Skip to main content

Bhajani Today

Posts Page

विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक वर्षमा लगे १ खर्ब

विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक वर्षमा लगे १ खर्ब

काठमाडौँ । विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीले एक वर्षमा १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ३० करोड रुपैयाँले बढी रकम विदेश लगेको उल्लेख छ । शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकि अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ। वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ। नेपालमा पर्यटक…
Read More
एसिया कप : भारतविरुद्ध उत्कृष्ट प्रदर्शन

एसिया कप : भारतविरुद्ध उत्कृष्ट प्रदर्शन

काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ ।  श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो।  भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो। पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो। भारतसँग हार…
Read More
साहित्यमा विचारको महत्त्व

साहित्यमा विचारको महत्त्व

–मोहनविक्रम सिंह –मोहनविक्रम सिंह विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा  हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो   प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ ।  विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा…
Read More
धर्मनिरपेक्षताको बढ्दो प्रभाव ः फ्रान्सबाट सिकौँ

धर्मनिरपेक्षताको बढ्दो प्रभाव ः फ्रान्सबाट सिकौँ

– समीर सिंह पृष्ठभूमि धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तर्विरोधपूर्ण प्रश्नहरूका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको ध्रुवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्फ धर्म सापेक्षताले आ–आफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका अवस्था छ ।  धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा…
Read More
राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । ‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ । युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’…
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More