साझा अक्षर

कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं ८ खैरामा कृषि यन्त्र उपकरण , हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र धनगढी कैलालीको ५०% अनुदानमा नवदुर्गा कृषक समुहमा ५० %अनुदान मा १९किसान लाई विभिन्न कृषि यन्त्र वितरण गरिएको थियो। चैते धान प्रवर्द्धान कार्यक्रम अन्तर्गत नवदुर्गा कृषक समुहका अध्यक्ष धीरज कुमार विकको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले हाम्रै पालिकामा यति धेरै ठूलो कार्यक्रम कृषि ज्ञान केन्द्र बाट अनुदान पाएकोमा हामी खुशी छौ र यो कार्यक्रम को पूरा अवधि भर सञ्चालन भएको होस ,आउँदो वर्ष यस्तै कार्यक्रम फेरि हेर्न पाउ कार्यक्रम को सफलता को शुभकामना दिनु भएको थियो। कार्यक्रम मा विशिष्ट अतिथि कृषि ज्ञान केन्द्र धनगढी कैलालीका निमित्त कार्यालय प्रमुख टेक बहादुर विष्ट,वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरी रहनु भएको कार्यक्रममा कार्यपालिका सदस्य कृष्ण कुमारी चौधरी,कृषि ज्ञान केन्द्र धनगढी कैलालीका प्राविधिक,भलमन्सा लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रम मा स्वागत मन्तब्य तथा सार्वजनिक सुनुवाई समिति का सदस्य सन्त राम चौधरीले ले गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८१/२०८२ को अनुदान रकम ४,लाख ७२,हजार ३५० रुपैयाँ कृषि ज्ञान केन्द्र धनगढी कैलालीको र ४ लाख ६९ हजार ८५० रुपैयाँ समितिको अनुदान गरेर जम्मा ९ लाख ४२ हजार २०० रुपैयाँ रहेको थियो। कृषि ज्ञान केन्द्र धनगढी कैलालीका निमित्त कार्यालय प्रमुख टेक बहादुर विष्टले जानकारी गर्नु भएको थियो। कार्यक्रमको सञ्चालक नवदुर्गा कृषक समुहका सदस्यले नरेश चौधरीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *