Skip to main content

Bhajani Today

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारत जारी प्रतियोगितामा अपराजित रह्यो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो।

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *