साझा अक्षर

Avatar

साझा अक्षर

303 Posts
न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम कनकाईमा….

न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम कनकाईमा….

कनकाई ।२१ साउन।। झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आइतवार कार्यक्रम भएको हो । नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी वडा न ३का अध्यक्ष युवराज चौलागाईंले न्यायीकका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको…
Read More
विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट  नक्कली

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

  बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…
Read More
झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

  झापा साउन २०।। झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गै‌र‌आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । ने‌पालीहरुले‌ अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नुपनेर्‌ नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना ने‌पालीहरुले‌ ने‌पाली नागरि‌कता परि‌त्याग गर‌े‌को‌ जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकार‌ी समे‌त र‌हनुभएका सहायक प्रमुख जिल्ला अधिकार‌ी ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ बै‌वाहिक अंगिकृतका आधार‌मा गर‌ी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहयक प्रजिअ विश्वर‌ाज ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झण्डै‌ नयाँ नागरि‌कता बनाउने‌कै‌ हार‌ाहार‌ीमा र‌हे‌को‌…
Read More
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

  ताप्लेजुङ साउन २०।। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
Read More
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा

बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा

  भोजपुर साउन२०।। बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए । यस वर्ष आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ । यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी…
Read More
पूर्वी पहाडी जिल्लाहरुबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च

पूर्वी पहाडी जिल्लाहरुबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च

  बिर्तामोड साउन २०।।  झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ । इलाम र पाँचथर को सीमावर्ती  बजारहरु बाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ । प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दा माथि देखिएमा उपयोग गर्न सकिदैन । आज विहान प्रयोगशालाले कोल्बुङको गोलभेडा, इनरुवाको करेला, शान्तिनगरको बोडी, फिक्कलको हरियो खोर्सानी र इलामको…
Read More
दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गाना, जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेलले जिते

दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गाना, जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेलले जिते

  दमक साउन१९ ।। झापाको दमकमा शुक्रबार आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गानाले उचालेका छन् । जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेल साथै प्रि-जुनियरतर्फ प्राची सुनुवार र किशोर काफ्ले विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनिरतर्फ फर्स्ट रनरअपमा आरुषी ढुङ्गेल, सेकेन्ड रनरअपको उपाधि दिप्ती अधिकारी र नन्दनी उराव प्राप्त गरेका छन् । जुनियरतर्फ फर्स्ट रनरअपमा प्रिन्सेसतर्फ निसाम चेम्जोङ र प्रिन्सतर्फ सार्थक सुनाम विजयी बनेका छन् । त्यस्तै सेकेन्ड रनरअपमा सितोस्ना कार्की र मियाशा ओझाले प्रिन्सेसतर्फको उपाधि जितेका छन् भने प्रिन्सतर्फ एक्सन भण्डारी विजयी बनेका छन् । प्रि-जुनियरमा…
Read More
मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितीन

मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितीन

  काठमाडौँ , यस वर्षको मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल वर्ल्ड –२०२४ घोषित भइन्। उनलाई २०२३ की मिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले उपाधि जितेकी हुन्।
Read More
वीरता जेसिजद्वारा विद्यालयका सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान

वीरता जेसिजद्वारा विद्यालयका सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान

  बिर्तामोड साउन १९ ।। वीरता जेसीजले बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक संस्थागत तथा मन्टेश्वरीमा कार्यरत सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान  गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्राविधिक सहयोग तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रायोजन गरेको कार्यक्रममा बिर्तामोड नगर प्याव्सनले संयोजन गरेको थियो । बिर्तामोड नगरपालिका शिक्षा शाखाले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका सवारी चालक तथा परिचालक गरी तीन सय भन्दा धेरैको सहभागीता रहेको थियो । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । वीरता जेसीजका कोषाध्यक्ष टिकाराम खतिवडाले संयोजन गरेको कार्यक्रममा स्वागत…
Read More
काभा महिला भलिबल,भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत

काभा महिला भलिबल,भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत

 काठमाडौंमा जारी काभा महिला भलिबलमा लिगमा नेपाली महिला टोलीले  ऐतिहासिक जित हासिल गरेको छ।  भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ ।  नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो…
Read More
आफैँले चलाएको गोली लागेर सैनिक जवानको मृत्यु

आफैँले चलाएको गोली लागेर सैनिक जवानको मृत्यु

  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ’, उनले…
Read More
झापामा दुई महिनामा  एक करोड ८० लाख मूल्यको  सुपारीका बिरुवा बिक्री

झापामा दुई महिनामा एक करोड ८० लाख मूल्यको सुपारीका बिरुवा बिक्री

  झापा साउन १९।। जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछी बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए। ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ । उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए…
Read More
झापाली लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण

झापाली लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण

  बिर्तामोड साउन १९।। झापाली लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरिएको थियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन् सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले उपन्यासको प्रशंसासमेत गरिन् । उनले भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’ उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले…
Read More
विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

विश्व स्तनपान सप्ताह, शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह

  शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा  आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा  आयोजित ‘स्तनपानको महत्त्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन।   उनले भनिन, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन।’उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन। उनले भनिन, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु…
Read More
कक्षा १२ को पूरक परीक्षा भाद्र २५र२६ गते हुने

कक्षा १२ को पूरक परीक्षा भाद्र २५र२६ गते हुने

  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुई बिषय…
Read More