भजनी २२ मंसिर कैलालीको भजनी नगरपालिका वडा नम्बर २ पल्लुपुर निवासी बस्दै आएका युग दर्पण साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार जय वहादुर बुढाका पूज्यनीय पिता रनसिंह बहादुर बुढाको शुक्रबार राति ११ बजे ६७ वर्षको उमेरमा असमाहिक निधन भएको हो।उहाँ विगत लामो समयदेखि विभिन्न रोगको उपचार गराई रहनुभएको थियो ।।बुढाका श्रीमती र चार छोरा रहेकाछन् पत्रकार बुढाको पिताको निधन प्रति नेपाली काँग्रेस भजनी, विभिन्न राजनीतिदल, व्यापारी र मलवारा डल्फिन मिडिया मंच संस्थाले दुख व्यक्त गरेका छ । साथै मृतक बुढा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरीले धर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी गहिरो समवेदना समेत प्रकट गरेका छन्…
भजनी १६मंसिर /कैलालीको नेपाल-भारत खुला सीमानाका रहेको भजनी र टीकापुरमा तस्करी मौलाउन थालेको छ । सरकारले भन्सार छली तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई सीमा नाकामा खटाउने गरेको छ ।सीमा नाकाहरुबाट निर्वाद रुपले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल वि ओ पी कै मिलेमतोमा समानहरु आयात भैरहेको छ।भारतसँग सीमा जोडिएका सीमा नाकाबाट विभिन्न सामान तस्करी हुने क्रम बढेको छ। सुरक्षा निकायसँग मिलेर र तस्करी गर्दै आएका छन् । कपडा,सुर्ती,माछा, हार्डवेयर ,चिनी,चप्पल र किराना पसल सामान तस्करीले सुरक्षाकर्मीसँग सेटिङ मिलाउने गरेका छन् ।दैनिक बिहान३/७ बजेदेखि राति ८/१२ बजेको समयमा भन्सार छलि गरी ल्याएका वस्तु ओसार्नेहरूको लर्को हुने गरेको बासिन्दाले स्थानीय बताउँछन्।…
भजनी १३ मंसिर/नेकपा माओवादी केन्द्र भजनी नगरपालिका वडा नं.३,५ र ८को वडा सम्मेलन बुधबार सम्पन्न भएको छ । दोस्रो वडा सम्मेलनबाट वडा नं३मा गोविन्द चौधरी वडा नं ५ मा तेज बहादुर साउद र वडा नं ८ मा प्रशु राम लामाको नेतृत्वमा नयाँ वडा कमिटी चयन भएको हो ।नेतृत्वमा २५ सदस्यीय समिति चयन भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै पुर्व मेयर शेर वहादुर चौधरीले जनताको पार्टी माओवादी केन्द्र नै भएको बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख पक्ष पनि माओवादी नै भएको बताएका छन् । सम्मेलनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य पुर्व मन्त्री मा विनिता चाैधरी,नगर कमिटी अधयक्ष प्रशू चौधरी, उपाध्यक्ष नारायण ओझा,सुरज…
भजनी ११ मंसिर /कैलालीको भजनी नगरपालिका ५ नं वडा कार्यालयको आयोजनामा मल/खादको अभावका कारण कृषकहरुको समस्या बारे छलफल गरिएको छ । भजनी- ५ नं वडा कार्यालयमा भजनी क्षेत्रमा रहेका सम्पूर्ण सुरक्षा निकाय, सरोकारवलाहरुसँग छलफल गरिएको छ।छलफलमा नगर प्रमुख केवल चौधरी,उपप्रमुख राजु तिरुवा,प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपाने,वडा नं ३,५,र ७ का वडा अध्यक्ष, सिमा क्षेत्रका सुरक्षाकर्मी, पत्रकार, राजनीति दल, पालिकाका विभिन्न शाखा प्रमुखको सहभागीता रहेको थियो।छलफलको विषय बस्तु बारे ५-का वडा अध्यक्ष केशव बहादुर बुढाले बताउनु भएको थियो।छलफलमा राजनीति दल र कृषकले सरकारले जहिले पनि मुख्य सिजनमा मल बीउ बिजनमा किसानलाई धोका दिएको भन्दै गुनासो गरेका थिए । भजनी-५ का…
भजनी, कार्तिक २९/आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निणर्य गरेको छ । काँग्रेसको पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गर्ने निणर्य गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन…
भजनी २०कार्तिक । महुन्याल बहुमुखी क्याम्पसको छैठौं औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भजनी नगरपालिका–१ भजनीस्थित उक्त क्याम्पसले मंगलबार साधारण सभा गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि भजनी नगर प्रमुख केवल चौधरीले महुन्याल बहुमुखी क्याम्पस भजनीको शैक्षिक धरोहरको रुपमा रहेको बताए । उनले भजनी क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।उनले भने, ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामूदायिक विद्यालयप्रति आम नागरिकको विश्वास बढाउनुपर्छ । यसका लागि शिक्षक, व्यवस्थापन समिति तथा अभिभावक सबैले भूमिका महत्वपूर्ण हुन्छ ।’त्यस्तै…
भजनी / कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन ।हरेक सम्भावनाले भरिएको भजनीलाई कैलाली जिल्लाको सदरमुकाम थियो भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो हुन्छ । आज भजनीले भोगिरहेका अभावका अगाडि त्यो पुरानो सदरमुकामको कुरा गर्दा नयाँ पुस्ताले अनौठो मान्ने गर्छन् ।विस २०३८ सम्म जिल्लामा हुनुपर्ने कतिपय कार्यालय भजनीमै थिए । त्यति बेला निर्माण भएका कैयौँ संरचनाको अंश आजका दिनमा जीवित छन् । पुरानो सदरमुकामका बासिन्दा केही दशकदेखि प्राकृतिक विपद्लगायत चुनौतीसँग लड्न र जुध्नबाध्य भइरहेका छन् ।यो क्षेत्रका लागि वर्षायाममा हुने बाढी, नदी कटान र डुबानको समस्या ठूलो चुनौती बन्ने गरेको छ । बाढी डुबानले सयौँ…
कैलालीको धनगढीमा राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका ऐतिहासिक क्रान्तिकारी योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैका को १९ औँ स्मृति दिवस धनगढीमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियोे । १९ अौ स्मृति दिवसको अवसरमा मानबसेवा आश्रममा रहेका असाहय बुवाआमा र बालबालिकालाई सामूहिक दिवा भोजन समेत गराईएको थियोे । कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ले स्व. चन्द्र बहादुर रैका दलित समुदायको मात्रै नेता नभईकन हामी सबैको साझा सशक्त क्रान्तिकारी नेता भएको बताउनु भयो ।…
भजनी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
भजनी: कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। कैलाली प्रहरीले शुक्रबार विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोजीबाट वडा नम्बर २ रजबारा बस्ने २२ वर्षीय रुपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुशल गिरीलाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट १.७४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ १ त्रिवेणीघाटबाट वडा नम्बर २ बैयाबेहडी बस्ने १८ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ। उनको साथबाट स्पास नामक १६ ट्यावलेट फेला परेको छ।यस्तै, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट…
टीकापुर ८कार्तिक मान बहादुर ठकुल्ला/ कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू अार्थिक बर्षकाे ३ महिनामा करिब ३ कराेडभन्दा बढी राजस्व संकलन गरेकाे छ । सत्ती भन्सार कार्यालयले अार्थिक बर्ष २०८१/८२ काे श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ कराेड २८ लाख २ सय ७ रुपैया र असाेज महिनामा १ कराेड ३५ लाख ९० हजार रुपैया गरि चालू अार्थिक वर्षकाे ३ महिनामा ३ कराेड ४० लाख ४० हजार ७७ सय २१ रुपैया राजस्व संकलन गर्न सफल भएकाे सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकाेटाले जानकारी दिनु भएको छ ।…
धनगढी ८ कार्तिक २०८१/सुदूरपश्चिम प्रदेश सामजिक विकास मन्त्रालयले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येयक दलित समुदायका नेता,अगुवा एंव दलित नागरिक समाजले ठाडै अस्विकार गर्दै कार्यान्वयनको माग गरेका छन । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले दलित शसक्तिकरण ऐन कार्यान्वयनमा नआउदै संशोधनका लागी प्रस्ताव गरेको विद्येक सम्बन्धी सुझाव संकलन कार्यक्रम्मा सहभागी दलित संघ संस्थाका प्रतिनीधिहरुले संशोधन विद्येक अस्विकार गर्दै कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयले ऐन संशोधन गर्न बनाएको विद्येकमाथी छफफल गर्न आयोजना गरेको कार्यक्रमको मान्यूटमा समेत हस्ताक्षर नगरी उनीहरुले संशोधनका लागी अघि सारीएको विद्येकलाई अस्विकार गर्दै एकमतले कार्यान्वयनको माग गरेका हुन । सामाजिक विकास मन्त्रालयका…
भजनी/तिहार नजिकिँदै जाँदा भजनी नगरपालिकाले यसवर्ष प्लास्टिकका माला बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ ।बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फुल माला बिक्रीवितरणमा रोक लगाउने जानकारी दिएको हो । नगरपालिकालेस्वदेशी उत्पादन फूलका मालालाइ प्रोत्साहन गर्न र प्लाष्टिक जन्य सामाग्रीको न्यूनिकरण गर्न भारतबाट भित्रिने प्लाष्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा रोक लगाउने नीतिअनुसार नगरपालिका अगाडि बढ्ने नगर प्रमुख केवल चौधरीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ।नगरपालिका भित्र रहेका व्यापार व्यावसायी तथा सम्पुर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ दिपावली तथा छठ पर्वमा प्लास्टिकका माला र पुष्प सामाग्री विक्रिवितरण तथा प्रयोग नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारी गराइएको भन्दै सूचनालाई अटेर…
भजनी/कैलालीको भजनीमा प्रात: स्मरणीय पूज्यनीय पिता स्व. तोयनाथ जोशीको ३१औं स्मृतिका अवसरमा आयोजित ११औं रक्तदान कार्यक्रम आईतबार भजनीमा सम्पन्न भएको छ। पाण्डव जनरल स्टोर भजनीको आयोजित एबम् नेपाल रेडक्रस सोसाइटी टीकापुर र भजनीको प्राविधिक सहयोग तथा लघुवित्त कर्मचारी मिलन केन्द्र भजनीको सहकार्यमा भजनीमा रक्तदान कार्यक्रम गरेको थियो।कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा,संघिय माननीय गंगा चौधरी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली सभापति बासु विनाडी, सशस्त्र प्रहरी बल , सञ्चारकर्मी , कर्मचारी, रक्तदानसँग आबद्ध अन्य व्यक्तिहरू गरी ५०जना रक्तदाताहरूले रक्तदान गरेको टंक प्रसाद जोशीले जानकारी दिनुभयो। रक्तदान कार्यक्रमको उद्घाटन भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवाले…