Skip to main content

Bhajani Today

प्रमुख समाचार

प्रधानमन्त्री  प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं  असार १८॥ नेपाली कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए । जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको…
Read More
टिपरले ठक्कर दिँदा आमाको मृत्यु, ९ वर्षीय छोरा घाईते

टिपरले ठक्कर दिँदा आमाको मृत्यु, ९ वर्षीय छोरा घाईते

  उर्लाबारी असार १८।। मोरङको उर्लाबारीमा सोमबार साँझ टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा घाइते भएका छन्। बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो। उनका छोरा प्रशान्त घाइते छन्। तीव्र गतिमा रहेको टिपरको ठक्करबाट घाइते बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा साँझ साढे सात बजे मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले वताए। प्रशान्तको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ।  छोरालाई स्कुटरमा पछाडि राखेर तरकारी किन्न निस्किएकी सीता करिव…
Read More
कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने  सहमति, ओली प्रधानमन्त्री बन्ने

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्ने

  काठमाडौं असार १८॥ प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो । शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको…
Read More
एसइइ पुरक परीक्षामा सहभागी हुने  विद्यार्थीलाई पढाउन त्रिभुवन विश्व विद्यालयका  विद्यार्थीलाई परिचालन गरिने

एसइइ पुरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई पढाउन त्रिभुवन विश्व विद्यालयका विद्यार्थीलाई परिचालन गरिने

  झापा, असार १७ ।। एसइइ ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ ।त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसइइका अनुत्तीर्ण (नन ग्रेडेड) लाई पढाउनका लागि सहजीकरण गर्न अनुरोध गरेको मन्त्रालयले जनाएको छ । सामुदायिक विद्यालयका अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी र निजी विद्यालयका नेपाली तथा सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न सहयोग गर्न पत्राचार गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको…
Read More
अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

    काठमाडौं ,  असार१६ ॥   नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा  सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए    
Read More
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका बिरुवा रोपिए

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका बिरुवा रोपिए

झापा  असार १५॥ पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा  १० हजार फलफूलका बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले  ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए । जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले…
Read More
बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला

बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला

बिर्तामोड असार १६। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । पाचथर फालेलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जानकारी दिएको छ । उनी बिर्तामोड नगरपालिका वडा नम्बर १ भग्वान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयका एक कर्मचारी(आफ्न्त)सँग बस्दै आएका थिए। आज बिहान अन्दाजी ०५ः३० बजेको समयमा सोही कम्पनीको कम्पाउण्ड भित्र रहेको आपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुण्डी मृत अवस्थामा उनी फेला परेको प्रहरीले बताएको छ । हाल घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा…
Read More
पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार  विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
Read More
एसईई (२०८०) मा दुईभन्दा बढी विषयमा एनजी  ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

एसईई (२०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं असार १४॥  माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।    
Read More
झापाको भद्रपुरमा धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या , एक पक्राउ

झापाको भद्रपुरमा धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या , एक पक्राउ

भद्रपुर असार १४॥ झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका २ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनकी दिदीसँग गफगाफ गरी बसिरहेकी थिएन । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको…
Read More
इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

झापा असार १४ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए। त्यसअघि टस…
Read More
बिर्तामोड नगरपालिकाद्वारा किसान लाई बिभिन्न सामग्री प्रदान

बिर्तामोड नगरपालिकाद्वारा किसान लाई बिभिन्न सामग्री प्रदान

बिर्तामोड, असार १३ : बिर्तामोड नगरपालिकाले कृषक तथा दुग्ध व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो । चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरीएको हो । उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । उक्त सामाग्री…
Read More
एसइई परीक्षाको नतिजा सार्वजनिक  १८६ जना विद्यार्थीले ल्याए ४ जिपिए

एसइई परीक्षाको नतिजा सार्वजनिक १८६ जना विद्यार्थीले ल्याए ४ जिपिए

झापा असार १३ - माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। ४७ ।८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएकाे बाेर्डले जनाएकाे छ। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। ५२ ।१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएकाे बाेर्डले जनाएकाे छ। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल…
Read More
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका  टी-२० विश्वकप फाइनलमा

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी-२० विश्वकप फाइनलमा

  झापा असार, १३ – अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ ।५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।  रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र…
Read More
लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु

लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु

झापा असार १२ ॥ लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।  पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो। घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ। पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए। यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले…
Read More