भजनी , चैत २८/भजनी स्थित मदरल्याण्ड इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कुलका संस्थापक खडक बहादुर बुढाको अध्यक्षतामा भएको उक्त वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले शैक्षिक क्षेत्रलाई हेर्ने सरकारको नजर एउटै हुनुपर्ने धारणा राखेका छन् । सरकारले सामुदायिक र संस्थागत बिद्यालयलाई फरक ढंगबाट हेर्दै आएको बताउँदै चौधरीले शैक्षिक क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने बताएका हुन । “शिक्षामा सरकारले नै विभेद गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेको बिद्यार्थीले पाउने सेवा सुविधा सरकारले संस्थागत विद्यालयमा अध्ययन गरेको बिद्यार्थीलाई दिँदैन ।” उनले भने, “यो विभेद सबैभन्दा पहिले हट्नुपर्छ…
भजनीमा जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ। मोहनपुरमा जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले कार्यक्रम गरेको थियो । कार्यक्रम भजनी नगरपालिका भित्रका ९०जना कृषकहरूको सहभागिता रहेको थियो ।भजनीको वडा नम्बर २ मोहनपुरमा परियोजनाले कार्यक्रम गरेको थियो । पाठशाला कार्यक्रममा हिउँदे तथा वर्षा कारणले असर गर्ने वाली तरकारी खेतीमा अभ्यास गरीएको थियो । कृषक पाठशालामा बोल्दै माननिय सभासद गंगा राम चौधरीले आफूले जलवायु परिवर्तनका करण मौसम पूर्वअनुमान गरी खेतीका विभिन्न…
कैलालीको भजनीमा स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समीक्षा तथा आगामी आर्थिक बर्षको योजना तर्जुमा दुई दिने कार्यशाला सम्पन्न भएको छ।भजनी नगरपालिकाको आयोजनामा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा ललितपुरको प्राविधिक सहयोगमा, युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित ELDS परियोजना अन्तर्गत स्थानिय तहमा एकीकृत प्रारम्भिक बालविकास योजनाको समीक्षा तथा आगामी आर्थिक वर्षको दुई दिन योजना तर्जुमा कार्यशालामा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने,शिक्षा शाखा प्रमुख उपसचिव सुर्य बहादुर सिंह,भजनी नगरपालिकाका ९ वटै वडाका वडाअध्यक्ष सचिबहरु,शाखा प्रमुखहरु,बालबालिका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मी लगाएतको सहभागी रहेको थिएको। कार्यक्रमको सहजिकरण भजनी नगरपालिकाका शिक्षा…
कैलालीको भजनीमा कृषि उत्पादन बढाउन स्मार्ट अनुदान कृषि सामग्री वितरण गरिएको छ।दिगो विकास समाजको आयोजना तथा वर्ल्ड भिजन नेशलन नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाले भजनी नगरपलिका वडा नं १,२,३,५,७ र टीकापुर नगरपालिका वडा नं ६,७,८,९ का किसानलाई स्मार्ट अनुदान कृषि सामग्री वितरण गरिएको हो । दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको थियो।स्मार्ट अनुदान कृषि सामाग्री वितरणमा २ जना कृषकलाई मिनी चार पाङ्ग्रो टीलर,२ जनालाई सिंचाई मोटर बोरिङ्ग, ३१ जनालाई पानी मोटर ,७ जनालाई टनेल,२३ जनालाई ई. तराजु ,९ जनालाई त्रिपाल, २ जनालाई इन्सेट नेट र साथै रैथाने हाट बजार चर्रालाई त्रिपाल वितरण…
कैलालीको भजनीमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई सोमबार सो सम्बन्धी अभिमुखिकरण कार्यक्रम भजनीमा सम्पन्न भएको छ । भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा याक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक एवं भजनी नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको थियो।उक्त पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको दोस्रो बैठकमा शिक्षा शाखा प्रमुख ,वडा अध्यक्ष, जनप्रतिनिधि,विषयगत शाखा प्रमुख,संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो। उक्त बैठकको स्वास्थ्य शाखा प्रमुख कैलाश थारुले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था, नेपालका बालबालिका तथा…
भजनी / कैलारी गाउँपालिका-५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा घाईते भएका बालकको मृत्यु भएको हो । ट्याक्टरमा सवार भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का बताए । घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका बर्मालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खड्काले बताए । दुर्घटनामा २७ जना घाइते भएका छ्न । घाइते मध्ये १२ जनाको सेती प्रादेशिक अस्पताल र १५ जनाको धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना गम्भीर, १२ जना मध्यम र १२ जना…
धनगढी – मानव संशाधन विकास प्रतिष्ठानद्धारा गोदावरी नगरपालिका–६, श्रीपुरमा संचालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसनका नेपाल प्रतिनिधि डा. सुशील कोइरालालाई सम्मान सहित विदाई गरेको छ। लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापनादेखि नै निरन्तर सहयोग गर्दै आएको बेल्जियमको दामियन फाउण्डेसनको नेपाल कार्यक्रम समाप्त भएसँगै, लामो समयसम्म संस्थाका प्रमुखको जिम्मेवारी सम्हालेका डा. कोइरालालाई एक विशेष समारोहका बीच विदाई गरिएको हो। लक्ष्मीनारायण क्षयरोग अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख क्षयरोग उपचार केन्द्र हो, जसले आवासीय सुविधा सहित निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। वि.सं. २०७६ देखि दामियन फाउण्डेसनले अस्पताललाई भवन निर्माण, संचालन तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको थियो। दामियन फाउण्डेसन नेपालका प्रमुख डा.…
के.आर.पाण्डेय चैत १५ भजनी /कैलालीको भजनीमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनबारे सरोकारवालासंग छलफल गरिएको छ । CRR, CARE नेपाल र FWLDको आयोजनामा कैलालीको भजनी नगरपालिकाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र सञ्चारकर्मी संग छलफल गरिएको हो । छलफलमा अधिवत्ता दिपेश श्रेष्ठ, केयर नेपालका प्रतिनिधि कालीदाश जोशी, सिआरआर प्रतिनिधि शंकर धामी र भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश थारुले प्रस्तुति गर्नु भएको थियो।अधिवत्ता श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि स्थानीय कानुनका बारेमा स्पष्ट पारेका थिए ।त्यस्तै नगर उपप्रमुख राजु तिरुवाले नगरपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका बारेमा नगरपालिकाले प्रदान गर्दै आएका सेवा बारे जानकारी दिनु भयो। स्वास्थ्य…
चर्रा २०८१ चैत्र १३ /भजनी नगरपालिका वडा नं ७ गणेशमान चोकमा प्रत्येक हप्ताको सोमवार र शुक्रबार लाग्ने चर्रा रैथाने कृषी हाट बजारका लागि केयर नेपाल र आइडिया नेपालको साझेदारितामा याक नेपाल द्वारा संचालित पोषण कार्यक्रमवाट क्यारेट २५ थान , डिजिटल तराजु १ थान, क्यालकुलेटर १ थान, त्रिपाल १ थान,रजिस्ट्रार १ थान,बाकस १थान, मुल्य दररेट बोर्ड १ थान,बोरा २० थान र म्याप ब्याग २५० थान सामग्री भजनी नगरपालिका ७ नं. वडा अध्यक्ष अमर बहादुर कठरियाले हाटबजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर चौधरीलाई हस्तान्तरण गरेका छन् । कृषकहरुलाई स्थानिय उत्पादन वृद्धिमा अझ वढी हौसला प्रदान गर्नका लागि उत्पादित कृषि उपजहरुको सरल तरीकाले…
यज्ञ राज जैशी, चैत ११ भजनी/कैलालीको भजनीमा सामाजिक विकासका लागी सचेत समाज (CSSD) कैलाली द्वारा भजनी नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । भजनी नगरपालिका नि.प्रमुख.प्रशासकीय अधिकृत सुर्य बहादुर सिंहको सभाध्यक्षमा भएको कार्यक्रममा मोफा जापान र वल्र्ड भिजन जापानको आर्थिक सहयोग, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र CSSD कैलालीको साझेदारीमा उक्त कार्यक्रम भएको हो । CSSD कैलालीका कार्यक्रम संयोजक भरत विकले विपद जोखिम न्यूनीकरण सम्बन्धि सहभागीहरुलाई जानकारी गराएका थिए ।त्यस्तै पालिका विपद शाखा प्रमुख बिष्णु न्यौपानेले कार्यक्रममा आफ्नो धारण राखेका थिए । CSSD DRR कैलाली अफिसर पुजा भुसाल, ई.प्र.का भजनी प्रहरी निरीक्षक युवन कुमार चौधरी, पालिका विपद शाखा…
कैलालीको भजनीमा विजय लघुवित्त वित्तिय संस्था भजनी शाखाले मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । विजय लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनीले आफ्ना समुहका सदस्यहरुको उपस्थितीमा मृतक सदस्य दुर्ग बहादुर मौनीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ।कैलाली जिल्लाको जोशीपुर गाँउपालीका वडा नं ७ घर भई जोशीपुर बजारमा कपडा पसल ब्यबसाय गर्दै आईरहेका दुर्ग बहादुर मौनीको असामयीक निधन पश्चात परिवार लाई राहत पुग्ने उद्देश्यले भजनी शाखाले बिमा दाबी बापतको रकम बिमा सम्बन्धि व्यवस्था अनुसार हस्तान्तरण गरेको छ । कार्यक्रममा भजनी शाखाका प्रमुख इन्द्र बहादुर रावलले मृतक प्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई संस्थाले सहयोग गरेको बताउनु भयो ।…
कैलालीको टीकापुरमा डल्फिन, जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीको आयोजनामा टीकापुर नगरपालिका वार्ड नम्बर ७ अरुनुवामा सचेतना मुलक अन्तरकृया कार्यक्रम गरिएको छ। संस्थाका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथी महा सचिव जय प्रसद ढुङ्गानाले प्रष्ट पार्नु भएको थियो ।उक्त कार्यक्रमको प्रमुख अतिथी स्थानीय जेष्ठ नागरिक ८१ बर्षिय सर्पे लुहार रहनु भएको कार्यक्रममा टिकाराम चौधरीले मन्तव्य राख्नु भएको थियो।
भजनीमा हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण गरिएको छ। जिल्लाको भजनी नगरपालिका वडा नं ७ चर्रा रैथाने हाट बजार व्यवस्थापनका लागि सामाग्री वितरण गरिएको हो।उक्त सामग्री वितरण कार्यक्रमका दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका वडा नं ७का अध्यक्ष अमर बहादुर कठरिया, चर्रा रैथाने हाट बजार समितिका अध्यक्ष प्रेम राज चौधरी,बजार व्यवस्थापन समिति अध्यक्ष उमेश कठरिया, सामुदायिक वन उपभोक्ता अध्यक्ष फ्याज खान र दिगो विकास समाजका कर्मचारी तथा कार्यक्रम अधिकृत लगाएतको उपस्थिति रहेको थियो। दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले ती सामाग्री…
कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ।जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत,अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको छ। रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन्। विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशनअनुसार…