Skip to main content

Bhajani Today

Posts Page

सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा

सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा

कैलाली जिल्लाको भजनी नगरपालिका - ८ स्थित कृष्णनगर हुलाकी रोड हुँदै सुदूरपश्चिम यातायातको नियमित बस सेवा सञ्चालनमा आएको छ। यस सेवाबाट स्थानीय बासिन्दा तथा यात्रुहरूलाई दाङ, काठमाडौं र हेटौंडा यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम यातायातले सार्वजनिक गरेको समयतालिका अनुसार दाङका लागि बिहान ८ बजे, काठमाडौंका लागि दिउँसो १२ बजे र हेटौंडाका लागि दिउँसो १ बजे बस प्रस्थान गर्ने व्यवस्था गरिएको छ। लामो समयदेखि प्रत्यक्ष बस सेवाको अभाव झेल्दै आएका यस क्षेत्रका यात्रुहरूका लागि यो सेवा निकै उपयोगी हुने सुरेश काफ्लेले बताए। नयाँ बस सेवा सञ्चालनमा आएपछि यात्रा समय, खर्च र असुविधा कम हुने विश्वास गरिएको छ। साथै…
Read More
सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्षमा पुन चौधरी चयन

सामुदायिक वन उपभोक्ता समन्वय समितिका अध्यक्षमा पुन चौधरी चयन

भजनी ४ माघ/भजनी रेन्जपोष्ट स्तरिय सामुदायिक वन उपभोक्ता समन्वय समिति भजनी -१ कैलालीको १४औं वार्षिक साधारण सभा तथा सार्वजनक सुनवाई र अधिवेशन कार्यक्रम सम्पन्न। सामुदायिक वन उपभोक्ता समन्वय समितीका अध्यक्ष खोज राम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्य माननीय घनश्याम चौधरी रहनु भएको थियो । सामुदायिक वन उपभोक्ता समन्वय समितिका उपाध्यक्ष दीपक चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका वरिष्ठ वन रक्षक प्रकाश विक,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढा र सञ्चारकर्मी धर्मेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नु भएको थियो।…
Read More
भजनीमा प्याब्सन कप सुरु

भजनीमा प्याब्सन कप सुरु

भजनी ०४ माघ /निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिको आयोजनामा प्याब्सन कप सुरु भएको छ । भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा क्लबको खेल मैदानमा प्याब्सन कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको हो । १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता कार्यक्रमको अध्यक्षता प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले गरेका थिए । कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुद अनुशासनको प्रतिबिम्ब भएको बताएका छन् । “खेलकुदले शारीरिक मात्रै नभई अनुशासनको राम्रो पाठ सिकाउने गर्छ ।” उनले भने, “मानिसहरूमा अनुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा पनि हो ।” नगर प्रमुख चौधरीले नगरपालिकाले खेलकुदका हरेक गतिविधिमा सहयोग र सहकार्य गर्दै…
Read More
खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन

खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन

कैलालीको भजनी नगरपालिका–२ मा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता भजनी–२ स्थित खेल मैदानमा सञ्चालन गरिएको हो। उद्घाटन कार्यक्रममा राहुल बुढाले कार्यक्रम सञ्चालन गरेका थिए भने बिरेन्द्र बुढाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि बाबुराम चौधरी रहेका थिए भने टंक प्रसाद जोशी, राज बहादुर बुढा र जय बहादुर बुढा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नर बहादुर बुढाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।स्थानीय तहमा खेलकुदको विकास, युवाको सहभागिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
Read More
१४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना

१४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना

भजनी २९ पुस/निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिले भजनीमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्याब्सन भजनीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा कलबको खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । माघ ३ गते देखी ७ गतेसम्म १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता आयोजना हुन लागेको प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले जानकारी दिएका छन् । उनले बिद्यार्थीहरुका लागि शिक्षासँगै खेलकुद पनि महत्त्वपूर्ण रहने बताउँदै बिद्यार्थीहरुलाई खेलकुदमा आबद्ध गराउन प्रतियोगिता अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि एक लाख…
Read More
सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिका ३ मा रहेको हरियाली पार्वती सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राहुल बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाध्याले वन संरक्षण, वातावरण सन्तुलन तथा सामुदायिक सहभागिताको महत्वबारे प्रकाश पारे। उनले वन क्षेत्रको दिगो व्यवस्थापनमा सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए।सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष लिलाधर भुसालको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा,नफेकोफुनका केन्द्रिय महासचिव डन्डी राज सुवेदी, इलाका प्रहरी…
Read More
विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको भजनी नगरपालिका ८ मा रहेको सुनौलो ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सहकारी संस्थाका अध्यक्ष खेम राज चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पंकज चौधरी रहनु भएको थियो। सहकारी संस्थाका शेयर सदस्य हरि बहादुर चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष प्रकाश साउद, समाजसेवि अजय तिमिल्सेना, शेर बहादुर साउद र शिक्षक मिन बहादुर थापा ले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहकारी संस्थाले आफ्नो कार्य क्षेत्रमा रहेका बिद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुको साथै समयमा विद्युत महसुल बुझाउन उपभोक्तालाई समेत पुरस्कृत गरिएको छ।…
Read More
भजनी नगरपालिकाले सुरु गर्यो करदाता सेवा

