सिलीगुडी । नेपालको पूर्वी नाका नजिकै रहेको पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा आठ जनाको मृत्यु भएको छ । कोलकातास्थित सिल्दाह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस अर्काे मालबाहक रेलसँग ठक्कर खाएको हो । घटनामा एकजना लाेकाे पाइलटसहित आठ जनाकाे मृत्यु भएकाे छ । अरु ३० जना घाइतेहरुकाे उपचार भइरहेकाे छ । उद्दार कार्य जारी रहेकाे हुनाले मृतक र घाइतेहरुकाे संख्या बढ्न सक्ने जनाइएकाे छ । बिहान अन्दाजी ९ बजे भएको दुर्घटनामा कति यात्रु र चालकदलका सदस्यको मृत्यु भएको छ भन्ने बारेमा हालसम्म पुष्टी हुन सकेको छैन । अहिले भारतीय रेलसेवाका कर्मचारी, सुरक्षा अधिकारी…
झापा असार ३ । एक दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो। बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए। जितसँगै बंगलादेश चार खेलबाट ६…
मेचीनगर असार ।। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ। मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले पत्रकारसँग जनताले धेरै अपेक्षा गरेको बताउँदै राम्रा–नराम्रा दुवैलाई समेटेर सबै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरेका छन् । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशिक्षक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । सहभागीका तर्फबाट प्रविण अधिकारी, मनिषा गौतम, नेहाल दर्जी र प्रिया तामाङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै आगामी दिनमा…
पाँचथर। असार २।। पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन अस्पतालको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ। निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ। घट्ना स्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिनुभयो।
बिर्तामोड असार २ ।। झापाको बिर्तामोड मुक्ती चोक पूर्व मुख्य राजमार्ग छेउमै रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए । होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । शेर्पाले केही दिनअगाडि नै झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको…
चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
झापा असार २ । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानियस्तरबाट माग हुँदै आएको थियो । । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।
झापा ll असार १ l कोशी प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्री परिषदको बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो । यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरी र सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।…
झापा ।असार १ ।। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत गरेका हुन् । मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन् । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ। प्रदेशको बजेट आकार चालू आर्थिक वर्षमा भन्दा झण्डै एक अर्ब रुपैयाँले घटेको…
अन्स न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गर्दै न्यूटन्स् बाल क्लबले चौथो अधिबेशन सम्पन्न गरेको छ । पुर्न:गठित क्लबको उपाध्यक्षमा सोनाली विमली,कोषाध्यक्ष केबिसा गुरागाईं , सचिव न्युसन थापा ,सहसचिव युवराज ल्वागुन चयन भएका छन् भने सदस्यहरु पुजा ताम्लिङ , प्रज्वल थापा ,संकेत कट्टेल, सन्दिप प्रसाई, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दिपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल, सान्वी बराइली सर्वसम्मत चयन गरिएको बाल क्लबकि फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजेकेशन एकाडेमिमा रहेको बालक्लबले विविध रचनात्मक गतिविधि गर्दै आएको छ । सदस्य निशा भट्टराईले स्वागत गरेको कार्यक्रममा…
आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि…
युरोकपको १७ औं संस्करण आजदेखि सुरू हुँदैछ।युरोकपमा तीन पटकसम्म उपाधि उचालेको जर्मनी यो संस्करणको आयोजक छ। जर्मनी चार पटकसम्मको विश्वकप विजेता पनि हो। सन् २००६ मा फिफा विश्वकप आयोजना गरेयता जर्मनीले पहिलो पटक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो।६ समूहमा २४ देशहरू सहभागी प्रतियोगितामा कुल ५१ खेलहरू हुनेछन्। आयोजक जर्मनी समूह ‘ए’मा छ। उसको समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड छन्। उद्घाटन खेल आज राति पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच हुनेछ। एलियान्ज एरिनामा हुने खेल हेर्न ठूलो संख्यामा स्कटल्याण्डका समर्थकहरू म्युनिख पुग्ने क्रम जारी रहेको बिबिसीले उल्लेख गरेको छ।
झापा । ३२ जेठ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिती गठन भएको छ ।इटहरीको श्रीकृष्ण प्रणामी मंदिरको सभाहलमा भएको कायक्रममा रोम घिमिरेको सम्योजकत्वमा तदर्थ समिती गठन गरेको हो ।तर्दथ समितीमा सह संयोजक रामकुमार राई, सदस्य सचिवमा सुसिल भट्टराई,आर्थिक संयोजकमा टिका बस्नेत र सदस्यहरुमा मेघराज कर्की (मोरङ )रुद्र श्रेष्ठ (सुनसरि) मिलन दुलाल (ओखलढुङ्गा) कमलीकान्त भेट्वाल (सङ्खुवासभा) दिपेश बन (भोजपुर) रत्न प्रसाद आचार्य (खोटाङ ) मिरा गिरी (उदयपुर) उत्सब बाराल (ताप्लेजुङ) तोया भट्टराई (ईलाम ) निश्चल आचार्य (पाँचथर) भोलामान गुरुङ (सङ्खुवासभा) रबी किरण मादेन (तेह्रथुम सकुन्तोला कार्की (झापा ) गरी १७ सदस्य तदर्थ समिती गठन गरिएको छ…
ताप्लेजुङ ।जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएकाछन्। फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेठ ३१।बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए । बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै…