Skip to main content

Bhajani Today

कैलालीको टीकापुरमा गोहीले बाख्रालाई खायो

कैलालीको टीकापुरमा मगरगोहीले बाख्रालाई खाएको छ । कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको हो । गोहीले शनिबार दिउँसो नदीको तटबन्धमा चरी रहेको अवस्थामा टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका धीरेन्द्र प्रसाद ढुङ्गानाको बाख्रा खाएको उनले बताए।

उनले भने, पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको हो । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको बताए। यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् । मगर गोही आक्रामक हुनुका साथै जनावर सहित मान्छेलाई पनि खाने गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *