×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

साझा अक्षर

अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुनःस्थापनाको कार्य सुरु

भजनी २२ जेष्ठ/कैलालीको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनःस्थापनाको कार्य थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले ताल पुनःस्थापनाको काम थालेको छ । विगतदेखिको लामो प्रयासपछि पुरैना ताल पुनःस्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले बताए । “तालको सुरक्षणका लागि ठुलो बाँध निर्माणको काम भइरहेको छ”, उनले भने,“यस कार्यमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ ।”

जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० सालदेखि अतिक्रमणको चपेटा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् । यस तालको पुनःस्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने र पर्यापर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्य रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पुरैना तालको पुनःस्थापनाका लागि दुई वर्ष अगाडि ताल क्षेत्रको सीमाङ्कन र नक्साङ्कन गर्ने कार्य भएको थियो । तर केही स्थानीयले सुकुम्वासी आयोगले दिएको जमिन पनि ताल क्षेत्रमा मिसाएको भन्दै पुनः अतिक्रमण थालेका थिए । ताल संरक्षणमा वन कार्यालय र स्थानीयबिच विवाद देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *