Skip to main content

Bhajani Today

संकटासन्न तथा जोखिमको लेखा–जोखा (EVCA) कार्यक्रम सम्पन्न

 सोनाफाँटा२६ चैत/ कैलालीको भजनी नगरपालिका वडा नं. ८ र वडा नं. ३ मा संकटासन्न तथा जोखिमको लेखा–जोखा (EVCA) कार्यक्रम सम्पन्न भएको छ।समुदायको विपद् जोखिम पहिचान, न्यूनीकरण तथा तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य धौली जैशी, नेपाल रेडक्रस सोसाइटी उपशाखा भजनीका सदस्य खेम राज पाण्डेय Ecolab परियोजनाका नरेन्द्र जोशी र कमल राज जोशी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बाढी, डुबान, आगलागी लगायत सम्भावित विपद् जोखिमहरूको पहिचान गरी जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरमा विपद् व्यवस्थापनलाई थप सुदृढ बनाउन आवश्यक सुझाव समेत दिएका थिए।कार्यक्रमको सहजीकरण Ecolab परियोजना सामाजिक परिचालक जेनिथ शाहले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *