Skip to main content

Bhajani Today

बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला

बिर्तामोड असार १६। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

पाचथर फालेलुङ गाउपालिका वडा नम्बर ४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जानकारी दिएको छ ।

उनी बिर्तामोड नगरपालिका वडा नम्बर १ भग्वान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयका एक कर्मचारी(आफ्न्त)सँग बस्दै आएका थिए।

आज बिहान अन्दाजी ०५ः३० बजेको समयमा सोही कम्पनीको कम्पाउण्ड भित्र रहेको आपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुण्डी मृत अवस्थामा उनी फेला परेको प्रहरीले बताएको छ ।

हाल घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *