वन देवी सामुदायिक वनको १७औँ वार्षिक साधारण सभा सम्पन्न
त्यसैगरी सब डिभिजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा विशिष्ट अतिथि, सामुदायिक वन समन्वय समितिका अध्यक्ष खोज राम चौधरी लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रममा गंगा राम चौधरी, लाल बहादुर विश्वकर्मा,खोज राम चौधरी,राहुल बुढा, बल बहादुर बुढा र कृष्ण प्रसाद चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो।
भने संस्थाका उपाध्यक्ष केशव राजवंशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यालयको वार्षिक प्रगति प्रतिवेदन सचिव लक्ष्य राम चौधरीले प्रस्तुत गर्नु भएको थियो।आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ लाख ८७ हजार ८ सय ८२ रुपैयाँ बराबरको आय–व्यय विवरण लेखापाल सुदिप चौधरीले प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रम सञ्चालन ज्ञान बहादुर रावलले गर्नु भएको थियो। साधारण सभाले आगामी वर्षका लागि विभिन्न वन संरक्षण, व्यवस्थापन तथा समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
