भजनी/इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीले समुदायको सहयोग अपरिहार्य भएको बताएका छन् ।हालै सरुवा भएर टिकापुर आएका डिएसपी डाँगीले घटस्थापनाको दिन कमाण्ड सम्हालेका हुन । उनले बिहीबार टीकापुरका सक्रिय सञ्चारकर्मीसँग काे परिचयात्मक कार्यक्रममा साे कुरा बताएका हुन । वर्तमान अवस्थामा प्रहरीलाई नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताएका हुन् । ‘यहाँका सबै क्षेत्रका नागरिक अगुवाको सहयोगको अपेक्षा गरेको छु’ उनलेभने।’साेकार्यक्रम सहभागी संचारकर्मिले बढ्दो लागुपदार्थ नियन्त्रणमा ध्यान दिनुपर्नेमा जाेड दिएका थिए भने चोरी तस्करी लगायतका घटना नियन्त्रणमा समेत प्रहरी सकृय ढंगले अघि बढ्नुपर्ने सुझाव दिए।गाडीमा प्रेस लेखेर गैर पत्रकारले पत्रकार कै बदनाम गरेको बताएका थिए । क्रियाशील पत्रकारले आफू…
२०८२ आश्विन २ बिहीबार प्रकाशित/गत भदौ २२ गते आइतबार खक्रौला स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेलले मिना चाैधरिलाइ कुटपिट गरे । पिडित भनिएकि महिलाले तुरुन्तै उनी माथि विना कसुर गरिएको ज्यादतीको बारेमा मिडिया गुहारिन । भर्खरै तीन हप्ता अघि मात्रै खक्राैला सशस्त्रको कमान्ड सम्हाल्न आएका डिएसपी प्रविण पाैडेलले आएकै दिन देखि स्थानीय केही नागरिक संगकाे टसल परेको थियोे । यहाँ बाट विदाई भएर जाँदै गरेका डिएसपी राजन शाहलाई विदाई गर्न सशस्त्र क्याम्प पुगेका स्थानीय नागरिक अगुवा र व्यापारी सित पहिलोपटक मै उनी बाझिए,अर्को दिनमा भन्सारको गेटमै स्थानीय युवाहरु सित बाझाबाझ भयो । लगत्तै…
भजनी । सरकारले निशस्त्र युवा पुस्तामाथि गरेको क्रूर बर्बर दमनको विरुद्धमा तथा जेनजी पुस्ताले अघि बढाएको आन्दोलनको पक्षमा भजनीमा रहेका युवा तथा जेनजीले शोक सभा आयोजना गरेका छन् ।केहीबेर अघि भजनी बजारमा युवा तथा जेनजीको आयोजनामा शोक सभा सम्पन्न गरिएको युवा नेता सुरेन्द्र प्रसाद जैशी जानकारी दिए। शोक सभामा दीप प्रज्वलन गरेर शहिद भएका युवाहरुको आत्माको चीर शान्तिको कामना गरिएको छ।
भजनी २६ / देशभरि विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाले भयावह रुप लिँदै जाँदा समेत भजनि शान्त र अनुशासित रहन सफल भएको छ। स्थानीय जेनजी समूहका युवाहरूले शान्तिपूर्ण दबाब कार्यक्रममार्फत आफ्नो आवाज उठाउनुका साथै सरकारी संरचनालाई जोगाउन समेत उल्लेखनीय भूमिका खेलेका छन्। भौतिक संरचना जलेर तहसनहस हुने घटनाहरू बढिरहेका बेला भजनीका युवाहरूले उल्टै शान्ति र सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले स्थानीय प्रशासनलाई सहयोग गर्दै आगो निभाउने, भीड नियन्त्रण गर्ने तथा आक्रोशित जनतालाई सम्झाउने काममा अग्रसर भई समुदायलाई ठूलो राहत पुर्याएका छन्। शान्त वातावरण कायम राख्न सहयोग गर्ने युवामध्ये अमृत कुमाल, हरि काफ्ले, नानु काफ्ले, सुरेन्द्र काफ्ले, गोपी कडायत…
कैलाली जिल्लाको जोशीपुर वडा ३मा रहेको शंकर सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष दान सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जोशीपुर गाउँपालिका वडा न ३ वडाअध्यक्ष रेणु चौधरीले सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको वार्षिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाई सहज भएको चौधरीले बताए । सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन , चोरि सिकारी…
कैलालीको भजनी नगरपालिकाको सहकार्य तथा बाल कल्याण संघ टीकापुरको आर्थिक तथा प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।बाल कल्याण संघको सहयोगमा नगरपालिका भित्रका २२ जना अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको महिला बालवालिका तथा समाजकल्याण उपशाखाको भजनी नगरपालिका प्रमुख रिजु चौधरीले जानकारी दिनु भयो । ७ जनालाई ह्वीलचेयर, ७ जनालाई वैशाखी,६ जनालाई सेतोछडी र २ जनालाई वाकर वितरण गरिएको भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश थारु डगौराले बताए ।
पदमराज जैशी, भजनी १७ भदौ /भजनी नगरपालिका वडा नं. ५ का डम्बर सिंह साउँद सधै चर्चामा आइरहने व्यक्ति हुन । चर्चामा सधै आइरहने उनलाई डम्बर सिंह साउँद भनेर आज पनि प्रायः कमैले चिन्ने गर्छन् । समाजमा केही गर्नुपर्छ भन्ने मनमा हुटहुटी बोकेका डम्बर केही समय भजनी नगरपालिकामा निकै चर्चित बने । स्थानीय तहको निर्वाचन पछि बढ्दै गएको भ्रष्टाचार, आर्थिक अनियमितता, अन्याय र अत्याचारका विरुद्ध स्वतन्त्र नागरिक आवाज फेसबुक पेज मार्फत सबैको आवाज बोल्ने डम्बरका गतिविधि कैयौंलाई मन परेनन । आम सर्वसाधारणले भने राम्रो साथ दिए । सामाजिक सञ्जालमा निकै लगाव राख्ने उनलाई अहिले त्यहीँ सामाजिक सञ्जालले एकाएक चर्चाको शिखरमा पुर्यायो…
भजनी, भदौ १२/कैलालीको गोदावरी नगरपालिका वडा नं. ९, शहरी झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका छन् ।बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन् । उनीहरु धनगढी उपमहानगरपालिका वडा नं. ४ का १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुँवर, १७ वर्षीय आकाश मल्लसँगै नुहाउन गएका थिए । उनीहरूमध्ये चार जना हालसम्म वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन् ।
भजनी/कारागार घटनापछि कैलाली आएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट गरेका छन् । त्यस क्रममा शान्ति, सुरक्षाको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । भेटघाट तथा छलफलमा सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि उपस्थिति रहेको थियो । २३ गते कैलाली कारागारमा दुई ब्लकका कैदीबिच हिंसात्मक झडप भएको थियो । त्यस घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए । कारागार घटनामा सुरक्षा निकायको गम्भीर लापरवाही देखिएपछि गत बुधबार तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृहमा फिर्ता बोलाइएको थियो । उनको ठाउँमा लम्सालले जिम्मेवारी पाएका…
कैलालीको भजनी नगरपालिका–८ जनकपुर कालिका टोलमा संकटेश्वर महादेव मन्दिर निर्माण सम्पन्न गरी मूर्ति प्राण प्रतिष्ठा गरिएको छ। स्थानीयको सहयोगमा करिब आठ लाख रुपैयाँको लागतमा बनेको मन्दिरको बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिनुभयो।श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा विशेष पूजापाठसहित प्राण प्रतिष्ठा गरिएको पण्डित उपेन्द्र खनालले बताउनुभयो। यस क्षेत्रमा संकटेश्वर मन्दिर नभएकाले यो धार्मिक स्थललाई विशेष महत्वका साथ हेरिएको र पूजाअर्चना गरेमा ग्रहदशा कट्ने विश्वास रहेको कोषाध्यक्ष धर्मराज तिमिल्सिनाले बताउनुभयो। स्थानीय अजयराज तिमिल्सिना र प्रकाश साउँदका अनुसार संकटेश्वर महादेवको पूजा गर्दा मनोकामना पूरा हुने र संकट टर्ने विश्वास छ। हिन्दू धर्मावलम्बीहरूले महादेवलाई ‘देवताको पनि देउता’ मानेर विशेष श्रद्धा अर्पण…
भजनी/सामाजिक सञ्जालका भित्तामा बुधवार अपरान्हदेखि कुँदिएको छ, एक श्यामश्वेत तस्वीर । र, त्योसंगै छन्, समवेदनाका अक्षरहरु । अपत्यारिलो । तर स्वीकार्नै पर्ने सत्य । रहेनन्, सुरेश हमाल । सामाजिक सञ्जाल कहिले काही अखबार भन्दा पहिले बिस्मित तुल्याउने यस्तै खवर लिएर आउछ । मृगौला प्रत्यारोपणका लागि बरेलीको भोजीपुरास्थित राममूर्ति मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएका थिए, उनी । ४८ वर्षको उमेरमा उनले त्यही प्राण त्यागे कैलालीको तत्कालीन लालबोझी गाविसमा जन्मिएका हमालको बाल्यकाल भजनी नगरपालिका–५ अन्तर्गत पर्ने लालबोझीमै बित्यो । बाल्यवयमा समानान्तर ढंगले हुर्कियो, उनीभित्र फुटवल र तेक्वान्दोको मोह । उनी फुटवलका क्रेजी थिए । खेले तेक्वान्दो । भए प्रशिक्षक । केही वर्ष…
भजनी । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन्। चैतमा रोपेको धान दोस्रोपटक काट्न उनी व्यस्त भएकी हुन्। पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी छिन् । “यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रोपटक धान फलेको हो”, उनी भन्छिन्, “चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ ।” किसानले पहिलोपटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन् । अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् । यस वर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा…
भजनी/ कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै गएको हो । घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक…
कैलालीको जोशीपुरमा विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनद्वारा जोशीपुरमा २३ ओटा सामुदायिक बिद्यालयका ६७ जना फरक क्षमता(अपांगता) विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ। वडा नं- १ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय बडहरियामा , जोशीपुर गाउँपालिका अध्यक्षको प्रमूख आतिथ्यमा २३ ओटै विद्यालयका प्रअ, शिक्षक प्रतिनिधि, फरक क्षमताका ६७ जना बिद्यार्थी तथा उनीहरूको अभिभावक, पत्रकारहरूको सहभागिता रहेकाे थियाे। अखिल समाजवादी का केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ, जनप्रकाश माध्यमिक विद्यालय का प्रअ सुरेश थारु मुक्त कमैया प्राथमिक विद्यालयका प्रअ श्यामदेव कुश्मीले अखिल समाजवादी…