Skip to main content

Bhajani Today

अखिल नेपाल खेलकुद महासंघको भजनी नगर समिति गठन, अध्यक्षमा लामा निर्वाचित

भजनी ११जेठ/भजनीमा अखिल नेपाल खेलकुद महासंघ नगर समिति गठन गरिएको छ ।

 आईतबार भएको एक भेलाको आयोजना गरि रञ्जित लामाको अध्यक्षतामा १५ सदस्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा राजन विक , सचिव मुकेश चन्द, कोषाध्यक्ष राहुल विक सह सचिव प्रेम जैशी, चयन भएका छन्। साथै १५ सदस्यीय पहिलाे नगर भेला सम्पन्न भएको छ ।अखिल नेपाल खेलकुद महासंघ भजनी नगर समिति गठन गरेको नेकपा माओवादी केन्द्रका  भजनी नगर कमिटी अध्यक्ष जगत विकले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री विनिता चाैधरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रदेश संयाेजक तथा केन्द्रीय सचिव ललित खत्रि, प्रदेश समिति सदस्य सि वि चन्द, जिल्ला स. सदस्य पुष्पा चौधरी,ycl केन्द्रिय प्रतिनिधि सुरेन्द्र जैशी,जिल्ला ycl जिल्ला प्रतिनिधि जितु वडैला र नगर अध्यक्ष अर्जुन साेप लगाएत विभिन्न खेलप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य तथा स्वागत् मन्तव्य नगर कमिटी अध्यक्ष जगत विकले राख्नु भएको कार्यक्रमको सञ्चालन नगर समिति सचिव गोपी लाल चौधरीले गर्नु भएको थियो।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *