Skip to main content

Bhajani Today

ईलाका प्रहरी कार्यालय जोशीपुरले ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन

कैलालीको जोशीपुरमा शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय जोशीपुरले शनिबारबाट जोशीपुर गाउँपालिका भल्मन्सा तथा बडघरमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।मुलुकमा हत्या, लागू औषध,बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय जोशीपुरले सो कार्यक्रम सञ्चालन वरिष्ठ सई चंख बहादुर कठायतले बताउनु भयो ।अपराध रोकथाम, समुदायमा सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने कार्यक्रमको उद्देश्य रहेको ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख युवन कुमार चौधरीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *