Skip to main content

Bhajani Today

समाचार

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

  रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको  दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत…
Read More
उर्लाबारी ५ स्थित अरनिको अस्पतालका डाक्टर कोठामा मृत भेटिए

उर्लाबारी ५ स्थित अरनिको अस्पतालका डाक्टर कोठामा मृत भेटिए

  उर्लाबारी साउन १० ।। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएका छन् । बिहीबार बिहान उनलाइ कोठामा अचेत अवस्थामा फेला पारिएको थियो । यादव अस्पताल पछाडि रहेको सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका  थिए । ३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर ८:४० बजे मा अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
Read More

विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

  काठमाडौँ  साउन ९।। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा । सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन्। त्यस्तै, शोकका लागि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरुलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल…
Read More
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु एक घाइते

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु एक घाइते

  काठमाडौं साउन ९।। नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ। ऊक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइएको पनि जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि…
Read More
खेतमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला

खेतमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला

  अर्जुनधारा  साउन ९। झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा नजिकै स्थानीयकाे धान खेतमा एक व्यक्ती मृत फेला परेका छन् । अर्जुनधारा १ को वडा कार्यालय नजिकै पहिचान खुल्न नसकेको अवस्थामा एक व्यक्ती मृत फेला परेको अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । वडा कार्यलयबाट करिब ५ सय मिटर पश्चिममा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको उनले बताए । धानमा पानी लगाउन गएका स्थानीयले उक्त शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । भर्खरै शनिश्चर प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थल पुगेका छन् ।
Read More
नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरियो

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरियो

  नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ। पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो। दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल मंगलबार समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भयो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो। नेपाली ओनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन्। २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन्। रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा…
Read More
एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

  काठमण्डौं साउन ८। सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए। मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ। निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको…
Read More
साउनमा किन माछामासु खानु हुन्न ? यस्ता छन् कारण

साउनमा किन माछामासु खानु हुन्न ? यस्ता छन् कारण

   साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो, पहेँलो चुरा र हरियो पहिरन लगाउने चलन छ । धार्मिक मान्यतासँग जोडेर हेर्दा साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् । यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो । पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार, साउनको सोमबार ब्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै नयाँ पुस्तालाई…
Read More
बाबुको हत्या आरोपमा  छोरा पक्राउ

बाबुको हत्या आरोपमा छोरा पक्राउ

  हल्दिबारी साउन ८     झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । हिजो राति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको अवस्थामा भेटिएका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शङ्कास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए । डिएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो । झुन्डिएको अवस्थामा भेटिएका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा…
Read More
छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सकिन्छ

छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सकिन्छ

  सबै मानिसमा कडा व्यायाम गर्न सामर्थ नहुन सक्छ । कतिपय मानिसले व्यस्तताका कारण पनि व्यायामका लागि पर्याप्त समय छुट्याउन सकिरहेका हुँदैनन् । व्यायाम गर्न नसक्ने वा नभ्याउनेले छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सक्छन् । (more…)
Read More
कोटा बढाएर कामदार लैजान इजरायल सहमत

कोटा बढाएर कामदार लैजान इजरायल सहमत

  काठमाण्डौ साउन ७  सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजराइली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी-टु-जी प्रक्रिया अन्तर्गत केयरगिभरमा नेपाली श्रमिक इजराइल पठाउन भइरहेको छनोट प्रक्रियाका बारेमा पनि छलफल भयो। छनोटको चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवार गरी जम्मा आठ सय जना नेपाली श्रमिक इसराइल लैजाने भनिएको थियो। अब सो संख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जनासम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयले जनाएको छ। साथै,…
Read More
डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

  विर्तामोड, साउन ७॥   डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा  २१ हजार नगद सहीत  सम्मानित भएका छन। प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो। झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ । विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो । उहाँले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो । सेन्टरका झापा अध्यक्ष राजु…
Read More
बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

  बिर्तामोड, ७ साउन ।। बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो । नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४…
Read More
एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

  एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपाल पराजित भएको छ। आइतबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको सानदार जित हात पारेको हो।  नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानकी ‌‌ओपनर गुल फिरोजाले नेपालकी कविता जोशीको बलमा आउट हुनुअघि ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन जोडिन्। अर्की ओपनर मुनिबा अलीले नटआउट ४६ रन बनाइन्। त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो। खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा…
Read More
बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु  स्वदेश फर्किए

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किए

  काँकडभिट्टा साउन ६॥ बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए। बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए…
Read More