Skip to main content

Bhajani Today

कम्युनिस्ट युवा संगठनद्वारा जोशीपुर गाउँपालिका अध्यक्षमाथि कालोमोसो

जोशीपुर। कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीविरुद्ध कम्युनिस्ट युवा संगठन नेपाल (बहुमत)ले जनकारबाहीको भन्दै कालोमोसो दलेको छ । संगठनले चौधरीलाई विभिन्न भ्रष्टाचारको दोषी ठहर गर्दै यस्तो कदम चालेको हो।

संगठनका अनुसार, अध्यक्ष चौधरीले सार्वजनिक पदको दुरुपयोग गर्दै गाउँपालिकाको स्रोत, साधन र बजेटमा स्वार्थप्रेरित कार्य गर्दै आएको। स्वास्थ्य सामग्री खरिददेखि निर्माण कार्यको ठेक्कासम्ममा कमिसनको चलखेल, विपद् व्यवस्थापनको सामान पार्टी कार्यकर्तालाई मात्र वितरण, सेवाग्राहीसँग दुर्व्यवहार र ठेकेदारहरूमाथि धम्कीपूर्ण व्यवहार गरिएको संगठनले आरोप लगाएको छ।

त्यस्तै सार्वजनिक स्थानमा मदिरा सेवन, शिक्षक दरबन्दीमा आर्थिक लेनदेनजस्ता गम्भीर गतिविधिहरूमा संलग्न रहेको आरोप पनि लगाइएको छ। यस्ता कार्यहरूले जनताप्रतिको जिम्मेवारी भन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक प्रतिशोध हावी भएको संगठनको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *