Skip to main content

Bhajani Today

भजनीमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरु

भजनी २२ चैत /कैलालीको भजनीमा “जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तिकरण (ECOLAB)” कार्यक्रम अन्तर्गत आधारभूत प्राथमिक उपचार तालिम चार दिने सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी, ब्रिटिस रेडक्रस तथा JOA को सहयोगमा उक्त तालिम कार्यक्रमको सञ्चालन ECOLAB परियोजनाका सामाजिक परिचालक जेनिथ शाहले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे जानकारी ECOLAB कार्यक्रमका संयोजक लौटन चौधरीले दिनुभएको थियो। उहाँले समुदायस्तरमा आकस्मिक अवस्थामा प्राथमिक उपचारको ज्ञान आवश्यक रहेको र यस तालिमले स्थानीय समुदायलाई विपद् तथा दुर्घटनाका बेला तत्काल सहयोग गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

चार दिने तालिममा सहभागीहरुलाई दुर्घटना, चोटपटक, रक्तस्राव, सर्पदंश र बेहोस अवस्था लगायत विभिन्न आकस्मिक परिस्थितिमा गरिने प्राथमिक उपचार सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।तालिममा प्रशिक्षकको रुपमा रङ्गा प्रसाद तिमिल्सेना, मोती प्रसाद उपाध्याय, रतन टमट्टा तथा कल्पना पाठकले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत प्राथमिक उपचारका विधिहरू सिकाउनुका साथै समुदायमा सचेतना फैलाउन समेत आग्रह गर्नुभएको थियो।

कार्यक्रममा नगर प्रमुख केवल चौधरी र वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरीले तालिम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिँदै यसले विपद् तथा आकस्मिक अवस्थाको सामना गर्न आत्मविश्वास बढाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *