भजनी १३ साउन /नेपाल शिक्षक महासंघ, भजनी नगरपालिकाको नगर अध्यक्षमा पदम बहादुर शाही चयन भएका छन्। नगर अध्यक्षको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण साथीहरू, अग्रज, शिक्षक तथा शुभेच्छुकहरूप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
शाहीले आफ्नो कार्यकालमा शिक्षकहरूको हक–हित संरक्षण, पेशागत मर्यादा अभिवृद्धि, सामुदायिक विद्यालयको गुणस्तरीय विकास तथा शैक्षिक सुधारका लागि निष्पक्ष, पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच सुदृढ सहकार्य कायम गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा सक्रिय रहने उनले बताएका छन्।