेका छन् । “हिजोका दिनमा केही नीतिगत विषयहरूमा ध्यान दिन नसकेका कारण बेरुजु बढेको देखिन्छ ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भने, “अहिले त्यसलाई सुधार गर्ने प्रयास हामीले गरिरहेका छौँ ।” आन्तरिक लेखापरीक्षण गरेर आवश्यक कागजात मिलाएर भुक्तानी…
माघ २४ /भजनी नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने पल्टुपुर गाउँमा सम्पन्न भल्मन्सा निर्वाचनमा बल बहादुर बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी भएका छन्। स्थानीय बासिन्दाहरूको व्यापक समर्थनसहित उहाँ पुनः नेतृत्वमा चयन हुनुभएको हो। यसअघि पनि चार पटक भल्मन्सा भइसकेका बुढा गाउँको विकास, मेलमिलाप, सामाजिक सद्भाव र स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आउनुभएको स्थानीयहरू बताउँछन्। उहाँको अनुभव, इमान्दारिता र निरन्तर सेवा भावनाका कारण गाउँलेहरूको विश्वास अझै मजबुत रहेको देखिन्छ। स्थानीय स्तरमा भल्मन्साको भूमिका महत्वपूर्ण मानिने भएकाले बुढाको पुनः नेतृत्वले गाउँमा शान्ति, समझदारी र विकासका कार्यहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
भजनी नगरपालिका, कैलालीमा विद्यालय केन्द्रित एच.पि.भी. खोप अभियान–२०८२ सफलतापूर्वक सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। पूर्ण खोप लगाई बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित बनाउने राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका स्तरीय खोप समन्वय समिति तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा एच.पि.भी. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाउँदा दीर्घकालीन रूपमा पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगबाट जोगाउन सकिने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत…