साझा अक्षर

विवादका बीचबाट रामेश्वर बने वन मन्त्री

भजनी ०५ जेठ /आन्तरिक विवादका बाबजुद नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पदबाट बाहिर भएका थिए । विवादित अडियोका कारण उन्मुक्ति पार्टीबाट मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो ।

त्यहीँ मन्त्रीको कोटाको लागि पुनः एकपटक नागरिक उन्मुक्ति पार्टी भित्रको आन्तरिक कलह छरपस्ट हुने गरी बाहिर आएएको छ । पार्टीको संसदीय दलको बैठकले मन्त्रीको नाम केन्द्रिय तहबाट सिफारिस गर्न लगाउने भनेर निर्णय गर्दा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पुर्व कृषि मन्त्री कैलाश चौधरीलाई मन्त्रीका लागि गरेको सिफारिस त्यहीँ संसदीय दलले मानेन । त्यसपछि संसदीय दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरेको उन्मुक्तिले एकाएक रामेश्वरलाई मन्त्रीमा पठाउने निर्णय गरेर पत्र पठाएपछि पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरीको शपथ रोक्न खुशीराम डगौरा थारूले प्रदेश प्रमुख नजिर मियाँलाई पत्र पठाएका थिए ।

रा थारूले आफ्नै पार्टीबाट मन्त्री बन्न लागेका रामेश्वर चौधरीको शपथ ग्रहण रोक्न प्रदेश प्रमुखसमक्ष पत्र लिएर आफै पुगेका थिए । रामेश्वरको शपथ रोक्न जेठ २ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गरेका खुशीराम आइतबार प्रदेश प्रमुखलाई पत्राचार गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलको विधान विपरीत मन्त्रीको सिफारिस गरेको भन्दै त्यसलाई रोक्नको लागि आग्रह गरे पनि रामेश्वर मन्त्रीमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *