Skip to main content

Bhajani Today

वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

भजनी ३० फागुन / कैलालीको  कृष्णनगरमा जाल्पा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको ९ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष तुला राम जैशीको अध्यक्षता तथा प्रमुख अतिथि वडा नं ८ का अध्यक्ष पंकज चौधरी को प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा सन्तोष परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आर्थिक वर्षको २०८१ /२०८२को आय–व्यय ४५ लाख ६५ हजार ३ सय ४३ बराबरको विवरण सुरेश काफ्लेले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी महुन्याल मा. विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी यज्ञराज जैसीले गर्नुभएको थियो।

उक्त साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमबाट पदपूर्ति समेत गरिएको छ। सभाले सचिवमा सन्तोष शाह तथा सदस्यमा खडक राज सुवेदी र जैसरा शाहीलाई चयन गरेको छ। कार्यक्रम सहभागीहरूले संस्थाको गतिविधि तथा भावी योजनाबारे छलफल समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *