Skip to main content

Bhajani Today

वित्तिय साक्षरता तालिम सम्पन्न, महिलालाई सीप तथा साक्षरता अभिवृद्धिमा जोड

भजनी २२ चैत/साना किसान कृषि सहकारी संस्था भजनी, कैलालीको आयोजनामा वित्तिय साक्षरता तालिम सम्पन्न भएको छ। “साना किसानको समृद्धि, कृषिको रुपान्तरण र उद्यमशीलताको विकास” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालिम साना किसानको सभा हलमा सम्पन्न भएको हो।तालिममा मीना पराजुली र कौशल्या कुमारी साउदले प्रशिक्षकको भूमिका निर्वाह गर्दै वित्तिय साक्षरता, नेतृत्व विकास, समूह व्यवस्थापन तथा आयआर्जनसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सभाध्यक्ष बसन्ती चौधरी रहनु भएको उक्त तालिममा विभिन्न समूहमा आबद्ध महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उक्त कार्यक्रमको आयोजनाः साना किसान कृषि सहकारी संस्था लि., भजनी, कैलालीले गरेको हो भने आर्थिक सहयोगः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., फाँट कार्यालय अत्तरियाबाट प्राप्त भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *