भजनी १८ चैत/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय पोषण परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। भजनी नगरपालिकाको आयोजनामा २०८२ चैत १८ गते आयोजित बैठकमा पोषण सुधार, बालबालिका तथा आमाको स्वास्थ्य सुदृढीकरण, तथा स्थानीय तहमा पोषण सम्बन्धी कार्यक्रम प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।

बैठकमा नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उप प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट,वडा अध्यक्ष केशव बुढा र जनप्रतिनिधि, विषयगत शाखा प्रमुख स्वास्थ्यकर्मी, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विशेष गरी कुपोषण न्यूनीकरण, बालबालिकाको वृद्धि अनुगमन, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार, तथा स्थानीय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो। care Nepal / IDE Nepal को आर्थिक सहयोगमा सञ्चालित भजनी नगरपालिकामा नगरपालिका स्तरीय पोषण परियोजनामा विभिन्न साझेदार संस्थाहरूको सहकार्य रहेको आयोजकले जनाएको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले पोषण सुधारका लागि स्थानीय स्तरबाट समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए। साथै आगामी दिनमा पोषण सम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।कार्यक्रमको सहजीकरण सरिता चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो।