साझा अक्षर

सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

भजनी ०६ चैत /भजनी नगरपालिका वडा नं. १ स्थित महुन्याल माद्यामिक बिधालय भजनीले कार्तिक महिना भित्र सम्पन्न गरिसक्नुपर्ने सामाजिक परिक्षण कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको बिधालयको सामाजिक परिक्षण कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बिधालयसँग प्रयाप्त स्रोतसाधन हुँदाहुँदै पनि शैक्षिक गुणस्तरमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । “एक कठ्ठामा सिमित संस्थागत बिधालय र ६०/६५ बिघामा फैलिएको सामुदायिक बिधालयलाई शैक्षिक गुणस्तरलाई लिएर तुलना गर्दा त्यो एक कठ्ठामा फैलिएको संस्थागत बिधालय बलियो छ ।” उनले भने, “अब सामुदायिक बिधालय पनि शैक्षिक गुणस्तरमा बलियो हुनुपर्छ ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी, प्रधानाध्यापक बिद्या प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । बिधालयले आर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ४१ लाख १६ हजार तीन सय ३३ रुपैयाँ २७ पैसाको आयव्यय प्रस्तुत गरेको छ । जसमा तीन करोड ३६ लाख ६७ हजार एक सय एक रुपैयाँ ४३ पैसा बचत देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा भने बिधालयको बचत तीन करोड ४५ लाख तीन हजार एक सय २३ रुपैयाँ ३६ पैसा रहेको थियो । बिधालयलाई गत आर्थिक वर्षमा दुई करोड २७ लाख २१ हजार चार सय ८७ रुपैयाँ तीन पैसा विभिन्न अनुदान बापत प्राप्त भएको देखिन्छ भने ६८ लाख ९१ हजार ७ सय २२ रुपैयाँ ८८ पैसा बिधालयले आन्तरिक आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *