Skip to main content

Bhajani Today

तीन दिने बहस–पैरवी तालिम सम्पन्न

भजनी २१चैत/कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB कार्यक्रम अन्तर्गत ३ दिने बहस–पैरवी (Advocacy) तालिम सम्पन्न भएको छ।चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा भजनी नगरपालिका वडा नं. ३, ८ र टिकापुर नगरपालिका वडा नं. ७ का गरी २५ जना (१४ पुरुष र ११ महिला) सहभागी भएका थिए।तालिमको उद्देश्य समुदायमा रहेका समस्याहरू सरोकारवालासम्म पुर्‍याई समाधानका लागि पहल गर्नु तथा समुदायको समग्र विकासमा सहयोग पुर्‍याउनु रहेको थियो। तालिममा नगरपालिका योजना प्रक्रिया, वडा भेलाहरू, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, योजना तर्जुमाका ७ चरण तथा पशुपालन सम्बन्धी विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको उद्देश्य तथा ECOLAB कार्यक्रमका गतिविधिबारे समेत जानकारी प्रदान गरिएको थियो। समापन कार्यक्रममा भजनी नगरप्रमुखले तालिम अत्यन्त फलदायी रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, रेडक्रस कैलालीका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *