साझा अक्षर

समाचार

बोगटान पालिका उज्यालो, वडाहरू भने अझै अन्धकारमै

बोगटान पालिका उज्यालो, वडाहरू भने अझै अन्धकारमै

दिपक बहादुर विश्वकर्मा डोटी/बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । मङ्गलवार वडा नम्बर ७ चवराचौतारामा रहेको ट्रान्सफर्मरमा बिजुली बालिएको छ । नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् चवराचौतारामा रहेको ट्रान्सफर्मरमा पुगेसँगै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्विच अन गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीको उपस्थिति रहेको थियो । विद्युतको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको बताएका छन् । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण…
Read More
माओवादी केन्द्रले माग्यो भजनी नगरपालिकासँग सुचना

माओवादी केन्द्रले माग्यो भजनी नगरपालिकासँग सुचना

कैलालीको भजनीमा नेकपा माओवादी केन्द्र भजनी नगर कमिटीले भजनी नगरपालिकासँग सुचना माग गरेको छ । पार्टीको नगर अध्यक्ष जगत बहादुर विक र नगर सचीव गोपीलाल चौधरीले संयुक्तरूपमा पत्र पठाउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने मार्फत सुचनाको हक प्रयोग गर्दै सुचना माग गरेका हुन । नगर कमिटीले नगरपालिकाको २०७९/०८०, र २०८०/०८१ को आलेप मलेपको वाषिक प्रतिवेदन, आ.व. २०७९/०८० देखि जनप्रतिनिधि, कर्मचारीहरुको नाममा हुँदै आएका स्वदेशी तथा विदेशी भ्रमण, यातायात, खाजा, खाना, इन्धन लगायतको विस्तृत विवरण माग गरिएको छ । त्यसैगरी, नगरपालिका भित्रका सबै शाखामा भएको बजेट तथा खर्चको विवरण, आर्थिक २०७९/०८०, २०८०/ ०८१ सम्मको हर्के हवल्दार सहितको राष्ट्रिय तथा…
Read More
बलायर परिवारले निर्माण गरेको सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण

बलायर परिवारले निर्माण गरेको सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण

मोतिनगर – कैलाली जिल्लाको जानकी गाउँपालिका–७, मोतिनगरस्थित सरस्वती मन्दिर बलायर परिवारले निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।मोती माध्यमिक विद्यालयलाई वसन्त पञ्चमीको अवसर पारेर एक कार्यक्रमका बीच प्रधानाध्यापक दीपक दासलाई मन्दिर हस्तान्तरण गरिएको हो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक दीपक दासको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा जानकी गाउँपालिका–७ का अध्यक्ष कमल महतोको उपस्थिति रहेको थियो। त्यसैगरी, समाजसेवी गणेश रेग्मी र पदम गिरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल बीरेन्द्र खड्काले गरेका थिए।
Read More
मेरिगोल्ड एकेडेमी सरस्वती पूजाको अवसरमा खेलकुद, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

मेरिगोल्ड एकेडेमी सरस्वती पूजाको अवसरमा खेलकुद, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

दिपक बहादुर विश्वकर्मा टीकापुर/कैलाली जिल्लास्थित मेरिगोल्ड एकेडेमी विद्यालमा आज सरस्वती पूजाको पावन अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका छात्र–छात्राहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसमा विभिन्न नृत्य र संगीतका प्रस्तुतिहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।यस अवसरमा विद्यालयले वार्षिक खेलकुद प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मानित गरेको छ। साथै, विभिन्न कक्षाहरूमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको छ। पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, प्रमुख अतिथि तथा शिक्षकहरूले उपस्थिति जनाएका थिए।कार्यक्रमको सभापति देव प्रसाद जैशी देवकोटा भन्छन्, "आजको पवित्र सरस्वती पूजाको अवसरमा, म यहाँ उपस्थित भई खुशी छु। यस दिन विद्या र…
Read More
सेती राजमार्गमा ढिलाइ: बजेट र वन कटानी समस्याले काम प्रभावित

सेती राजमार्गमा ढिलाइ: बजेट र वन कटानी समस्याले काम प्रभावित

दिपक बहादुर विश्वकर्मा /नेपालराष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने सेती राजमार्गको निर्माण सुस्त गतिमा अघि बढिरहेको छ। भारत, नेपाल, र चीनलाई जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग बन्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना विभिन्न अवरोधका कारण ढिलाइमा परेको छ। बजेट अभाव, प्रशासनिक ढिलाइ, र वन कटानी अनुमति जस्ता समस्याले निर्माण कार्य प्रभावित भएको हो।  २०४४ लोकेन्द्रबहादुर चन्दले ल्याएको अवधारणा हो ।माधव नेपाल प्रधानमन्त्री भएको बेलामा निति तथा कार्यक्रम समेटेर बनाइएको हो। हाल सम्म पटक पटक माैसम अनुसन्धान सत्ता परिवर्तनले उक्त परियोजनामा धक्का पुग्न गएको हो। सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको यो परियोजना आर्थिक वर्ष २०६५/६६ बाट सुरू भएको हो।    यो राष्ट्रिय…
Read More
नगरपालिकालाई ध्यानाकर्षण पत्र

नगरपालिकालाई ध्यानाकर्षण पत्र

भजनी २१ माघ /कैलालीको भजनीमा नेकपा माओवादी केन्द्र निकट वाइसीएल नगर कमिटी र नेपाली काँग्रेस निकट तरुणदल नगर समितिले भजनी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले सार्वजनिक विदाको दिनमा पनि सरकारी नम्बर प्लेटको सवारीसाधन जथाभावी सञ्चालन हुँदै आएकोमा आपत्ति जनाउँदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि नगरपालिकाको गाडी सार्वजनिक बिदाको दिन सञ्चालन गरेको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । वाइसीएल नेपाल भजनी नगर कमिटी अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले नगरपालिकाले पटकपटक सार्वजनिक बिदाको दिनमा सरकारी नम्बर प्लेटको सवारीसाधन चलाउँदै आएको भन्दै आगामी दिनमा त्यसो देखिएमा कारबाहीको लागि सिफारिस गर्ने बताएका छन् । उनले कार्यालय समय भन्दा पछिको समयमा…
Read More
डल्फिन संरक्षण क्षेत्रमा मनाइयो बिश्व सिमसार दिवस 

डल्फिन संरक्षण क्षेत्रमा मनाइयो बिश्व सिमसार दिवस 

कैलाली जिल्लाको दक्षिणपुर्बी भजनी नगरपालिका वार्ड नम्बर ८ खैरा, डल्फिन संरक्षण क्षेत्रमा "भविष्यका लागि सिमसार संरक्षण" नारा सहित विश्व सिमसार दिवस २०८१ सम्पन्न भएको छ। डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालको कोषाध्यक्ष कृष्णा चौधरीले स्वागत मन्तव्य गर्नु भएको थियो ।कार्यक्रममा समाजसेवी,संरक्षणकर्मी अजय तिमिल्सेना,प्रकाश साउद,कृष्णध्वज चन्द माध्यमिक बिद्यालयका प्रधानाध्यापक शंकर प्रसाद चौधरी,प्रहरी चौकी जनकपुरका इन्चार्ज दिल बहादुर बोगटी संरक्षण सम्बन्धि धारण व्यक्त गर्नु भएको थियोे। भजनी नगरपालिका वार्ड नम्बर ८वार्ड सदस्य लल्टु डगौरा थारु विशिष्ट अथिती,भजनी नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष पंकज चौधरी प्रमुख अथिती रहेको कार्यक्रम डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुङ्गानाको…
Read More
चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन

कैलालीको भजनीमा चर्रा रैथाने कृषि हाट बजार एक कार्यक्रममा बीचमा शुक्रबार उदघाटन गरिएको छ। दिगो विकास समाज भजनी तथा वर्ल्ड भिजन नेशनल नेपालको सहयोगमा भजनी नगरपालिका वडा नं ७ कार्यालय र हाट बजार व्यवस्थापन समितिको आयोजनामा चर्रा रैथाने कृषि हाट बजार उद्घाटन समारोह कार्यक्रम भएको छ। वडा नं ७ का अध्यक्ष अमर कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कैलाली निर्वाचन क्षेत्र नं ३ ' क' का प्रदेश सदस्य पूर्व प्रदेश मन्त्री घनश्याम चौधरी, विशिष्ठ अतिथिमा नगर प्रमुख केवल चौधरी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि अतिथिमा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गाउँका भलमन्सा, कृषक, संरक्षणकर्मी र ब्यापारी लगायत उपस्थिति रहेको थियो…
Read More
बिदाको दिन चलाएको भन्दै भजनी नगरपालिकाको गाडी युवाले लिए नियन्त्रणमा

बिदाको दिन चलाएको भन्दै भजनी नगरपालिकाको गाडी युवाले लिए नियन्त्रणमा

कैलालीको भजनीमा सार्वजनिक बिदाको दिन अनुमतिविना सरकारी गाडी चलाएको भन्दै कैलालीको भजनी नगरपालिकाको गाडी ycl नेपालका भजनी नगर अध्यक्ष  सुरेन्द्र प्रसाद जैसी,तरुण दल नगर सभापति गोपी कडायत र क्षेत्र नं ३ तरुण दल सचिव सन्दिप खड्का लगाएतका युवाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। नगरपालिकाको बा १ झ ६७५५नम्बरको स्कारपियो भजनी बजारबाट स्थानीय बिहीबार उनीहरूले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भजनीमा बुझाएका हुन्। उक्त गाडी सार्वजनिक बिदाको दिन चलाउने सवारी पास नलिएर कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेका आफन्तले प्रयोग गरेको पाइएको स्थानीय अर्जुन सोबले बताए। ‘सरकारी गाडी सार्वजनिक बिदाको दिन चलाएको देखेपछि सवारी पास माग्यौँ, तर सवारी पास रहेनछ,’…
Read More
भजनी नगरपालिका वडा नं ८मा रहेको कृष्ण ध्वज चन्द मा.वि. मा भ्रष्टाचार

भजनी नगरपालिका वडा नं ८मा रहेको कृष्ण ध्वज चन्द मा.वि. मा भ्रष्टाचार

कैलालीको भजनी नगरपालिका वडान ८ कृष्ण ध्वज चन्द माबिमा मिलेमतोमा भ्रष्टाचार भएको छ। भजनी नगरपालिका वडान ८ का वडा अध्यक्ष पंकज चौधरी ले १ लाख ३० हजार ९ सय ५० रुपैयाँ वडाले बालबिकासको कक्षा को रंगरोगन , भित्तेलेखन बापत दिएको बताउनुभयो । तर विद्यालयको आम्दानी को रकम बाट ३ लाख ५२ हजार को रकम फेरि रंगरोगन र मर्मत निर्माण बापत भनेर निकासा गर्नु भ्रष्टाचार भएको बताउनुभयो । वडा अध्यक्ष चौधरी ले एकातिर वडाको पैसा खर्च गर्ने फेरि अर्कोतिर विद्यालय ठेक्का बाट उठेको रकम पुन त्यहि शिर्शक मा निकासा गर्नाले शिक्षा जस्तो पबित्र ठाउँमा नियत खराब भएका ब्यक्ति बस्नु नैतिकताले नदिने…
Read More
ट्राफिक प्रहरी प्रमुख चन्दको बिदाई ,भट्टलाई स्वागत

ट्राफिक प्रहरी प्रमुख चन्दको बिदाई ,भट्टलाई स्वागत

कैलालीको सत्तिमा अस्थाई ट्राफिक प्रहरी कार्यालय सत्तिका प्रमुख, प्रहरी हवल्दार जयहरी चन्दलाई विदाई गरिएको छ । अस्थाई ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा चन्दलाई विदाई गरिएको हो । उनी अस्थायी ट्राफिक प्रहरी पाेष्ट बेलखेत अछाम सरुवा भएका छन् । उक्त विदाई तथा स्वागत् कार्यक्रम वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने,वडा सदस्य राजकुमार चौधरी, समाजसेवी तथा बुद्धिजिवी व्यापारी सर्प राज साउद,अग्रज पत्रकार भिम विक,भजनी टुडेका सञ्चालक तथा सम्पादक खेम राज पाण्डेय,टिकापुर दैनिकका ब्युरो प्रमुख गणेश क्षेत्री, भौराटप्का का ब्युरो प्रमुख मान बहादुर ठकुन्ना र सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो।सोही कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी कार्यालयको नयाँ इन्चार्जको रुपमा आएका मोहन राज भट्टलाई स्वागत…
Read More
मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा तस्बिर

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा तस्बिर

कैलालीको भजनीमा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा बिशेष छलफल उक्त समारोहमा नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, पुर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठोर, संविधानसभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिका नगरप्रमुख केवल चौधरी,उप प्रमुख राजु तिरूवा,प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, वडा अध्यक्ष, सत्ती भन्सार कार्यालय टिकापुर राजनीति दल प्रतिनिधि, विश्व हिन्दु परिषद् नेपाल,युवा नेता र सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा लिएको तस्बिर:
Read More
मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री मिश्र (टेनी महाराज)द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन

के. आर.पाण्डेय  भजनी १२ माघ /कैलालीको भजनीमा श्री माँ शक्ति स्वारुपा देबि माताको आश्रम भजनी नगरपालिका वडा नं ५ बेलाहको आयोजना तथा विश्व हिन्दु परिषद् नेपाल र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मित्रराष्ट्र भारत सरकारका पूर्व केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र (टेनी महाराज ) द्वारा माँ शक्ति स्वारुपा देबि माताको आश्रममा दर्शन तथा एक कार्यक्रमका बीच नेपाल र भारतको सम्बन्ध युगौँ युगको भएको र आफू भारत सरकारको पूर्व केन्द्रीय गृह मन्त्री भएकोले ग्रामीण क्षेत्रको विकासका लागि जोड दिन र भजनी नगरपालिका वडा नं ५ गुलरियाघाटमा पक्की पुल निर्माण भएमा दुवै देशका जनतालाई राहत हुने,उच्च शिक्षा अध्ययन,व्यापार व्यवसायमा सहज…
Read More
जेष्ठ नागरिकको लागि वडा द्वारा न्यानो कपडा उपहार

जेष्ठ नागरिकको लागि वडा द्वारा न्यानो कपडा उपहार

दिपक बहादुर विक  माघ ११/ डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ केदारअखडाले जेष्ठ नागरिकलाई न्यानो कपडा उपहार वितरण गरेको छ । चिसो मौसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो वडा नम्बर -२ का ६६ जना जेष्ठ नागरिकबमहिला र पुरुष लाई केही हदसम्म चिसो बाट बच्न र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई  एक एक थान कम्बल बितरण गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष भरत बमले बताउनु भयो । न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ…
Read More