साझा अक्षर

समाचार

शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न

शिखर काफली सेवा समाज नेपालको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न

भजनी ५ जेठ /साधारण सभाको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका ले गर्नुभएको थियो । दोश्रो साधारण सभाले समाजसेवी छत्र बहादुर महराको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर जोरा,सचिवमा राजेन्द्र रैका,सहसचिवमा नवराज ओझा र कोषाध्यक्षामा सरस्वती खड्का साउँद रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशःश्यामराज जोशी,जयराज ओझा,पदम वहादुर जोरा,चेतराज फूलारा,दिल वहादुर महरा र राजेश महरा निर्वाचित हुनुभएको छ । साधरणसभाले शिखर काफली समाज नेपालका निवर्तमान अध्यक्ष विष्णु बहादुर महरा को संयोजकत्वमा १५ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ । समितीको सदस्यहरुमा क्रमशःपुष्पराज जोशी,मदन…
Read More
उच्च रक्तचाप सम्बन्धि अन्तरकृया

उच्च रक्तचाप सम्बन्धि अन्तरकृया

कैलालीको धनगढीमा रहेकाे शैलेश्वरि फार्वेष्ट स्कुलका स्वास्थ्य मेडिकल HA thaed year भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा ओजेटी गर्दै आएका विद्यार्थीहरुले १ दिने उच्च रक्तचाप सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।हाल बर्तमान अवस्था धेरैभन्दा धेरै मानिसहरूमा उक्त रक्तचापकाे समस्यामा छन् र यसबाट बच्न के कस्ता उपाय र विधिहरु राेकथाम उपचार विधिकाे विषयवस्तुमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।भजनी वडा नं१ का नागरीक हरुलाई परामर्श गरिएको थियो। उक्त कार्यक्रम शैलेश्वरि फार्वेष्ट स्कुलका विद्यार्थीहरुले समाजमा सचेतना जगाउन घरघरमा गई परामर्श गरेर एक दिने उच्च रक्तचाप सम्बन्धि सचेतन जगाउने कार्य रहेको माधव कुँवरले बताए। समाजमा मान्छेकाे साेच विकासमा सचेतना नभएकाले यस राेगकाे उच्च जाेखीममा रहेकाे…
Read More
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दोलित

सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दोलित

धनगढी, बैशाख २८/सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै प्रदेशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन । यसअघि पनि उनीहरुले सोही ऐन विधायन तथा प्रदेश मामिला समितिले पठाएको प्रतिवेदनअनुसार हुबहु पास गर्नुपर्ने भन्दै दुई सातासम्म आन्दोलन गरेका थिए । माग पूरा नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालले जानकारी दिए । आन्दोलनका कार्यक्रमअन्तर्गत स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिन सुरु गरिएको छ । संघर्ष समितिका उपसंयोजक समेत रहेका नेपाल निजामती कर्मचारी युनियनका प्रदेश प्रतिनिधि गम्भीर साउदले अन्य छ…
Read More
कैलालीबाट करिब १८ लाख अवैध रकम सहित दुई पक्राउ 

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित दुई पक्राउ 

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.१ ब्लक नंबर १४ बस्ने अर्मन चौधरी रहेका छन । चौधरीको साथबाट ५,३१,४००।- रुपैयाँ (पाँच लाख एकतिस हजार चार सय रुपैयाँ ) बरामद गरिएको छ । प्रहरीका अनुसार “अर्मन चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स नामक पसलमा श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाई छिपाई गरी राखिएको छ ” भन्ने विशेष सुचनाको आधारमा चौधरीलाई पसलको अघि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । चौधरीलाई आवश्‍यक कारवाहीको लागी राजश्‍व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।यस्तै,कैलाली कै भजनी नगरपालिका–५ गुलरीयाघाटबाट भारतको लखिमपुर…
Read More
माओवादी अभियान कैलालीमाः प्रचण्डद्वारा सहिद तथा अल्पसंख्यक समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण

माओवादी अभियान कैलालीमाः प्रचण्डद्वारा सहिद तथा अल्पसंख्यक समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण

भजनीमा /नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रीत अभियान कैलाली पुगेको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले खबरदारी सभासँगै सहिद र बेपत्ता परिवार, घाइते योद्धासँगै स्थानीयसँग अन्तरक्रिया गरिरहनु भएको छ । अभियानको क्रममा भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत विन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको हो। उहाँले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै बिन्दु राजी र अनिशा…
Read More
जग्गा ठेक्काको खुल्ला टेण्डर आहृवान सम्बन्धी सूचना

जग्गा ठेक्काको खुल्ला टेण्डर आहृवान सम्बन्धी सूचना

श्री कृष्ण ध्वज चन्द मा. विद्यालय भजनी - ८ गोडचौरा, (खैरा ),कैलालीको जग्गा ठेक्काको खुल्ला टेण्डर आहृवान सम्बन्धी सूचना        (पहिलो पटक प्रकाशित) विज्ञापन
Read More
कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं ८ खैरामा कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र धनगढी कैलालीको ५०% अनुदानमा नवदुर्गा कृषक समुहमा ५० %अनुदान मा १९किसान लाई विभिन्न कृषि यन्त्र वितरण गरिएको थियो। चैते धान प्रवर्द्धान कार्यक्रम अन्तर्गत नवदुर्गा कृषक समुहका अध्यक्ष धीरज कुमार विकको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले हाम्रै पालिकामा यति धेरै ठूलो कार्यक्रम कृषि ज्ञान केन्द्र बाट अनुदान पाएकोमा हामी खुशी छौ र यो कार्यक्रम को पूरा अवधि भर सञ्चालन भएको होस ,आउँदो वर्ष यस्तै कार्यक्रम फेरि हेर्न पाउ कार्यक्रम…
Read More
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय कानुनको मस्यौदामा छलफल

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय कानुनको मस्यौदामा छलफल

भजनी११ वैशाख/भजनी नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय कानुनको मस्यौदामा छलफल भएको छ । बिहीबार महिला कानुन विकास मञ्च काठमाडौको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग र भजनी नगरपालिकाको आयोजनामा भजनी नगरपालिकाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी स्थानिय कानुनको मस्यौदामा छलफल सम्पन्न भएको छ। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले संविधानमा उल्लेखित महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्नको निम्ति स्थानीय तहलाई आवश्यक पर्ने कानुन निर्माणको कार्यान्वयन गर्ने विषयमा छलफल गरिने बताउनु भयो। भजनी नगरपालिका नगर उपप्रमुख राजु तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केवल चौधरी, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, प्रसाशन भजनी नगरपालिका…
Read More
भजनी – ७मा निःशुल्क योग शिविर सञ्चालन

भजनी – ७मा निःशुल्क योग शिविर सञ्चालन

भजनी नगरपालिका वडा नं ७ को समन्वय तथा आयुर्वेद औषधालय लालबोझिको आयोजनामा आज देखि ५ दिने निःशुल्क योग शिविरको उद्घाटन नगर प्रमुख केवल चौधरीले गर्नु भएको थियो।वडाअध्यक्ष अमर बहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रममा पतञ्जली योग समिति भजनीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक टंक प्रसाद जोशी रहनु भएको थियो। कार्यक्रम सन्चालन आयुर्वेद औषधालयका प्रमुख प्रमोद प्रसाद शाहले गर्नुभएको थियो।
Read More
भजनी नगरपालिका, कैलालीको आर्थिक विकास: चुनौती र सम्भावनाका बहुआयाम

भजनी नगरपालिका, कैलालीको आर्थिक विकास: चुनौती र सम्भावनाका बहुआयाम

✍️ बिष्णु राज न्यौपाने अधिकृत छैठौं , भजनी नगरपालिका भजनी नगरपालिका नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ। यसको पूर्वमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, पश्चिममा कैलारी गाउँपालिका, उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिका र दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको तिकुनिया बेलरायाँ पर्दछ। यो नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् र १७६.२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ।यस नगरपालिकामा १०,८४५ घरधुरी र जनसंख्या ५३,४९४ (महिलाः २७,८८३, पुरूषः २५,६११) रहेको छ (राष्ट्रिय जनगणना, २०७८)। भजनी नगरपालिका ८० डिग्री ९६ मिनेट ८१ सेकेण्ड पूर्वी देशान्तर र २८ डिग्री ४९ मिनेट ३५ सेकेण्ड उत्तरी अक्षांशमा फैलिएको छ।यहाँ प्रमुख रूपमा थारु, बाहुन, क्षेत्री, मुस्लिम लगायतका…
Read More
बैदीमा बहुउदेश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवनको उद्घाटन

बैदीमा बहुउदेश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवनको उद्घाटन

भजनी, बैशाख ८ टीकापुर नगरपालिका वडा नम्बर ७ बैदीमा बहुउदेश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण भएको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर दातृ निकायको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । तस्बिर : भोज राज ढुंगाना भवन निर्माणमा परराष्ट्र मन्त्रालय जापान र वल्र्ड भिजन जापानले आर्थिक सहयोग गरेका छन । २०८१ जेठ महिनाबाट निर्माण सुरु भएको भवनमा १ करोड २० लाख ५९ हजार १२६ रुपैयाँ खर्च भएको बताईएको छ ।सो भवन वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाजको साझेदारीमा सञ्चालित समुदायमा आधारित विपद जोखिम न्यूनिकरण परियोजना अन्र्तगत निर्माण भएको हो । वल्र्ड भिजन नेपालका फिल्ड…
Read More
भजनी नगरपालिकामा संचालित पोषण परियोजनाका गतिविधि अनुगमन 

भजनी नगरपालिकामा संचालित पोषण परियोजनाका गतिविधि अनुगमन 

कैलालीको भजनीमा पालिका स्तरीय पोषण परियोजना सल्लाहकार समितिद्वारा पोषण परियोजनाका गतिविधि अनुगमन सम्पन्न भएको छ। CARE Nepal, iDE र MAP International को आर्थिक सहयोग र याक नेपालको (परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल) द्वारा संचालित पोषण परियोजना तथा भजनी नगरपालिकाको समन्वयमा भजनी नगरपालिकामा आमा र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले संचालन भएको पोषण परियोजनाको अनुगमन गरिएको हो। शुक्रबार भजनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र परियोजनाको संयुक्त टोलीले नगरपालिकाका विभिन्न वडामा संचालनमा रहेका स्वास्थ्य आमा समूहको अनुगमन गरेको थियो। अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ५ र ७ मा संचालनमा रहेको सामुदायिक सिकाई केन्द्र लालबोझी र चमेली स्वास्थ्य आमा समूह, वडा नम्बर ७…
Read More
भजनी -८ मा निःशुल्क योग शिविर सञ्चालन

भजनी -८ मा निःशुल्क योग शिविर सञ्चालन

कैलालीको भजनीमा आजदेखि ५ दिने निःशुल्क योग शिविर सञ्चालन भएको छ । भजनी नगरपालिका लालाबोझि आयुर्वेद औषधालय भजनी ७ चर्राले आयोजना गरेको निःशुल्क योग शिविर सञ्चालन भएको हो । भजनी नगरपालिका–८ वडामा आयोजित निःशुल्क योग शिविरको एक कार्यक्रमका बीच नगर प्रमुख केवल चौधरीले उद्घाटन गरे । सो अवसरमा प्रमुख चौधरीले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा औषधालयले योग शिविर आयोजना गरेको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । कार्यक्रममा वडा अध्यक्ष पंकज चौधरी र योग साधन केन्द्र भजनीका अध्यक्ष टंक प्रसाद जोशी लगाएतले शरीर स्वस्थ बनाउन योगको…
Read More
दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म : खेमराज बुढाको प्रेरणादायक यात्रा

दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म : खेमराज बुढाको प्रेरणादायक यात्रा

भजनी,३०चैत वि.सं. २०३६ सालमा सुदूरपश्चिम नेपालको अति दुर्गम अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ३, ठाँटि दर्बामा जन्मिएका खेमराज बुढा हाल भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। उनी सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा सन्तान हुन्। हाल उनी भजनी नगरपालिका वडा नं. २, कटानपुरलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्। खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालतिर पढाइ बीचमै छोड्नु पर्‍यो। १९ वर्षको उमेरमै रोजगारको खोजीमा भारत हानिएका खेमराजको संघर्षमय यात्राको सुरुवात त्यहीँबाट भयो। भारत पुगेपछि उनले अनेकौं कठिनाइको सामना गर्दै जीवनको बाटो पहिल्याउँदै गए। वि.सं. २०५९ सालमा हरियाणाको…
Read More
शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने न्यौपानेको घोषणा

शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने न्यौपानेको घोषणा

भजनी २९ चैत / भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेले विगतका वर्षहरूको तुलनामा यसवर्ष शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने बताएका छन् । नगरपालिकाको विगतको नतिजाको आधारलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले यसवर्ष कक्षा ८ र कक्षा १० अर्थात एसईईको नतिजामा गतवर्षको भन्दा सुधार नभए नेपाल सरकारको ३५ वर्षे सेवाबाट राजिनामा दिने बताएका हुन । उनले भनेका छन्, “म भजनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर मिति २०८१ बैशाख १० गतेबाट आफ्नो पदीय कर्तव्य सुरु गरेर हालसम्म यसै नगरपालिकामा कार्यरत छु । गत वर्षको अत्यन्त दयनीय शैक्षिक अवस्था देखेर अन्य क्षेत्रमा भन्दा शैक्षिक क्षेत्रमा अझ बढी विकास गर्नुपर्छ…
Read More