साझा अक्षर

अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुनःस्थापनाको कार्य सुरु

भजनी २२ जेष्ठ/कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनःस्थापनाको कार्य थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले ताल पुनःस्थापनाको काम थालेको छ । विगतदेखिको लामो प्रयासपछि पुरैना ताल पुनःस्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले बताए । “तालको सुरक्षणका लागि ठुलो बाँध निर्माणको काम भइरहेको छ”, उनले भने,“यस कार्यमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।”

जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० सालदेखि अतिक्रमणको चपेटा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् । यस तालको पुनःस्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने र पर्यापर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्य रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पुरैना तालको पुनःस्थापनाका लागि दुई वर्ष अगाडि ताल क्षेत्रको सीमाङ्कन र नक्साङ्कन गर्ने कार्य भएको थियो । तर केही स्थानीयले सुकुम्वासी आयोगले दिएको जमिन पनि ताल क्षेत्रमा मिसाएको भन्दै पुनः अतिक्रमण थालेका थिए । ताल संरक्षणमा वन कार्यालय र स्थानीयबिच विवाद देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *