Skip to main content

Bhajani Today

भारतको केरलमा पहिरो जाँदा २४ जनाको मृत्यु, सयौ बेपत्ता

 

एजेन्सी  भारतको केरल राज्यमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ।

केरलको वायनाडस्थित मेप्पाडी क्षेत्रमा आज बिहान गएको पहिरोमा परी अझै ७० जना घाइते छन् भने एक सय जनाभन्दा बढी पुरिएको हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीका अनुसार केरलका स्वास्थ्य मन्त्री वीना जर्जले घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको भन्दै पहिरोमा पुरिएकाहरूको उद्धारको काम भइरहेको बताएकी छिन्।

उनले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताइन्।

अझै पनि त्यस क्षेत्रमा वर्षा भइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *