Skip to main content

Bhajani Today

भजनी ८मा जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण कार्यक्रम सम्पन्न

भजनी नगरपालिका–८ गोडचौरामा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा संचालन गर्दै आएको ECOLAB परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण सम्पन्न भयो।कार्यक्रममा लाभग्राहीसँग समुदायमै प्रचलित भैंसीपालन, बाख्रापालन ,सिलाई कटाई,तरकारी र बंगुरपालनलाई जलवायु अनुकूल कसरी लैजाने भन्नेबारे विस्तृत छलफल भयो। रासायनिक मलको बढी प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको र अब जैविक तथा टिकाउ अभ्यासतर्फ फर्किनुपर्ने आवश्यकता पनि जोडियो।

समुदायमा रेडक्रसले गठन गरेका ‘च्याम्पियन’हरूले निरन्तर जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छन्। उनीहरूले सरसफाइ, प्राथमिक उपचार, बहस–पैरवी, र बहुप्रकोप पूर्वसूचना प्रणाली जस्ता विषयमा तालिम पाएका छन्, जसले समुदायको क्षमता अझै मजबुत बनाएको छ।

कार्यक्रममा वडा नं ८ का अध्यक्ष पंकज चौधरी, वडा सदस्य लल्टु चौधरी, नेरेसो भजनी उपशाखा प्रतिनिधि खेम राज पाण्डेय,कार्यक्रम अधिकृत समिर अवस्थी तथा सामाजिक परिचालक जेनिश शाह र अनिता धामी तथा लाभग्राहीहरुको सक्रिय उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *