Skip to main content

Bhajani Today

भजनीमा चाउमिन तथा बेकरी उद्योग सञ्चालन सम्बन्धी तालिम सम्पन्न

भजनी, कैलाली । भजनी नगरपालिकाको आयोजना तथा खप्तड तालिम तथा रोजगार मल्टिपर्पोज प्रा.लि., साँफेबगर–२, अछामको सहकार्यमा महिला विकास समूह समिति सदस्यहरूका लागि बेकरी उद्योग सञ्चालन सम्बन्धी तालिम तथा चाउमिन उद्योग सञ्चालन सम्बन्धी प्रविधि हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागी महिलाहरूलाई बेकरी तथा चाउमिन उत्पादनका आवश्यक सैद्धान्तिक र व्यावहारिक सीप प्रदान गरिएको थियो। तालिममार्फत सहभागीहरूलाई स्वरोजगार तथा साना उद्यम सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ।

कार्यक्रममा नगर उपप्रमुख राजु तिरूवाले महिलाहरूले सीप सिकेर आयआर्जनमूलक कार्यमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले सीप विकाससँगै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

भजनी नगरपालिकाले महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय उद्यम विकासलाई प्राथमिकतामा राख्दै यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *