साझा अक्षर

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय कानुनको मस्यौदामा छलफल

भजनी११ वैशाख/भजनी नगरपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय कानुनको मस्यौदामा छलफल भएको छ । बिहीबार महिला कानुन विकास मञ्च काठमाडौको आर्थिक सहयोग, केयर नेपालको प्राविधिक सहयोग र भजनी नगरपालिकाको आयोजनामा भजनी नगरपालिकाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी स्थानिय कानुनको मस्यौदामा छलफल सम्पन्न भएको छ।

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले संविधानमा उल्लेखित महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्नको निम्ति स्थानीय तहलाई आवश्यक पर्ने कानुन निर्माणको कार्यान्वयन गर्ने विषयमा छलफल गरिने बताउनु भयो। भजनी नगरपालिका नगर उपप्रमुख राजु तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केवल चौधरी, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, प्रसाशन भजनी नगरपालिका वडा नं १देखि ९ सम्मका वडा अध्यक्ष,प्रसाशन अधिकृत चन्द देव भट्ट ,कार्यपालिका सदस्य र विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो।भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलम कुमार न्यौपानेले यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि बनाएको ऐनको मस्यौदा उपर छलफल गरिने बताए। उनले ऐनको मस्यौदालाई थप सशक्त बनाउन आवश्यक सल्लाह सुझाव सहित पालिकाको स्वास्थ्य शाखामा बुझाउन सकिने बताए ।

नगरपालिका नगर उपप्रमुख राजु तिरुवाले यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि बनाएको ऐनको मस्यौदालाई आवश्यक छलफल सहित कार्यपालिकाबाट पारित गर्ने बताए । महिलाहरुको स्तरवृद्धि सहित थप सशक्त बनाउनको निम्ति समुदायस्तरमा यौन तथा प्रजजन स्वास्थ्य अधिकार सम्वन्धि सचेतना अभिवृद्धि गर्न आवस्यक देखिएको छ।उक्त कार्यक्रमको उद्देश्य माथि FWLD का कार्यक्रम प्रबंधक दिपेश श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने उक्त मस्यौदा को प्रस्तुतिकरण FWLD का कार्यकारी निर्देशक सविन श्रेष्ठ गर्नुभएको थियो । साथै कार्यक्रमको समन्वय तथा सहजीकरण कालीदास जोशी र कैलाश चौधरीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *