साझा अक्षर

समाचार

बोगटान-३ कानाचौर धाैलावस्तीको “सहयोगी हातहरू समूह” द्वारा मृगौला पीडितलाई सहयोग

बोगटान-३ कानाचौर धाैलावस्तीको “सहयोगी हातहरू समूह” द्वारा मृगौला पीडितलाई सहयोग

दीपक संगम विश्वकर्मा डोटी २०८१ माघ ११ बोगटान-३ /कानाचौर धौलानवस्तीस्थित "सहयोगी हातहरू समूह" ले मृगौला पीडित गौरव सिंह बमलाई आर्थिक सहयोग प्रदान गरेको छ। बम, जो बोगटान फुड्सिल गाउँपालिका-४ का स्थायी बासिन्दा हुन्, दुवै मृगौलाको समस्या भएपछि हाल भारतको नयाँ दिल्लीस्थित महाराजा अग्रसेन अस्पतालमा उपचार गराइरहेका छन्। उहाँको कमजोर आर्थिक अवस्थाका कारण केही दिनअघि आर्थिक सहयोगको लागि सबैलाई हार्दिक अपिल गरिएको थियो। उक्त अपिललाई ध्यानमा राख्दै, समूहले पीडित बमलाई १,१११ भारतीय रुपैयाँ सहयोग गरेको जानकारी समूहका सदस्य विनोद बोहराले दिएका छन्। समूहका अध्यक्ष कमल सुनारका अनुसार, समूहले साना-साना सहयोगका लागि स्थापना गरिएकाले सोही उद्देश्य अनुरूप यो सहयोग गरिएको हो। सुनारले…
Read More
जानकी गाउँपालिकामा कार ड्राइभिङ तालिम शुभारम्भ

जानकी गाउँपालिकामा कार ड्राइभिङ तालिम शुभारम्भ

दिपक बहादुर विश्वकर्मा दुर्गाैली/जानकी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत कार ड्राइभिङ तालिम कार्यक्रम मिति २०८१ माघ १० गतेका दिन भव्य रूपमा शुभारम्भ गरिएको छ। सो तालिम स्मार्ट ड्राइभिङ सेन्टर टीकापुरको आयोजनामा र जानकी गाउँ कार्यपालिकाको सहकार्यमा संचालनमा आएको हो। कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिमको उद्घाटन गर्नुभएको हो। विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी वडा अध्यक्षद्वय सुरेस कुमार चौधरी र इन्द्र चौधरी, कार्यपालिका सदस्यद्वय लक्ष्मी चौधरी र पार्वती चौधरी, साथै सामाजिक विकास शाखाका प्रमुख हिरालाल चौधरीको उपस्थिति रहेको थियोे । उद्घाटन समारोहमा अतिथिहरूले तालिमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै उत्प्रेरणामूलक शुभकामना सन्देश दिनुभयो। यो…
Read More
नविल बैंकद्वारा केदारेश्वर आधारभूत विद्यालयमा न्यानो लुगा वितरण

नविल बैंकद्वारा केदारेश्वर आधारभूत विद्यालयमा न्यानो लुगा वितरण

दीपक संगम विश्वकर्मा टिकापुर ०९माघ/नविल बैंकले केदारेश्वर आधारभूत विद्यालयमा न्यानो लुगा वितरण गरिएको छ।कैलालीमा नविल बैंक लिमिटेडको टिकापुर शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टिकापुर-३ स्थित श्री केदारेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ। कार्यक्रम चिसो मौसममा विद्यार्थीहरूलाई राहत प्रदान गर्न र उनीहरूको पठनपाठनलाई सहज बनाउन आयोजित गरिएको थियो। न्यानो लुगाले विद्यार्थीहरूलाई जाडोमा सुरक्षित रहँदै अध्ययनमा ध्यान केन्द्रित गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सो अवसरमा नविल बैंक टिकापुर शाखाका प्रमुख जनकराज ओझाले बैंकको सामाजिक सेवा र उत्तरदायित्वबारे जानकारी गराउँदै समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यसैगरी, विद्यालयका अध्यक्ष रामबहादुर बिक र प्रिन्सिपल बद्रीप्रसाद भट्टराईले नविल बैंकलाई धन्यवाद…
Read More
धमाधम थारु समुदायमा बडघर(भलमन्सा) चयन हुदैं

धमाधम थारु समुदायमा बडघर(भलमन्सा) चयन हुदैं

भजनी ०९ माघ /कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो । भलमन्सा सहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा रहने गर्दछ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफल लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसैबिच भजनी नगरपालिका–८ सोनाफाँटाको भलमन्सामा फाकुराम चौधरी र चौकीदारमा लौटन चौधरी चयन हुनुभएको छ । आज भएको…
Read More
नविल बैंक टीकापुर शाखाद्वारा न्यानो कपडा वितरण

नविल बैंक टीकापुर शाखाद्वारा न्यानो कपडा वितरण

दिपक बहादुर विश्वकर्मा टीकापुर:टीकापुर, वडा नम्बर २ स्थित श्री जनजागृति माध्यमिक विद्यालयमा नविल बैंक लिमिटेड, टीकापुर शाखाले न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यो कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा राहत प्रदान गर्न न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रमका अवसरमा नविल बैंक टीकापुर शाखाका प्रमुख जनकराज ओझाले आफ्नो सम्बोधनमा बैंकले सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै शिक्षा र सामुदायिक विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, टीकापुरका समाजसेवी तथा युवा व्यवसायी कोमल ज्ञवाली, शिक्षक-शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकले नविल बैंकको सहयोगप्रति आभार प्रकट गर्दै यस्तो पहलले विद्यार्थीहरूको शैक्षिक प्रगति…
Read More
संरक्षणको महाअभियान घोषणा गर्दै दुई  दिने कार्यशाला गोष्ठी सम्पन्न

संरक्षणको महाअभियान घोषणा गर्दै दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

भजनी,५माघ /कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नं.८सोनाफाटामा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको आयोजनामा २ दिन सम्म संचालन भएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी डल्फिन संरक्षण क्षेत्रका १०१ समुदाय र बिद्यालयमा संरक्षण सम्बन्धी सचेतना कार्यक्रम गर्न संरक्षणको महाअभियान २०८१ घोषणा गर्दै सम्पन्न भएको छ। टीकापुर नगरपालिका, भजनी नगरपालिका, प्रकृति संरक्षण कोष (NTNC)र WWF नेपालको सहयोग तथा सहकार्य संचालन भएको गोष्ठी समापन कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वार्ड नं.७ का वार्ड अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले डल्फिन संरक्षण क्षेत्रका १०१ समुदाय र बिधालयमा संरक्षण सम्बन्धी सचेतना कार्यक्रम गर्न संरक्षणको महाअभियान २०८१ घोषणाको ब्यानर अनावरण…
Read More
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन

भजनी,४माघ/कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नं.८सोनाफाटामा डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीको आयोजनामा २दिन सम्म संचालन हुने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी उद्घाटन भएको छ। टीकापुर नगरपालिका, भजनी नगरपालिका, प्रकृति संरक्षण कोष (NTNC)र WWF नेपालको सहयोग तथा सहकार्य संचालन हुने गोष्ठी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरी र भजनी नगरपालिकामा वार्ड नं.८ का वार्ड अध्यक्ष पंकज चौधरीले डल्फिनका साथीहरु (Friends of Dolphin) अभियानको ब्यानर अनावरण गरेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल विर चौधरीले डल्फिन,जलचर तथा जैविक संरक्षण कार्यमा आगामी दिनमा…
Read More
कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ

कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ

भजनी: कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको बताएको छ।बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ।
Read More
खक्रौलाबाट सीमास्तम्भको मर्मत कार्य सुरु   

खक्रौलाबाट सीमास्तम्भको मर्मत कार्य सुरु  

भजनी, माघ ४ कैलालीको सीमावर्ती क्षेत्रमा पर्ने नेपाल–भारत सीमास्तम्भहरुको मर्मत तथा रङरोगन कार्य शुरु गरिएको छ । बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले टीकापुर नगरपालिका वडा नं. ८ खक्रौलास्थित ७०३/२ नम्बरको सहायक पिल्लरबाट मर्मत तथा रङ्गरोगनको शुरु गरेका हुन् । नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमास्तम्भ र…
Read More
भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा

 खेम राज पाण्डेय/कैलालीको भजनीमा स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने मुख्य उदेश्य सहित सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि. धनगढीले भजनी,कृष्णनगर,नवलपुर, काँढा , महादेउली र जोशीपुर ,बौनिया देखि काठमाडौं जाने अत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (ए.सी.) भि.आई.पी सोफा सिट भएको आरामदायी बस सञ्चालनमा ल्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक तथा सुन्दर सुदुरपश्चिम यातायात प्रालिका निवर्तमान अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका उप प्रमुख राजु तिरुवाले संयुक्त रूपमा बसको उद्घाटन गर्नु भएको हो।उक्त कार्यक्रममा भजनी नगरपालिका वडा अध्यक्ष, व्यापारी, उद्योग बाणिज्य संघ भजनी , महुन्याल बहमुखि क्याम्पस व्यवस्थापक अध्यक्ष,संघसंस्था प्रतिनिधि,जनता पुस्तकालय, राजनीतिदल ,सुरक्षाकर्मी,सञ्चारकर्मी…
Read More

हार्दिक शुभकामना

माघे संक्रान्तिको एवम् थारू समुदायको नया वर्ष थारू संवत २६४८ को अवसरमा सम्पूर्ण उपभोक्ता, संरक्षणकर्मी, समाजसेवी, बुद्धिजिवी एबम आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा यस पर्वले हाम्रो संस्कृति, परम्परा, र आपसी एकताको भावना झल्काउने अवसर प्रदान गरोस् भन्ने कामना गर्दछु । यो विशेष दिनले सबैको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना ।  
Read More
दिगो विकास समाज भजनीको १८औँ साधारण सभामा सम्पन्न

दिगो विकास समाज भजनीको १८औँ साधारण सभामा सम्पन्न

कैलालीको भजनीमा वर्ल्ड भिजन नेशनल नेपाल र लुथुरुन फेडरेशनको साझेदारीमा संस्थाको वार्षिक साधारण सभामा"उपेक्षित जनविकासका लागि उपेक्षित द्वारा नै पहल गरौं" भन्ने नाराका साथ दिगो विकास समाज भजनीको १८औँ साधारण सभामा सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केवल चौधरी, विशिष्ट अतिथि वडा नं १का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वर्ल्ड भिजन नेशनल नेपालका मंगल शाह र महुन्याल बहुमुखी क्याम्पस भजनीका व्यवस्थापक अध्यक्ष टंक प्रसाद जोशी रहनु भएको थियो। कार्यक्रममा दिगो विकास समाज द्वारा संचालित संघ संस्था,शिक्षक, कर्चमरी र सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो। दिगो विकास समाज भजनीले समुदायमा उल्लेखनिय कार्य गर्ने संस्था…
Read More
व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन तार्जकी तालिम २ दिने सम्पन्न 

व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन तार्जकी तालिम २ दिने सम्पन्न 

कैलालीको भजनीमा व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन: तार्जकीकार्यक्रम अन्तर्गत २ दिने तालिम सम्पन्न गरिएको छ ।कार्यक्रमको आयोजना दिगो विकास समाज भजनी कैलालीको तथा वर्ल्ड भिजन नेश्वनल नेपालको साझेदारीमा सञ्चालन गरिएको थियो।लक्षित समुहका व्यक्तिहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु र सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजनाका अधिकृत विनोद शाहले बताउनु भयो। तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ व्यवसाय शुरुवात तथा सुधार सम्बन्धी पुन: तार्जकीमा २४जानको सहभागिता रहेको थियो। खासगरि दुई दिने तालिममा व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, बजार योजना, बजार र बजारीकरण, वस्तु तथा सेवा…
Read More
स्थानीय उत्पादनको बजारीकरणका लागि  चर्रा हाट बजार सञ्चालन हुँदै

स्थानीय उत्पादनको बजारीकरणका लागि चर्रा हाट बजार सञ्चालन हुँदै

कैलालीको भजनी नगरपालिका वडा नं ७ चर्राको आयोजना तथा दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेश्वनल नेपालको सहकार्यमा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि भजनी -७ चर्रामा हाट बजार सञ्चालन गरिने भएको छ। स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाट बजार सञ्चालनमा ल्याउने उद्देश्य रहेको पोषण तथा उत्थानशील जीविका पार्जन परियोजना अधिकृत विनोद कुमार शाहले बताउनु भएको छ। भजनी नगरपालिका -७ चर्रामा साताको दुई बार हाट बजार सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हाट बजारका लागि दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेश्वनल नेपालले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।हाटबजारले किसानहरुका…
Read More
चिसो बढेपछि दाउरा वितरण

चिसो बढेपछि दाउरा वितरण

कैलालीको भजनीमा केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले जनजीवन प्रभावित भएसँगै भजनीमा रहेको राधाकृष्ण सामुदायिक वनले दाउरा वितरण गरिएको हो। राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहले बुटका तथा पटक गरी रजावराका चोकमा दाउरा वितरण गरेको हो । वडा नं २का अध्यक्ष दुर्गा पुनको र समूहका अध्यक्ष खुम बहादुर खड्काको संयुक्त सहकार्यमा जाडो बढेसँगै रजाबरा लगाएत अन्य विभिन्न चोक चोकमा सर्वसाधारणलाई आगो ताप्न दाउरा वितरण गरिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खड्काले बताउनुभयो ।
Read More