Skip to main content

Bhajani Today

बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी

माघ २४ /भजनी नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने पल्टुपुर गाउँमा सम्पन्न भल्मन्सा निर्वाचनमा बल बहादुर बुढा पुन पाँचौँ पटक भल्मन्सा पदमा विजयी भएका छन्। स्थानीय बासिन्दाहरूको व्यापक समर्थनसहित उहाँ पुनः नेतृत्वमा चयन हुनुभएको हो।
यसअघि पनि चार पटक भल्मन्सा भइसकेका बुढा गाउँको विकास, मेलमिलाप, सामाजिक सद्भाव र स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आउनुभएको स्थानीयहरू बताउँछन्। उहाँको अनुभव, इमान्दारिता र निरन्तर सेवा भावनाका कारण गाउँलेहरूको विश्वास अझै मजबुत रहेको देखिन्छ।

पुनः विजयी भएपछि बुढाले पल्टुपुर गाउँको समग्र विकास, सामाजिक एकता मजबुत बनाउने र गाउँमा देखिएका विभिन्न समस्या समाधानका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई विश्वास गरेर पुनः जिम्मेवारी दिएकोमा सम्पूर्ण गाउँवासीप्रति आभार व्यक्त गर्नुभएको छ।

स्थानीय स्तरमा भल्मन्साको भूमिका महत्वपूर्ण मानिने भएकाले बुढाको पुनः नेतृत्वले गाउँमा शान्ति, समझदारी र विकासका कार्यहरू अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *