कैलाली भजनीमा रहेको प्रहरी चौकी जनकपुरबाट सेवामा रहेका असई (AS I) राजेश चौधरी ६ महिनाको प्रभावकारी कार्यकालपछि सरुवा भएका छन्। चौधरीको घोडाघोडी नगरपालिका–६ स्थित अ.प्र. पोस्ट प्रतिखेत भएको छ ।उनले आफ्नो छोटो जिम्मेवारी अवधिमा सुरक्षालाई प्राथमिकतामा राख्दै उल्लेखनीय कामहरू गरेका छन्। उनले ६ महिनाको अवधि भित्र:लागुऔषध (ड्रग्स) सम्बन्धी १० जना विरुद्ध कानूनी कारवाही गर्दै मुद्दा दायर गर्नुका साथै हातहतियार सम्बन्धी २ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाएका छन्।

स्थानियवासी तथा सेवा लिने पक्षका अनुसार चौधरी अनुशासित, सक्रिय र अपराध नियन्त्रणमा प्रभावशाली देखिएका स्थानिय समाजसेवि अमृत कुमालले बताए। सरुवासँगै स्थानीय क्षेत्रमा उनका कामको प्रशंसा भइरहेको छ।
नयाँ कार्यस्थलमा पनि उस्तै उत्साह र कर्तव्यनिष्ठासाथ सेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।