भजनी नगरपालिकाले सुरु गर्यो करदाता सेवा

भजनी २४ पुस /स्थानीय तहबाट प्रवाह हुने सेवालाई नागरिकको नजिको शासकीय तहवाटै व्यवस्थापन गर्ने गरी संघीयताको लाभलाई नागरिक तहसम्म अनुभूति गराउने उद्देश्यले भजनी नगरपालिकाबाट करदाता सेवाको सुरुवात भएको छ । नेपाल सरकारको मिति २०८२ कार्तिक १७गतेको निर्णयानुसार करदाता सेवा कार्यालयवाट प्रदान गरिदै आएका सेवाहरु स्थानीय तहबाटै प्रवाह हुने गरी आन्तरिक राजस्व कार्यालय, धनगढी, कैलाली र भजनी नगरपालिका भजनी,बीच सेवा सञ्चालन सम्बन्धी सम्झौता भएसँगै सेवाको सुरुवात भएको हो । नगरपालिकाले आज बिहिवार पहिलो करदाताका रुपमा भजनी नगरपालिका वडा नं. ९ का रोहित राजीलाई स्थायी लेखा नम्बर परिचय-पत्र (PAN) हस्तान्तरण गरी स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ भएको घोषणा…
Read More
नेपाल रेडक्रस सोसाइटी, कैलाली  शाखाद्वारा शितलहर सम्बन्धी जनचेतनामूलक

नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाद्वारा शितलहर सम्बन्धी जनचेतनामूलक

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाले ब्रिटिस रेडक्रसको आर्थिक साझेदारीमा सञ्चालन गरिरहेको ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ३ मा अगुवा कार्यकर्ताहरू मार्फत सितलहर (Cold Wave) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य जाडो याममा देखिने अत्यधिक चिसोबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा जोखिममा रहेका समुदायलाई सुरक्षित राख्नु हो। अगुवा कार्यकर्ताहरूले समुदायस्तरमा घर–घर पुगेर तथा सामूहिक छलफलमार्फत सितलहरका कारण हुने स्वास्थ्य जोखिम, बच्ने उपायहरू, न्यानो कपडाको प्रयोग, आगो ताप्दा अपनाउनुपर्ने सावधानी, र चिसोबाट हुने रोगका लक्षणहरू बारे जानकारी दिएका छन्। साथै, आपतकालीन अवस्थामा अपनाउनुपर्ने व्यवहार, समुदायमा आपसी सहयोगको महत्त्व, र स्थानीय स्रोत–साधनको प्रयोग गरी…
Read More
पुस्तकालयको सल्लाहकारमा भारद्वाज

पुस्तकालयको सल्लाहकारमा भारद्वाज

भजनी २४ पुस /जनता सामुदायिक पुस्तकालय भजनीमा नयाँ व्यवस्थापन समिती चयन भएसँगै निवर्तमान अध्यक्ष हेमेन्द्र भारद्वाजलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ । पुस्तकालयका नवनिर्वाचित अध्यक्ष ज्ञान राज बिनाडीको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष भारद्वाजलाई सल्लाहकारको जिम्मेवारी दिइने निर्णय गरेको हो । त्यसैगरी डम्बर खड्का, नवराज मिश्र, डम्बरनाथ मिश्र, अर्जुन चौधरी, बासुदेव बिनाडी र राजेन्द्र खनाललाई पनि सल्लाहकार सदस्यको रुपमा मनोनीत गर्ने निर्णय नयाँ कार्यसमितिले गरेको छ । समितिको बैठकले मनोनीत गर्नुपर्ने तीनजना कार्यसमितिका पदाधिकारीलाई समेत मनोनीत गरेको छ । जसमा हेमन्त मण्डव्य, टेकराज जोशी र अमृता चौधरी रहेका छन् ।पुस्तकालयको आठौँ वार्षिक साधारण सभाबाट पुस १९ गते विनाडी अध्यक्षमा निर्वाचित भएका…
Read More
दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

कैलाली । दिगो विकास समाज भजनीको १९औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।अधिवेशनबाट आशा कुमारी चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गीता चौधरी, सचिवमा देवेन्द्र साउद, सह–सचिवमा सावित्री कठरिया र कोषाध्यक्षमा लक्ष्मी धर्तीमगर निर्वाचित हुनुभएको छ। यस्तै, सदस्यहरूमा सीता चौधरी, लक्ष्मी चौधरी, सरस्वती मल्ल, टिकाराम चौधरी, देविराम जैशी र निलम चौधरी चयन हुनुभएको छ।साधारणसभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक प्रतिवेदनमा ४करोड ७६लाख ९० हजार ५ सय ३० रुपैयाँ बराबरको आय व्याय प्रस्तुतिका साथै आगामी कार्ययोजना र रणनीतिबारे लेखापाल रिता चौधरीले गर्नु भएको थियो।उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको…
Read More
साना किसान कृषि सहकारी संस्था लि. भजनीमा नयाँ कार्य समिति चयन

साना किसान कृषि सहकारी संस्था लि. भजनीमा नयाँ कार्य समिति चयन

कैलालीको भजनी नगरपालिका–१ भजनीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको चुनावी १२औँ वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ। साधारण सभाबाट अध्यक्षमा बसन्ती चौधरीको कार्यकाल दुई वर्ष र तुल्सी राजीको दुई कार्यकालमा सहमति बाट नयाँ कार्य समितिको चयन गरिएको थियो।भने उपाध्यक्षमा कृष्णा चौधरी चयन भएकी छन्। त्यस्तै सदस्यहरूमा गोमा जोशी, सृजना चौधरी, रिएमानी थारु, लक्ष्मी विक र पदम देवी साउद चयन भएका छन्।यसैगरी, सहकारीको लेखा समितिको संयोजकमा तुल्सा देवी बुढा चयन भएकी छन् भने सदस्यहरूमा रुपा चौधरी र शान्ति देवी चौधरी चयन भएका छन्। साधारण सभामा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन…
Read More
भजनी बजारका व्यवसायीलाई कर छुट दिन उद्योग वाणिज्य संघको माग

भजनी बजारका व्यवसायीलाई कर छुट दिन उद्योग वाणिज्य संघको माग

कैलालीको भजनी बजार ऐतिहासिक तथा प्रमुख व्यापारिक केन्द्र भए पनि भारतसँग खुला सीमा नाका रहेका कारण स्थानीय व्यवसायीहरू विभिन्न चुनौती झेल्दै आएका छन्। विशेषगरी कोभिड–१९ महामारीका बेला गरिएको लामो लकडाउन र चर्को बैंक ब्याजदरका कारण भजनी बजारका व्यवसायीहरू आर्थिक रूपमा प्रभावित बनेका छन्। यसै सन्दर्भमा उद्योग वाणिज्य संघ भजनी कैलालीले भजनी नगरपालिकासँग कर छुटको माग गर्दै। संघले व्यवसायीहरूको वर्तमान अवस्था मध्यनजर गर्दै भजनी नगरपालिकाले व्यवसायिक करमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेका छन्।संघका अनुसार बजारका धेरै व्यवसायिक सटरहरू बन्द भएका छन् भने बाँकी व्यवसायीहरू पनि घाटामा व्यापार गर्न बाध्य छन्। यस्तो अवस्थामा स्थानीय तहले कर छुटको व्यवस्था गरे व्यवसायीहरूलाई राहत…
Read More
भजनीमा सिकलसेल एनिमिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भजनीमा सिकलसेल एनिमिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली जिल्लाको भजनी नगरपालिकामा सिकलसेल एनिमिया रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमियाको अवस्था, जोखिम, पहिचान, उपचार र रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सिकलसेल एनिमिया वंशानुगत रोग भएको जानकारी दिँदै समयमै परीक्षण र परामर्श आवश्यक हुने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी बताए। विशेषगरी थारू समुदायमा यो रोगको जोखिम बढी देखिने भएकाले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइयो। गर्भावस्थामै परीक्षण, नियमित स्वास्थ्य जाँच, तथा आवश्यक उपचार सेवामा पहुँच बढाउनुपर्ने विषयमा स्वास्थ्य कार्यालय कैलालीका मिन बहादुर धामीले प्रशिक्षक दिनु भएको थियो। अन्तरक्रियामा स्वास्थ्यकर्मीले सिकलसेल एनिमियाबाट प्रभावित व्यक्तिहरूका…
Read More
बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

टीकापुर/ कैलालीको टिकापुर नगरपालिका वडा नं ७सत्तीमा जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको कैलाली जिल्ला को आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित जिविकोपार्जन र जैविक विविधता संरक्षण का लागि समुदायको सशक्तीकरण ECOLAB परियोजना अन्तर्गत लाभग्राहीहरूलाई लक्षित गरी जलवायु–मैत्री जीविकोपार्जन बेमौसमी तरकारी सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हाे ।उक्त तालिममा जलवायु मैत्री जिविकोपार्जन कसरी गर्न सकिन्छ? पुर्व सुचना प्रणालि,थोपा सिंचाइ , बेमौसमी तरकारी खेती गर्ने तरिका, बेमौसमी तरकारीको फाइदा एवं महत्व, कोकोपिट र मलको मिश्रणमा प्लास्टिक ट्रेमा बेर्ना उमारेने तरिका,टनेल निमार्ण ,बेमौसमी तरकारी खेतीबाट राम्रो र छिटो कसरि आयआर्जन गर्ने…
Read More