Skip to main content

Bhajani Today

समाचार

इंग्ल्यान्ड लगातार दोस्रो पटक  यूरो कपको फाइनलमा

इंग्ल्यान्ड लगातार दोस्रो पटक यूरो कपको फाइनलमा

  लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोलले नै पराजित गर्दै फाइनल पुगिसेको छ। दोस्रो सेमिफाइनलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो। उसका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निस्चित गरेका हुन्।   खेलको सातौं मिनेटमा नेदरल्यान्ड्सका जावी सिमोन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए। इंग्ल्यान्डका कप्तान…
Read More
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा

  उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा  कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो। पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो। त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन। कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ। कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ।​ कोलम्बियाले उपाधिका…
Read More
कचनकवल -५ का वडाध्यक्ष र छिमेकी  बीच कुटाकुट पाँचजना घाइते

कचनकवल -५ का वडाध्यक्ष र छिमेकी बीच कुटाकुट पाँचजना घाइते

  बिर्तामोड असार २६ ॥गाउँमा विवाद मिलाउने क्रममा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलम र छिमेकी रैमु मियाको परिवारबीच कुटाकुट भएको छ । दुई परिवारबीचको कुटाकुटमा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन् । कचनकवल-५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७-८ बर्षदेखि घरेलु हिंसा गर्दै आएका थिए हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा लिन आई झगडा…
Read More
एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन

एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन

  बिर्तामोड स्टडी पार्क इलाम शाखाले एसईई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि नि:शुल्क कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको शैक्षिक प्रगति र बालबालिकाको शिक्षाको क्षेत्रलाई मध्यनजर गर्दै स्टडी पार्कले कक्षा सञ्चालन गरेको निर्देशक सरोज पौडेलले जानकारी दिए । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्टडी पार्कले आफ्नो इलाममा रहेको शाखामा एसईईमा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको इलाम शाखा प्रमुख दिलिप पौडेलले बताए । बिर्तामोड स्टडी पार्कले लामो समयदेखि विद्यार्थीको पढाइको क्षेत्रमा रचनात्मक कामहरु गर्दै भाषाका प्रशिक्षणहरु गर्दै आएको छ । स्टडी पार्कले विदेश पढ्न जान चाहाने विद्यार्थीका लागि काउन्सिलङ  गर्ने गरेको छ । त्यस्तै केही समय अघि मात्र…
Read More
बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने

  बिर्तामोड, असार २६ ॥ बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो । नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिनुभयो ।उहाँले अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर…
Read More
ताप्लेजुङमा घर भत्किदा ६ जना  घाइते

ताप्लेजुङमा घर भत्किदा ६ जना घाइते

  ताप्लेजुङ असार २६॥ ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका २ हम्पुखोलामा खाजा खान घरभित्र बसेका बेला घर भत्किदा ६ जना खेताला घाइते भएका छन् ।  प्रेमवहादुर राईको (more…)
Read More
अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

  एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे । जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले दोस्रो गोलका ५१औं मिनेटमा गरेको थियो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए । अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र…
Read More
फ्रान्सलाई हराउदै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई हराउदै स्पेन युरो कपको फाइनलमा

  युरो कप २०२४  को  पहीलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेन  फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता  निकाल्दै  स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो। नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो। किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्‍यो। गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल। बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो। २५औं मिनेटमा स्पेनले अग्रता लियो। जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो।…
Read More
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई

  बिर्तामोड असार २५॥ कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जीतेको छ । आज भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा  १–० गोलअन्तरले भोजपुरलाई  हराउदै झापाले  उपाधिमाथि कब्जा जमाएको हो । झापाको जितमा जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् । फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् । बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् । झापाकी…
Read More
बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

  झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
Read More
धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

  विराटनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्। कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन्। उनीहरु तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ। घाइतेहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हिजो दिउँसो अर्को समूहसँग बाटो हिंड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड…
Read More
नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।
Read More
तनहुँमा   पहिरोमा पुरिएर तीन जनाको मृत्यु

तनहुँमा   पहिरोमा पुरिएर तीन जनाको मृत्यु

  तनहुँ जिल्लाको शुक्लागण्डकी ७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् । अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर…
Read More
नेताको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन

नेताको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन

  भद्रपुर असार २३ ॥ बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै युवाहरूले झापाबाट निर्वाचित भएका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन गरेका छन् । झापाको सदरमुकाम जोड्ने मुख्य सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा शनिबार मात्रै धान रोपेर विरोध जनाएका युवाहरूले आज यस क्षेत्रबाटै निर्वाचित भएका नेताहरुको फोटोमा ‘लापता’ लेखेर विरोध जनाएका हुन् । युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आज (आइतबार) दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भार हुने आश्वासन दिएका छन् । सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ । यो सडक बनाउन…
Read More
भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

  भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ । एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको…
Read More