साझा अक्षर

समाचार

तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम सुरु

तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम सुरु

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ECOLAB परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का च्याम्पियन, CDCC, भलमन्सा, चिराकी,स्वयम्‌सेवीका, वन उपभोक्ता समिति र ने.रे.सो उपशाखा भजनीका प्रतिनिधी,लगाएतका सहभागीहरूलाई लक्षित गरी तीन दिने बहु–प्रकोपीय पूर्वसूचना सम्बन्धी तालिम आजबाट भजनीमा सुरु भएको छ।तालिमको उद्घघाटन सत्रको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निर्वतमान सभापति बासुदेव बिनाडीले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, विशिष्ठ अतिथि भजनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरी, अतिथी राम नारायण चौधरी रहनुभएको थियो। सो तालिममा भजनी नगरपालिकाका DRR फोकल पर्सन विष्णुराज न्यौपाने, टिकापुर नगरपालिकाका DRR फोकल पर्सन निर्मला…
Read More
लक्ष्मीनारायणले कमायो साढे ९० लाख बढी

लक्ष्मीनारायणले कमायो साढे ९० लाख बढी

भजनी | टीकापुर नगरपालिका–६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था आर्थिक वर्ष २०८१र८२ मा ९० लाख ५३ हजार रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। सहकारीको १७ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी १ करोड ३० लाख रुपैयाँ पुगेको छ। हाल सहकारीमा १,३९३ जना शेयर सदस्य छन्।प्रतिवेदनमा सहकारीले ११ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटी परिचालन गरेको र १३ करोड ८३ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको उल्लेख छ। नगर प्रमुख रामलाल डगौरा थारूले सहकारीले सामाजिक तथा कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएका भन्दै प्रशंसा गरे। उनले अधुरो भवन निर्माण कार्य नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता पनि…
Read More
महुन्यालको अध्यक्षमा सुरेन्द्र जैशी

महुन्यालको अध्यक्षमा सुरेन्द्र जैशी

भजनी १९ मंसिर/भजनी स्थित महुन्याल माद्यामिक बिद्यालयले झण्डै दुई वर्ष पछि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । लामो समयको विवादका कारण दुई वर्षदेखि अध्यक्ष चयन हुन नसके पनि शुक्रबार सहमतिका आधारमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जैशीलाई चयन गरिएको बताइएको छ । शुक्रबार सहमतिका आधारमा बिधालय व्यवस्थापन समितिको अध्यक्षमा जैशीलाई जिम्मेवारी दिने सहमति भएपछि जैशी अध्यक्ष चयन भएको बिद्यालयका प्रधानाध्यापक बिद्याप्रसाद भट्टले जानकारी दिएका छन् । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सहमति हुन नसक्दा भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
Read More
प्याब्सन) भजनीको पालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता २०८२ सुरु

प्याब्सन) भजनीको पालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता २०८२ सुरु

के. आर. पाण्डेय ,मंसिर १७ /निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भजनी नगर कार्य समितिको आयोजनामा आयोजित "प्याब्सन फेस्टिवल-२०८२" (पालिका स्तरीय अन्तर विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता) को एक कार्यक्रमका बीचमा उद्घाटन भएको छ ।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भजनी नगरपालिकाको आयोजनामा भएको हो। उद्घाटन कार्यक्रममा प्याब्सन भजनी पालिकाका अध्यक्ष खडक बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगर उप प्रमुख राजु तिरुवा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पुर्ब प्याब्सन केन्द्रिय सदस्य तथा जिल्ला सल्लाकर सदस्य राम प्रसाद शर्मा बिशिष्ट अतिथि, प्याब्सन कैलाली जिल्ला कमिटी उपाध्यक्ष राज बुढा,प्याब्सन कैलाली जिल्ला बरिष्ठ उपाध्यक्ष डिल्ली राज देबकोटा , प्याब्सन महाधिवेशन…
Read More
किसानका दु:खका अगाडि जनप्रतिनिधि निरीह

किसानका दु:खका अगाडि जनप्रतिनिधि निरीह

भजनी १७ मंसिर/जनताका हरेक समस्या समाधान गर्दै आफ्नो क्षेत्र समृद्ध बनाउने अठोट लिएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका ती समस्याका अगाडि निरीह बन्दै आएका छन् । निर्वाचनको समयमा जनमत आफ्नो अनुकूल बनाउन हुँदा नहुँदा एजेण्डा बनाएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका दु:खका अगाडि निरीह बनेका हुन । खासगरी कृषि प्रधान देशमा कृषि क्षेत्रलाई अब्बल बनाउने अठोट निर्वाचनमा सबै उम्मेदवारको हुन्छ । तर निर्वाचित भैसकेपछी आफ्नो स्वार्थमा केन्द्रित हुने जनप्रतिनिधि जनताको सेवक कहिल्यै बन्न सकेका छैनन् । अहिले त्यहीँ किसानहरूमा त्यहीँ समस्या बल्झिँदै गएको छ । किसानहरु एक बोरा मलका लागि रातभर यो चिसोमा खुला आकाश मुनि रात बिताउन बाध्य छन् । जनप्रतिनिधि…
Read More
ग्रामीण कृषि सहकारीबाट बल वितरण सुरु

ग्रामीण कृषि सहकारीबाट बल वितरण सुरु

भजनी १३ मंसिर/भजनी नगरपालिका वडा नं.७ मा रहेकाे ग्रामिण कृषि विकास सहकारी सँस्थाले रासायनिक मल वितरणको काम सुरु गरेको छ । किसानहरुकाे सहजताका लागि भन्दै सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै रासायनिक मल वितरणको काम सुरु गरेको हो । सहकारीले मलखाद बिक्रीवितरण सुरु गरेपछि किसानहरु खुशी भएका छन् । मलको चरम अभाव भैरहेको समयमा सहकारीले स्थानीय सरकारसँग समन्वय गरेर मलखाद उपलब्ध गराउनेमा किसानहरूले आशाबादी छन् । ग्रामीण सहकारी संस्थाका अध्यक्ष रवि कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष जयबहादुर बुढाले लामो समयको प्रयासपछि किसानहरुको मागलाई सम्बोधन गर्न सफल भइएको बताएका छन् । उनले मलका लागि किसानहरुलाई भौतारिनुपर्ने अवस्था…
Read More
तीनजनाको अभिभावकत्व दुई बिद्यालयका सञ्चालकले लिए

तीनजनाको अभिभावकत्व दुई बिद्यालयका सञ्चालकले लिए

पदमराज जैशी, भजनी १० मंसिर /भजनी नगरपालिका वडा नं. ४ का स्वर्गीय टीकाराम जैशीका तीनजना छोराछोरीको अभिभावकत्व दुईवटा बिद्यालय सञ्चालकले लिने घोषणा गरेका छन् । केही दिन पहिले ज्यान गुमाएका जैशीको पारिवारिक आर्थिक स्थिति निकै कम्जोर भएका कारण साना बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न भजनी बजारमा संस्थागत बिद्यालय सञ्चालन गर्दै आएका दुई बिद्यालय सञ्चालकले शिक्षाको सम्पुर्ण जिम्मेवारी लिने गरी अभिभावकत्व लिने घोषणा गरेका हुन । जसमा भजनी बजारमा संस्थागत बिधालय सञ्चालन गर्दै आएका डिल्ली राज देवकोटाले उनका दुई छोराको कक्षा १० सम्मको पढाईको सम्पुर्ण जिम्मेवारी लिने घोषणा गरेका छन् । उनले पढाईका लागि लाग्ने कक्षा १० सम्मको सबै खर्च…
Read More
सत्ति भन्सारको चार महिनाको राजस्व असुली लक्ष्यभन्दा १करोड भन्दा कम

सत्ति भन्सारको चार महिनाको राजस्व असुली लक्ष्यभन्दा १करोड भन्दा कम

भजनी— सत्ति भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चार महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व असुली गर्न नसकेको छ। भन्सार विभागले कार्तिक मसान्तसम्मका लागि तोकेको ५ करोड ३२ लाख ७१ हजार रुपैयाँ मध्ये कार्यालयले ४ करोड ३२ लाख ६५ हजार ५८५ रुपैयाँ मात्र संकलन गरेको कार्यालयका निमित्त प्रमुख पदम भट्टले जानकारी दिए।यो रकम लक्ष्यको ८१ प्रतिशत मात्र हो, जसमा करिब १ करोड रुपैयाँको कमी देखिन्छ।महिनागत राजस्व संकलन यस्तो देखिन्छःसाउन: ६३ लाख ३७ हजार १३२ (लक्ष्यको ४९.१७%)भदौ: ९० लाख ७० हजार १२४ (लक्ष्यको ६७.४३%)असोज: १ करोड ६८ लाख १७६ (लक्ष्यको १२७.७१%) — एक मात्र महिनामा लक्ष्यभन्दा बढी कार्तिक: १ करोड १९ लाख ८२…
Read More
परियोजना परिचयात्मक कार्यक्रम भजनीमा सम्पन्न

परियोजना परिचयात्मक कार्यक्रम भजनीमा सम्पन्न

भजनी, २०८२ मंसिर१ भजनीमा दिगो विकास समाज (DBS) भजनी, बाल कल्याण संघ टीकापुर (WACT), यार्ड–धनगढी तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा तथा भजनी नगरपालिकाको समन्वयमा एक दिवसिय बाल समृद्वि र एकिकृत विकासका लागि हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य परियोजनाका उद्देश्य, लक्ष्य, गतिविधि, कार्यान्वयन प्रक्रिया तथा समुदाय–स्थानीय तहसँगको सहकार्यका पक्षबारे विस्तृत जानकारी गरिएको थियो। कार्यक्रममा भजनी नगरपालिकाका कार्य बाहक नगर प्रमुख विक्रम चौधरी,प्रमुख प्रशासकिय अधिकृत हरि लाल जैशी, वडा अध्यक्ष दुर्गा पुन,केशव बुढा, संजय कुमार चौधरी, अमर कठरिया तथा जनता राम चौधरी र विषयगत शाखा प्रमुख , सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाबाट समुदायमा…
Read More
टीकापुरमा अटो तथा माेटरसाइकल पार्टसकाेे पसल उद्घाटन

टीकापुरमा अटो तथा माेटरसाइकल पार्टसकाेे पसल उद्घाटन

टिकापुर ,कार्तिक २५/ कैलालीको टिकापुर नगरपालिका –१ टिकापुर बजारमा अटो तथा माेटर साइकलका पार्टसकाे पसल सञ्चालनमा आएको छ । उद्योग वाणिज्य संघ टिकापुरका कार्यसमिति सदस्य सर्पराज साउँदले टिकापुर खड्ग चाेक बसपार्क स्थित न्यु एस. के. सप्लायर्स पसलको मंगलबार उद्घाटन गरेका हुन् । पसल उद्घाटन गर्दै सदस्य साउँदले व्यापार, व्यवसाय यस क्षेत्रमा लगानि हुनु सराहनीय भएको बताए । आर्थिक मन्दीका कारण, व्यापार बन्द भएको र जर्जर आर्थिक अवस्थामा पनि व्यापार सञ्चालनकाे हिसाबले सकारात्मक भएको उनलेे बताएका थिए । अटो तथा माेटर साइकलका जेन्युन पार्टसका लागि अन्तकतै जानू नपर्ने र उचित मुल्यमा प्रदान गरिने सप्लायर्सका संचालक सुरेश खड्काले जानकारी दिए । हाेलसेल…
Read More
नगदसहित ७ जना जुवाडे पक्राउ

नगदसहित ७ जना जुवाडे पक्राउ

भजनी, कार्तिक १५/कैलालीको पर्यटकीय क्षेत्र पितमारीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित ग्रिन सिटी होटलबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका वडा नं. १ का होटल सञ्चालक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित सात जना पक्राउ परेका हुन् । उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक शाहीसहित ७ जना पक्राउ परेका हुन् । शाहीसहित सातै जनालाई नगद १ लाख ७७ हजार १ शय पैंतालीस र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ ।
Read More
कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

कैलालीमा दुई दशकदेखि वन जोगाइरहेका खुमबहादुर

 ईन्द्रा केसी २०८२ कार्तिक ९/  कैलाली। कैलाली मुलुकभरि सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामध्ये एक हो । धेरै वन क्षेत्रमध्ये यहाँको भजनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक वन ४४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुन्दर हरियाली, ताल तलैयासँगै स्वच्छ वातावरण रहेको वनले हरेकको मन तान्छ । यहाँ पिकनीक खान, बोटमा चढ्न र प्रकृतिसँगै रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यही हरियालीबीचमा एउटा अनुहार छ, जसले वन संरक्षणमा दुई दशकभन्दा बढी समय विताएका छन् । राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले दुई दशकभन्दा बढी समय वनको संरक्षण, वनजन्य स्रोतको दिगो व्यवस्थापन र समुदायमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्…
Read More
नुहाउने क्रममा नहरमा डुवेर जुम्ल्याहा दिदीबहिनी सहित ३ जनाको मृत्यु

नुहाउने क्रममा नहरमा डुवेर जुम्ल्याहा दिदीबहिनी सहित ३ जनाको मृत्यु

भजनी, ७ कार्तिक/कैलालीको जानकी गाउँपालिका वडा नं.-५ गुजरुवास्थित सातविघा नजिकै कुलरिया नहरमा नुहाउने क्रममा शुक्रवार विहान डुवेर जुम्ल्याहा दिदीवहिनी सहित ३ बालिकाको ज्यान गएको छ । मृतकका आफन्तले दिएको जानकारी अनुसार डुवेर ज्यान गुमाउनेहरुमा टीकापुर नगरपालिका वडा नं.-१ ब्लक नं.-१५ का जुम्ल्यहा दिदीबहिनी निशा वजगाई, मानुषी बजगाईं र जानकी गाउँपालिका वडा नं.-५ गुजरुवाकी सुलोचना तिमिल्सैना रहेका छन् । मृतक निशा र मानुषी जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा-५ मा सुलोचना तिमिल्सैना सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा-४ मा अध्ययनरत थिए । निशा र मानुषीको आफन्त कहाँ गएका बेला नुहाउने क्रममा डुवेर ज्यान गएको हो । मृतकहरुको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ…
Read More
धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई अनुरोध

धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई अनुरोध

भजनी/जिल्ला प्रशासन कार्यालय कैलालीले धानको समर्थन मूल्य कार्यान्वयन गराउन कैलालीका स्थानीय तहलाई विशेष अनुरोध गरेको छ। प्रशासनले शुक्रवार एक सूचना जारी गर्दै नेपाल सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न अनुरोध गरेको हो। ‘जिल्लामा स्थानीय रैथाने बाली प्रवद्र्धन तथा संरक्षण गर्न र स्थानीय कृषकहरूलाई सहयोग समेत पुर्याउने  उद्देश्य सरकार मन्त्रिपरिषद्को मिति २०८२ साउन २६ गतेको निर्णय अनुसार धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हुँदा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी, तथा सम्बन्धित सरोकारवाला एवं धान चामलका उद्योगी व्यापारीहरूमा आवश्यक सहयोग र जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल सरकारको उक्त निर्णयलाई आ–आफ्नो क्षेत्रभित्र कार्यान्वयन…
Read More
कैलालीमा घाँटी रेटेर युवकको हत्या

कैलालीमा घाँटी रेटेर युवकको हत्या

भजनी/आपसी विवादमा एक युवकको वीभत्स हत्या गरिएको छ । घोडाघोडी –८ मा गएराति खाजा खाने क्रममा भएको विवादका क्रममा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको बताए । उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।प्रहरीका अनुुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा…
Read More