Skip to main content

Bhajani Today

भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्नेे सामूहिक प्रतिबद्धता

भजनी नगरपालिका वडा नम्बर १ लाई २०८३ साल असार मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र विकासका लागि युवा एकबद्धता यार्ड धनगढीको सहकार्यमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना अन्तर्गत उक्त प्रतिबद्धता गरिएको हो । परियोजनाले बालमैत्री स्थानीय शासन तथा पोषणमैत्री वडा निर्माणलाई प्राथमिकतामा राखेको छ ।

प्रतिबद्धता पत्रमा हस्ताक्षर गदैर्, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नेपाल सरकारको कार्ययोजना अनुसार स्थानीय तहहरूले बालमैत्री तथा पोषणमैत्री पालिका निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले यस अभियानलाई भजनी नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै पहिलो चरणमा वडा नम्बर १ लाई निर्धारित समय भित्रै बालमैत्री वडा घोषणा गर्ने गरी काम तीव्र बनाइएको जानकारी दिनुभयो ।त्यसैगरी, कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

अभियानलाई सफल पार्न नगरपालिकाका विभिन्न शाखा प्रमुख, नगर तथा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति, सरोकारवाला निकाय, संघ–संस्था, शिक्षक, अभिभावक, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सहभागीहरूले बाल अधिकार सुनिश्चित गर्दै बालमैत्री र पोषणमैत्री वडा निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *