साझा अक्षर

केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

 

काठमाडौं– नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  ।

उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।उनले प्रधानमन्त्री नियुक्त भएपछि फेसबुकमा लेखेका छन् । ‘सबैमा सम्मान । सबैलाई धन्यवाद दिएका छन।

उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा  प्रधानमन्त्रीको दाबी पेस गरेका थिए ।

उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *