Skip to main content

Bhajani Today

माओवादी अभियान कैलालीमाः प्रचण्डद्वारा सहिद तथा अल्पसंख्यक समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण

भजनीमा /नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रीत अभियान कैलाली पुगेको छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले खबरदारी सभासँगै सहिद र बेपत्ता परिवार, घाइते योद्धासँगै स्थानीयसँग अन्तरक्रिया गरिरहनु भएको छ ।

अभियानको क्रममा भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत विन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको हो। उहाँले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै बिन्दु राजी र अनिशा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला (ब्याग) हस्तान्तरण गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

विज्ञापन जग्गा ठेक्काको आह्वान सम्बन्धी 

अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताको सवालमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *